Listen

Description

यो देवभूमि नेपालमा चाडबाड र उत्सव नमनाएको त दिन नै हुँदैन । प्रत्येक वर्ष मनाइने हरेक क्षेत्र, हरेक जातिका चाडपर्व कम्ती रमाइला हुँदैनन् । देवका पनि देव महादेव भनेजस्तै चाडको पनि चाड यो महान् चाड भने पाँच–पाँच वर्षमा आउँछ । तपाईं हाम्रो चाडको सम्बन्ध खोज्नुभयो भने कुनै पुराण वा धार्मिक कथासम्म पुग्नैपर्छ । तर पछि थपिएको यो नयाँ चाड चाहिँ पुराण होइन, राजनीतिसँग जोडिएको छ । अनि स्वर्गका देवतासँग होइन, धर्तीका देवतातुल्य नेतासँग सम्बन्ध राख्छ । यसको नाम हो– चुनावी पर्व । यो चाड पूरै देशैभरि मनाइन्छ ।