हे भगवान् ! हे लक्ष्मी माता ! अब म उल्लु बन्न चाहन्छु । मलाई आफ्नो शरणमा लिनोस् । मेरो उद्धार गर्नुहोस् । मैले मेरो जीवनको धेरै समय व्यर्थै गुमाएछु । सिद्धान्त र आदर्श भन्दै धेरै भुलियो । मित्रभन्दा शत्रु बढी बनाइयो । बल्ल अहिले बुद्धि फिरेको छ । मैले निश्चय गरेको छु कि म अब आफ्ना सबै सिद्धान्त, मूल्य, मान्यतालाई तिलाञ्जलि दिन चाहन्छु । हे माता ! यदि तपाईंले मलाई आफ्नो वाहन उल्लुको दर्जा दिनुभयो भने म त्यसलाई निष्ठापूर्वक पूर्ण इमानदारीका साथ पालना गर्नेछु । मेरो दुर्दशा तपाईंको दिव्यदृष्टिबाट लुक्नै सक्तैन । कृपा गरेर मेरो भुललाई माफी बक्सियोस् र आफ्नो प्रिय वाहन बनाइस्योस् ।
https://www.abhiyandaily.com/newscategory-detail/404734