Listen

Description

हे हाकिम ! हे महामहिम !! हे माननीय, ताननीय, हाननीय र सम्माननीयज्यूहरू !!!  हामी अभागी जनताको तर्फबाट कोटीकोटी प्रणाम !  तपाईंहरूको असीम कृपाले देश एक भए पनि, जनताहरूमा भावनात्मक एकता भए पनि, व्यवहार भने सबै क्षेत्रमा छिन्नभिन्न भएको छ । यसो भएपछि सानो देश पनि ठूलो देखिन्छ । यो साह्रै राम्रो कुरा हो । जनताको हितका लागि हरेक राजनीतिक दलले आआफ्नै ढंगको लोकतान्त्रिक अभ्यास गरिरहनुभएकै छ । अब त हरेक प्रदेशले पनि सोही अनुसार आआफ्नै ढंगका भ्यूटावरे नीति, नियम र गाइडलाइन निकालिरहेका छन् र सोही अनुसार व्यवहार पनि गरिरहेकै छन् । यो अझ राम्रो कुरा हो ।