Listen

Description

आफ्नो उमेरबाट जीवनको औसत समय गणना गर्नुहोस् । कति बर्ष बाँच्नुहुन्छ ? मानौं अब तपाईं ३०, ४० वा ५० बर्ष बाँच्नुहुन्छ । त्यसमा तपाईंले आधा समय सुतेर बिताउनुहुनेछ । बाँकी खानपान, शौच, नुहाइधुवाई, रमाइलो, गफगाफ, घुमफिर, चाडपर्वमा तपाईर्ंको समय खर्च हुनेछ । अस्पताल धाएर, ओछ्यानमा थलिएर पनि तपाईंको धेरै समय जानेछ । मुद्दा मामिला, झमेलामा तपाईंको समय नष्ट हुनेछ । यसरी अनेक कुराले तपाईंसँग भएको समय खोसेर लानेछ । र, तपाईंसँग केही गर्नका लागि थोरै समय मात्र बच्नेछ । त्यो पनि जीवनको उत्तरार्द्धमा काम लाग्नेछैन । अर्थात बुढो भइसकेपछि, तपाईंसँग उर्जावान समय रहनेछैन ।

यसरी आफ्नो जीवनमा समयको गणना गरेपछि तपाईंलाई विस्मयको सुस्केरा हाल्नुहुनेछ, ‘अहो  मसँग त्यतीका सपना छन् । तर, कति कम समय ? मैले यत्ति कम समयमा त्यती धेरै सपना पुरा गरौला ?’

यो कुरा बोध भएपछि तपाइलाई समयको मोल थाहा हुनेछ । त्यसैले समयलाइ त्यतिकै खेर जान नदिउँ | एक सेकेन्डको समयपनि उत्तिकै महत्वपूर्ण हुन्छ, जति जिन्दगीको हुन्छ |