मलाई वर्षमा एक पटक देवकोटाका रचना गायनको अवसर मिल्छ । यसपालि (२०६९ साल) देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र र रुसी साँस्कृतिक केन्द्रद्वारा कार्तिक २७ गते आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा 'यात्री' कविता गाइयो । यो audio मेरो गायनभन्दा बढी महाकविको रचना प्रस्तुति हो भन्ने ठानिदिनुहोला ।