Listen

Description

मेरो राष्ट्रवाद
वादैवादहरूको बीचमा चेपिएर
पटक पटक, फरक फरक रुपले
परिभाषित् हुन्छ

मेरो राष्ट्रवाद
ठूल्ठुला भवन भित्रका भनाभनमा
गहनतम गोष्ठिभित्रका गनथनमा
रुमलिन्छ, त्यसै त्यसै
द्वन्दमा फँसेका वादहरूलाई
असफल समेट्न खोज्दै
सिङ्गो अस्तित्व, सिङ्गो परिभाषा
खोजिरहेछ दिन दिन

मेरो राष्ट्रवाद
देश छोड्नेहरूको सपनामा अल्मलिन्छ
देश फर्कने हरूको आशामा सुस्ताउँछ
देश छोड्दै नछोडेकाहरूको प्रेममा
यता उता भौंतारिन्छ
पटक पटक, फरक फरक रुपले
नयाँ अर्थ खोज्दै
जाग्छ मर्छ, जाग्छ मर्छ ।