Listen

Description

मन्त्रिपरिषद् पनि शेयर बजारजस्तै आज बढ्ने भोलि घट्ने, कुनै ठेगान नभएकोे पो भो त । हिजो मन्त्री भए, सम्मान लिँदा लिँदै भूतपूर्व । हरे ! हिजोको त्यत्रो बडेमानको माला सुक्नै नपाई जागीर चैट । हैट, असंवैधानिक छ भनेर जान्दाजान्दै कुर्सीमा बस्न कत्रो रहर ? डाँटेर,  छलेर, धम्क्याएर, थर्काएर, फुक्र्याएर, अनेक थोक गरेर कुर्सी चाहिने, तर एकपल्ट पाएपछि छाड्न नहुने । ज्यान र इज्जतभन्दा ठूलो कुर्सीमा त्यस्तो कुन शक्ति छ हँ ?