देशको माटो कि त राष्ट्रवादीहरूको कब्जामा छ, कि त जग्गा दलालहरूको । अहिले त माटो मात्र होइन हजुर, तपाईं हाम्रो जिन्दगीको बाटो समेत सीमित केही लहडीहरूको कब्जामै छ । तर के गुनासो गर्ने ? तपाईं हामीले नै हाम्रो जिन्दगीमाथि नै उहाँहरूलाई शासन गर्ने अधिकार दिएका होइनौं र ?
त्यसैले त उहाँहरूले पनि जसरी र जति मन लाग्छ, त्यसरी नै लकडाउन, निषेधाज्ञा, एरिया सिल ठोक्दै उर्दीपछि उर्दी जारी गरिरहनुभएको छ । आफूहरू दरबारभित्र बस्ने हो । बाहिर के भइरहेको छ, त्यत्ति थाहा हुँदैन नि त उहाँहरूलाई !