Listen

Description

चिनारी हाम्रो धेरै पुरानो रहे झै लाग्दछ
नदेखे पनि भेट सधैं सधैं भए झै लाग्दछ

शितल दिन्छौ पवन भएर मिर्मिरे याममा
मायालु न्यानो स्पर्श दिन्छौ किरणको रूपमा
झन्झनाई बग्छ संगीत तिम्रो हरेक तन्तुमा
आशाको दियो अझै नै बल्छ अँध्यारो कुनामा

हजार खोजें त्यो रूप हेर्न पाउँदै पाइन
मायाले छुने हात थाम्न खोजें समाउनै सकिन
भनिदेऊ आज को हौ तिमी मैले त जानिन
दुई रङ्गी रूप लिएर आउने तिमीलाई चिनिन