उकालो पडकास्टमा पूर्व–पश्चिम विभाजनलाई जोड्ने दुई प्रख्यात बौद्धिक व्यक्तित्वहरू इभान क्रस्टेभ र स्टिफन होम्सद्वारा संयुक्त रूपमा लिखित किताब ‘द लाइट द्याट फेल्ड: ह्वाइ द वेस्ट इज लुजिङ द फाइट फर डेमोक्रेसी’को चर्चा लिएर हरि शर्मा आउनुभएको छ। यो उदारवादको संकटप्रति हाम्रो बुझाइलाई पूर्णरूपमा परिवर्तन गर्ने एउटा महत्त्वपूर्ण पुस्तक हो। र यसले शीतयुद्ध जितेपछि पश्चिमा मुलुकहरूले आफ्नो राजनीतिक सन्तुलन किन गुमाए भन्ने बताउँछ।
किताब चर्चा पडकास्ट तपाईंलाई कस्तो लागिरहेको छ? पडकास्टका बारेमा थप जान्न चाहेमा इन्स्टाग्रामा @kitabcharcha या हामीलाई केही भन्न चाहेमा kitabcharcha@gmail.com मा लेख्न सक्नुहुन्छ।