Look for any podcast host, guest or anyone
Showing episodes and shows of

Dr. Nayan Patel

Shows

Exploring the Cosmos with SOLARISExploring the Cosmos with SOLARISThe Cosmic Treasure Hunt – Discovering Hidden Worlds In this episode of Exploring the Cosmos with SOLARIS, Nayan and Keerthi take you on a deep dive into the fascinating world of exoplanet discovery. From decoding starlight using the radial velocity method to observing tiny transits that reveal distant planets, they explore the ingenious ways astronomers uncover these hidden worlds. Discover how direct imaging is pushing technological boundaries, why gravitational microlensing feels like something straight out of Interstellar, and how astrometry unlocks precision tracking at an unimaginable scale. Along the way, Nayan and Keerthi break down the challenges and successes of missions like Kepler...2024-10-2112 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- अय्युव 42:6,9,10(Daily devotion) आजको वचन गरौ। अय्यूब 42:6,9,10 (NNRV) 6. यसैकारण म आफूलाई तुच्‍छ ठान्‍छु, अनि धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्दछु।”....9. तब एलीपज तेमानी, बिल्‍दद शुही र सोपर नमातीले परमप्रभुको आज्ञाअनुसार गरे, र आफ्‍ना मित्रहरूका निम्‍ति अय्‍यूबले अन्‍तर्बिन्‍ती गरिदिँदा परमप्रभुले अय्‍यूबको प्रार्थना ग्रहण गर्नुभयो।10. यसरी अय्‍यूबले आफ्‍ना मित्रहरूका निम्‍ति प्रार्थना गरेपछि परमप्रभुले अय्‍यूबको सुदिन फर्काइदिनुभयो, र तिनका सबै धन-सम्‍पत्ति पहिलेको भन्‍दा दुई गुणा बढ़ाइदिनुभयो। अय्युब बिपत्ती र कस्टको समय भएर जाँदै गर्दा उनका मित्रहरुले अय्युबलाई दोसि साबित गर्न लागि परे। आफ्नै श्रीमतीले र सबै आफ्नाहरुले तिरस्कार गरिरहदा पनि अय्युबले परमेस्वर प्रतिको बिस्वासलाई डगमगिन दिएनन।कति पटक त यस्तो थियो, खपी नसक्नुको शारीरिक पीडा र सबैको दोसारोपनले झन्डै झन्डै अय्युबले परमेस्वरको बिरोधमा बोले। तर अध्याय ४२ ले भन्छ, - अय्युबले पश्चाताप गरे। प्रभुसग क्षेमा मागे। उनको पस्चाताप परमेस्वरले सुन्नुभयो।परमेस्वरको विरुद्धमा बोल्ने र परमेस्वरले अय्युबलाई न्याय गरेर बिपत्ती आई परेको हो भनेर दाबी गर्ने तिनका तीन मित्रहरुको निम्ति पनि अय्युबले मध्यस्थता गरिदिनु पर्ने भयो। अय्युबले खृस्टको प्रेमद्वारा मित्रहरुलाई पनि प्रेम गरेर आफू विरुद्धमा क्षेमा दिए र परमेस्वरको बिरुद्दमा बोलेकोमा अन्तरबिन्ती गरि दिए। अध्याय ४२ पद १० ले भन्दछ- यसरी अय्‍यूबले आफ्‍ना मित्रहरूका निम्‍ति प्रार्थना गरेपछि परमप्रभुले अय्‍यूबको सुदिन फर्काइदिनुभयो, र सबै धन-सम्‍पत्ति पहिलेको भन्‍दा दुई गुणा बढ़ाइदिनुभयो। प्रीयहरु, कति कस्टका घडिहरु भने एउटा अलग उद्देश्यले हाम्रो जिबनमा आउने गर्छ। यदि तपाई बिस्वासमा स्थिर भैरहनु भयो भने , आउने वाला समय निश्चय नै अगाडिको भन्दा आशिषको हुनेछ। जब कस्ट वा बिपत्तिको समय आउँछ, मानिसहरुले दोस लाउन थाल्छन। परमेस्वरको योजनालाई थाहा नगरी थुप्रै कुराहरु भन्छन। तर तपाईं अय्युब झै स्थिर हुनुहोस। बचनमा उभिरहनुहोस। हाम्रो परमेस्वर बिस्वास योग्य र धर्मी हुनुहुन्छ । उहाले तपाईको प्रत्येक थोपा आँसु देख्नुहुन्छ। प्रभुसग आफ्ना भुल कमजोरी प्रती क्षेमा मागौ। तपाईको बिरुद्द र परमेस्वरको बिरुद्द बोल्नेहरुको निम्ति पनि मध्यस्थ गर्दै अन्तर्बिन्ति गरौ। निश्चय नै परमेस्वरले तपाईलाई आउने समयमा दुई गुणा आशिष् दिदै हुनुहुन्छ। आमेन। 4 मार्छ 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-03-0403 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मर्कुस 6:32-34(Daily devotion) मर्कुस 6:32-34 (NNRV) 32. अनि उहाँहरू डुङ्गामा सुटुक्‍क एउटा एकान्‍त ठाउँमा जानुभयो।33. धेरै मानिसहरूले उहाँहरू गइरहनुभएको देखे, र धेरैले चिने, अनि सबै सहरहरूबाट पैदलै दौड़ेर त्‍यता गए, र उहाँहरूलाई उछिनेर अगाडि पुगे।34. जब उहाँ किनारमा उत्रनुभयो तब उहाँले एउटा ठूलो भीड देख्‍नुभयो, र उहाँले तिनीहरूलाई टिठ्याउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेड़ाहरूजस्‍ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन लाग्‍नुभयो। यशु प्रभु शरिरमा हुनुहुदा उहाले मानिसलाई प्रेम गर्नुभयो। उहाको प्रेम पाएर मानिसहरु यशुलाई पछि लागे। एक घट्ना माथी उल्लेख भए अनुसार मानिसहरु ठुलो भिड भएर उहाको पछी लागे, उहाको कुरा सुन्न थाले। यशु प्रभुले मानिसको भिडलाई गोठालो बिनाका भेडाहरु जस्ता देख्नु भयो। तिनिहरुलाई कोहि बाटो देखाउने मान्छे थिएन। कसैले सहि कुरामा डोर्‍याउने गरेको थिएन। मानिसहरुको त्यो स्थिति देख्दा यशु दयाले भरिनुभयो । तिनीहरु लाई निको पारिदिनुभयो अनि मानिसहरुलाई धेरै कुरा सिकाउनुभयो। यशु आज पनि दयाले भरिनु भएकै छ। आज पनि उहाँ आफ्ना मानिसहरुलाई निको पार्दै हुनुहुन्छ र सिकाउदै हुनुहुन्छ। आज पनि मानिसहरु गोठालो बिनाका भेडा जस्तै छन। मानिसहरु जे मन लाग्यो, त्यही गरिरहेका छन। मानिसलाई सहि मार्ग, मुक्ती,प्रेम र अनन्त जिबनको बारेमा सिकानु परेको छ। यदि तपाईं पनि जिबनमा एक्लो, सहाराहिन र उद्देश्यहिन महशुस गर्दै हुनुहुन्छ भने यशुकहा आउनुहोस। यशु नै हाम्रो अशल मित्र, अशल गोठालो र गुरु हुनुहुन्छ । उहाले बाटो देखाउनुहुनेछ। सिकाउनुहुनेछ। यशुले तपाईलाई अति धेरै माया गर्नुहुन्छ। यसैकारण, उहाँ कृसमा तपाईको निम्ति बलि हुनुभयो। आमेन। 3 मार्च 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-03-0302 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मर्कुस 1:7-8(Daily devotion) मर्कुस 1:7-8 (NNRV) 7. तिनले यसो भन्‍दै प्रचार गरे, “जो मपछि आउनुहुन्‍छ उहाँ मभन्‍दा शक्तिशाली हुनुहुन्‍छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ।8. मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।” बप्तिस्मा दिने युहन्नाले प्रचार गर्दै पानीको बप्तिस्मा दिन थाले। उनले एक जना आउनुहुनेको बिसयमा पनि प्रचार गरे। जो यति योग्य र महान हुनुहुन्छ, जसको जुताको फिता फुकाउन पनि उनी आफुलाई योग्य मानेनन। उहाँ यशु हुनुहुन्छ। पानीको बप्तिस्मा युहन्नाले झै मानिसद्वारा देखिने गरि दिईन्छ। तर त्यहा अर्को नदेखिकन हुने घटना पनि हुन्छ। जुन यशुले मात्र गर्नुहुन्छ। त्यो चाहिँ पबित्र आत्माको बप्तिस्मा हो। यशुलाई बिस्वास गरे पछि यशुको आत्मा - पबित्र आत्मा तपाईमा आएर बस्नुहुन्छ। तपाई नया गरेर जन्मन्छ। पबित्र आत्माको बप्तिस्मा चाहिँ आत्माको भरी पुरी हो। आत्माको शक्ति र बरदानहरु प्रकट हुनु हो। जुन कुरा कति जनामा बिस्वास गर्नासाथ हुन्छ भने कति जनामा पछि वा लामो समय पछि मात्र हुने गर्छ। यसर्थ, तपाईं प्रत्येकमा पबित्र आत्माको आगोको बप्तिस्मा भएको यशु चाहनुहुन्छ। जसमा भैसकेको छ। प्रभुलाई धन्यवाद दिऔ। पबित्र आत्माको बरदान र शक्तिमा चलौ। जसमा पबित्र आत्माको बप्तिस्मा अहिले सम्म भएको छैन, आजैदेखी यशुलाई माग्नुहोस। यशुले तपाईलाई पबित्र आत्माले बप्तिस्मा दिनुहुनेछ। आमेन। 1 मार्च 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-03-0102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मत्ती 28:5-7(Daily devotion) मत्ती 28:5-7 (NNRV) 5. तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ।6. उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर।7. तब चाँड़ो गएर उहाँका चेलाहरूलाई खबर देओ, कि उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएको छ, र उहाँ तिमीहरूभन्‍दा अगाडि गालीलमा जाँदैहुनुहुन्‍छ। तिमीहरूले उहाँलाई त्‍यहाँ देख्‍नेछौ। हेर, मैले तिमीहरूलाई भनिदिएको छु।” क्रुसमा यशुको मृत्यु पछि उहालाई गाडिएको चिहानमा तेस्रो दिन बिहान सबेरै महिलाहरु उहाको चिहान अघि गए। यशुलाई गाडिएको चिहानको ढोका पुग्नु अघि नै ती स्तृहरुलाई स्वर्गदुतले भेट गरे। स्वर्गदुतलाई देख्दा ती स्तृहरु डराए। स्वर्गदुतले यशुको बारेमा भने- "तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ।. उहाँ यहाँ हुनुहुन्‍न, किनकि उहाँले भन्‍नुभएबमोजिम उहाँ जीवित भई उठ्‌नुभएको छ। आओ, उहाँलाई राखिएको ठाउँ हेर" ती स्तृहरु हत्त न पत्त चिहानको उघारिएको ढोकाबाट पसेर यशुलाई खोजे तर पाएनन। किनभने यशु पुनरुत्थान भैसक्नु भएको थियो। यशुको मृत्युबाटको पुनरुत्थाना जस्तो घट्ना विश्व मानव ईतिहासमा न कहिल्यै अगाडि भयो। न अब कहिल्यै पछि हुनेछ। यशु स्वयम् परमेस्वर मानिसलाई पापबाट छुटकारा दिन मानिसको कोखमा बास गर्नुभएको र अब पाप र मृत्युको शक्तिमाथी बिजय हुँदै पुनरुत्थान हुनुभएको सत्य घट्ना हो। यशुको मृत्यु र पुनरुथानको कारणले नै आज हामिले पापबाट स्वतन्त्र भएका छौ। मृत्युले हाम्रो आत्मिक जिबनलाई छुन सक्दैन । वचन अनुसार हाम्रो शरीर मरेर गए तापनी यशुको दोस्रो आगमन पश्चात हामी शरिरमा नै पुनरुत्थान हुनेछौ। हल्लेलुयाह! यशुलाई स्तुति होस। तपाईं र मलाई आज त्यही पुनरुत्थान हुने यशुको शक्तिले काम गर्दै हुनुहुन्छ। मेरो प्रार्थना छ, तपाईको जिबनको सबै ईलाकामा यशुको पुनरुत्थानको शक्तिले काम गरून्। सिथिल अबस्थाहरु बौरी उठुन। थकाई र कस्टहरुमा नया ताजगि र यशुको बिजयी हुने सामर्थ्य प्राप्त होस। आमेन। 28 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-2802 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मत्ती 26:37-39(Daily devotion) मत्ती 26:37-39 (NNRV) 37. ..आफूसँग पत्रुस र जब्‍दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्‍याकुल हुन लाग्‍नुभयो।38. तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।”39. अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।” आफ्नै मानिसहरुद्वारा धोकामा पारिएर यशु प्रभु पक्राउ पर्न अघि उहामा छटपट्टि भयो, मन ब्याकुल भयो, उहाँ शौकित हुनु भयो। आफ्ना पृय चेलाहरु दुखि नबनोस भनेर यशु अलिक पर गएर यसरी मनको बेदना पोख्नुभयो-"हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌।" कस्ट आउन लागेको, मृत्युको कुरा कसैलाई प्यारो लाग्दैन। यशु पनि हामी जस्तै शरिरमा हुनुहुन्थ्यो । उहाको निम्ति पनि त्यो क्षेण धेरै पिडादायो हुदै थियो। जुन दुख र कस्टदायि मृत्युको कचौरा पिउन परेको थियो, त्यो वास्तबमै गार्हो थियो। तर यशु प्रभुले तपाईको खातिर, मेरो खातिर त्यो स्विकार्नु भयो, त्यो कचौरा पिउनुभयो। उहाले आफ्नो सबै ईच्छालाई त्यागेर पिताको इच्छा अनुसार हुन सकोस भनी प्रार्थना गर्नुभयो- .."मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।” प्रीयहरु! तपाईको निम्ति यशुको प्रेम महान छ। त्यही प्रेमको कारण उहाले कस्टदायी मृत्यु स्विकार्नु भयो। तपाईं र मैले चाहना र ईच्छा गरेको पूरा होस भनेर यशुले आफ्नो सबै ईच्छा र चाहनालाई पिताको ईच्छामा राखिदिनु भयो। यसैकारण, यशु प्रभुले स्वर्गीय मुक्ती मात्र होइन, सन्सारमा जिउदा नै तपाईको ईच्छा पूरा गर्नुहुन्छ। उहाले कस्टदायी कचौरा पिउनुभएकोले आज हामी आनन्द र शान्तिको कचौरा पिउन पाएका छौ। यशुलाई धन्यवाद, महिमा र आराधना । आमेन। 26 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-2602 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मत्ती 23:11-12(Daily devotion) मत्ती 23:11-12 (NNRV) 11. तिमीहरूमध्‍ये जो सबैभन्‍दा उच्‍च छ, त्‍यो तिमीहरूको सेवक हुनेछ।12. जसले आफूलाई उच्‍च पार्छ, त्‍यो होच्‍याइनेछ, र जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ। यशुले फरिसिहरुलाई देखेर तिनिहरुको ढोङ्गिपन प्रती हकार्नुभयो। यिनिहरु हृदय र ब्यबहारमा कुरुप थिए। आ - आफैलाई मालिक सम्झन्थे। यशुले भन्नुभयो- जसले आफुलाई उच्च पार्छ, त्यो होच्याईनेछ। जसले आफुलाई होच्याउनेछ, त्यो उच्च पारिनेछ। जो सबै भन्दा उच्छ छ, त्यो तिमिहरुको सेवक हुनेछ । बिस्वासिहरु खृस्टको चेला हुन बोलाईएका छौ। चेलाको अर्थ सेवक हो, उ मालिक होइन, उसको कोहि एक जना मालिक छ। हामी नम्रतामा खृस्टको चेला एबम सेवक बन्न सक्छौ। यशुले कस्तो नम्रताको कुरा गर्नुभएको? त्यस्तो नम्रता जुन भित्र हृदय बाट आउँछ। बाहिरि बनावटी व्यबहार र बोलिमा होइन, आत्माबाट आउने नम्रता। यस्तो नम्रता भने परमेस्वरलाई मालिक मानेर उहाको आज्ञा एबम बचनलाई पालन गर्दा खेरी बिकसित हुन्छ। यस्तो नम्रता पबित्र आत्माको फल एक फल हो। पृयहरु, जब तपाईं प्रभुको बचनलाई पालन गर्न कदम चाल्नुहुन्छ, पबित्र आत्माले तपाईको जिबनमा काम गर्ने ठाउ पाउनुहुन्छ,तब साचो नम्रता अङ्कुरित हुन थाल्छ। यस्तो नम्रताले साचो सेवक हुन मद्दत गर्दछ। यस्तो मानिसले आफैलाई परमेस्वरको सामु होच्याउछ, र उ परमेस्वरको दृस्टिमा उच्छ हुनेछ। आमेन। 24 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-2401 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मत्ती 21:12-13(Daily devotion) मत्ती 21:12-13 (NNRV) 12. येशू परमेश्‍वरको मन्‍दिरमा प्रवेश गर्नुभयो। अनि उहाँले मन्‍दिरमा किनबेच गर्ने सबैलाई धपाउनुभयो, र पैसा साट्‌नेहरूका टेबिल, र परेवा बेच्‍नेहरूका आसन पल्‍टाइदिनुभयो।13. उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर कहलाइनेछ।’ तर तिमीहरूले यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।” यशु पृथ्बिको सेवाकाईको अन्तिम दिनहरुमा यरुसलेमको मन्दिर प्रबेस गर्नुभयो। मन्दिर मानिसहरुले व्यापार गरेर नाफा कमाउने ठाउँ बनाएका थिए। मन्दिर परिसरमा परमेस्वरको आदर र उपस्थित थाहा गर्नु पर्नेमा मानिसहरु कमाओ धन्दामा लागेका थिए। सबैले मन्दिरलाई एक अखडा बनाए जहाँ सबैले आ आफ्ना फाइदा पूरा हुन्थ्यो। तर परमेस्वर भने दुखित हुनुहुन्थ्यो। साक्षत परमेस्वरको रुप जो शरिरमा मानिसलाई बचाउन आउनुभयो, उहाँ यशुले ती सबै देखेर जोशिलो बन्नुभयो। सबैलाई धपाउनुभयो, र पैसा साट्‌नेहरूका टेबिल, र परेवा बेच्‍नेहरूका आसन पल्‍टाइदिनुभयो। उहाले भन्नुभयो, मन्दिर सबैको निम्ति प्रार्थनाको घर हो। तर मानिसहरुले ब्यापारको अड्डा बनाए। मन्दिर मानिसहरुले आराधना गर्न सकुन भनेर बनाईएको थियो। प्रार्थनाको अर्थ त्यहा परमेस्वरसगको सम्बन्ध बनाउने र आफ्ना बिन्तिहरु चढाउने ठाउँ थियो। जो सुन्नको निम्ति परमेस्वर पर्खेर बस्नुहुन्थ्यो। तर इजराएलको मानिसहरु सबै परमेस्वरसगको सम्बन्धलाई बिर्सेर धन्दामा ब्यस्त थिए। यसैकारण यशुले हकार्नु पर्यो। टेबिलहरु भत्काईदिनु पर्यो। पृय हो, आज पनि यशुले मन्दिरमा बस्नु हुन्छ। आज त्यो मन्दिर चाहिँ तपाईको शरीर हो । जहाँ पबित्र आत्माको रुपमा परमेस्वर बास बस्नुहुन्छ। मन्दिरमा हामिले आराधना, प्रार्थना, र भक्तिका कामहरुमा जोड दियौ भने यशु खुशी हुनुहुनेछ। तर यसो नगरी तपाईं पनि सन्सारिक कुराहरुमा ब्यस्त भएर परमेस्वरको(पबित्र आत्माको) मन्दिरलाई बेवास्ता गर्नुहुन्छ , उहाको उपस्थितलाई नजर अन्दाज गर्नुहुन्छ भने आज पनि यशु दुखित बन्न सक्नुहुन्छ। यसर्थ, परमेस्वरको आत्माको बास भएको हाम्रो शरिरद्दारा प्रार्थनाको घर जस्तै यशुको महिमा गरौ। जसरी मन्दिरमा मानिसहरुको निम्ति, अन्य जातिहरुको निम्ति अर्ज बिन्ती गरिन्छ, मध्यस्थता गरिन्छ। हो यहि कुरा आज तपाईं र म मार्फत भएको यशु चाहनुहुन्छ। आउनुहोस, आजैदेखी, हामी पनि मानिसहरुको निम्ति अर्ज बिन्ती चढाउन थालौ। बिरामिहरुको निम्ति चङ्गाईको घोषणा गरौ। थाकेकहरुको निम्ति उत्साह बोलौ। अन्धकारको शक्तिबिरुद्द परमेस्वरको वचन र शक्तिको घोषणा गरौ। हाम्रो प्रार्थना द्दारा परमेस्वरले धेरै मानिसहरुमा अनन्त जीवन ल्याउदै हुनुहुन्छ।यसैको निम्ति उहाले आज तपाईको शरिरलाई आत्माको मन्दिर बनाउनु भएको छ। आमेन। 23 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-2203 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- अय्युव 16:19-21(Daily devotion) अय्यूब 16:19-21 (NNRV) 19. किनभने अहिले, मेरा गवाही ता स्‍वर्गमा हुनुहुन्‍छ, मेरो निम्‍ति जवाफ दिनलाई उच्‍चमा एउटा वकील तयारी हुनुहुन्‍छ।20. मेरा मध्‍यस्‍थ मेरा साथी हुनुहुन्‍छ, जसै मेरा आँखाले परमेश्‍वरको अघि आँसु बगाउँछ,21. मानिसको निम्‍ति परमेश्‍वरसित तिनी बिन्‍ती गर्छन्‌, जसरी मानिसले आफ्‍नो साथीको निम्‍ति बिन्‍ती गर्दछ अय्युवको मित्रहरुले उनको स्थिती देखेर पनि उनको पक्षमा बोलेनन। उल्टै तिनिहरुले अय्युवको बिस्वासमाथी औला उठाए। अय्युवको आशा थियो, मित्रहरुले उनको निम्ति परमेस्वरसग बिन्ती गरिदिउन, सान्त्वनाको बचनहरु बोलिदिउन। अय्युवले अन्तत: परमेस्वरले उनको स्थितिमा एउटा वकिल, एउटा मध्यस्थकर्ता खडा गरेर उनको पक्षमा बोलिदिनुहुनेछ भन्ने आशाका साथ भने- "मेरो निम्‍ति जवाफ दिनलाई उच्‍चमा एउटा वकील तयारी हुनुहुन्‍छ। मेरा मध्‍यस्‍थ मेरा साथी हुनुहुन्‍छ, जसै मेरा आँखाले परमेश्‍वरको अघि आँसु बगाउँछ, मानिसको निम्‍ति परमेश्‍वरसित तिनी बिन्‍ती गर्छन्‌, जसरी मानिसले आफ्‍नो साथीको निम्‍ति बिन्‍ती गर्दछ।" प्रीय हो, तपाईको दर्दमा मानिसबाट सान्त्वनाको आशा नगर्नुहोस। तर यशुलाई भन्नुहोस र यशुमा आशा गर्नुहोस। यशुले तपाईलाई धेरै माया गरेर आफैलाई बलि गर्नुभयो। उहाँ बाहेक हाम्रो अशल मित्र , हाम्रो पक्षमा लडिदिने र बोलिदिने अरु कोहि छैन। यशुले पृथ्बिमा हुनुहुदा तपाईको निम्ति आँसु बगाउनुभयो, रगत बगाउनु भयो। आज उहा स्वर्गमा परमेस्वर पिता सग तपाईको निम्ति बिन्ती गर्दै हुनुहुन्छ। बोलिदिदै हुनुहुन्छ। आमेन। 22 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-2202 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मर्कुस 10:29-30(ref. मत्ती 19:29)((Daily devotion) मर्कुस 10:29-30 (NNRV) 29. येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले मेरो निम्‍ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदी-बहिनी वा आमा-बुबा वा छोरा-छोरीहरू वा जग्‍गाजमिन छोड्‌छ,30. त्‍यसले सतावटको साथसाथै सय गुणा बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन। संसारमा जिइराखेको जिबनलाई त्यागेर यशुको पछि लाग्नु कती आनन्द! यशुको सुसमाचार सुने पछि मानिसले आफ्ना नजिकका आफन्त र समाजको पछि नलागी यशुको पछि लाग्छन। कती जनाको जिबनमा सतावट र कठिनाईको सामना गर्नु पर्ने स्थिती आउँछ। जहाँ उनिसग भएको जायजेथा समेत त्याग्नु पर्ने हुन्छ। परिवार र दाजुभाईले त्याग्छ। तापनी त्यो मानिस प्रभुको पछि लागिरहन्छ। त्यो कस्तो शक्ति र प्रेम यशुको ! यशुको पछि लाग्दा हामी शक्ति पाउछौ, परमेस्वरको माया पाउछौ, आशा पाउछौ। यशुले भन्नुभयो, उहालाई पछ्याउनेहरुको निम्ति बढ़ी घर, दाजुभाइ, दिदी-बहिनी, आमा, छोरा-छोरी र जग्‍गाजमिन यसै समयमा पाउनेछ, अनि आउँदो युगमा अनन्‍त जीवन। बिचार गर्नुहोस- यसै समयमा ...अनि आउदो युगमा...। थाहा पाउनुभयो? प्रभुमा बिस्वास गरेको कारण तपाईं आफन्त हरुबाट अपहेलित हुनुभएको छ भने, वा धेरै थोक यशुको खातिर त्याग्दै हुनुहुन्छ भने म तपाईलाई ढाडस दिन चाहन्छु। तपाईलाई ती सबै कुरा यशुले प्रशस्त दिनुहुने प्रतिज्ञा गर्नु भएको छ। त्यो पनि अहिले यसै समयमा जिइरहदा। अनि आउने युगमा अनन्तको जीवन। हल्लेलुयाह!!!! हाम्रो परमेस्वर आशिर्वाद दिने हुनुहुन्छ। उहाले आफ्ना छोराछोरिलाई कहिल्यै निराशामा पार्नुहुनेछैन। उत्साही हुनुहोस र प्रभुको पछि लागिरहनुहोस। यशुको बारेमा मानिसहरुलाई बताईरहनुहोस। आमेन। 21 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-2102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- अय्युब 14:14-16(Daily devotion) अय्यूब 14:14-16 (NNRV) 14. .....मेरो कठिन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्‍ति म प्रतीक्षा गर्नेछु।15. तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु। आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्‍छा गर्नुहुनेछ।16. निश्‍चय तपाईंले मेरा सबै चाल हेर्नुहुनेछ तर तपाईं मेरो पापको लेखा राख्‍नुहुन्‍न। अयुबको जिबनमा आई परेको सङ्कस्टलाई उनले गार्हो र कठिन सेवाकार्यको रुपमा सम्झे। यो अवधी कठिन भए तापनि यसको अन्त्य हुनेछ । परमेस्वरले उनलाई हेर्नुहुनेछ, अनि फेरि पहिले झै अङ्गालो हाल्नु हुनेछ भन्ने कुराको प्रतीक्षा गर्न अयुबले मन बनाए। परमेस्वरले मलाई क्षेमा गरि सक्नु भएको छ, उहाले मेरो पापको लेखा राख्नुहुन्न । उहाले मलाई माया गर्नुहुन्छ। भयङ्कर उतार चढाव बिच पनि उहाको भलाईले मेरो सबै सङ्कस्टलाई जित्नेछ भन्ने सोचाई र बिस्वास अयुबले गरिरहे। तपाईको पनि सबै पापको लेखा नरहने गरि यशुले बलिदान आफैलाई दिनु भयो। यसर्थ, परमेस्वरले तपाईलाई आज एक अशल र धर्मी ब्यक्तिको रुपमा देख्नुहुन्छ। जिबनमा कठिन अबस्था भएर जाँदै हुनुहुन्छ भने, अयुबले झै सोच्नुहोस, बिस्वास गर्नुहोस प्रतीक्षा गर्नुहोस। परमेस्वरले तपाईलाई त्यस कठिन परिस्थिति बाट निकाल्नुहुनेछ। यशुले तपाईलाई पूरा गरेर क्षेमा दिई सक्नु भएको छ। यशुले तपाईलाई अत्यधिक माया गर्नुहुन्छ। तपाईले गरेको कुनै खराबिको पनि उहाले लेखा राख्नु भएको छैन। उहाँ तपाईलाई अति चाहनुहुन्छ। आमेन। 19 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-1902 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- मत्ती 16:16-19(Daily devotion) मत्ती 16:16-19 (NNRV) 16. सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र।”17. येशूले तिनलाई भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।18. म तिमीलाई भन्‍दछु, कि तिमी पत्रुस हौ। म मेरो मण्‍डली यस चट्टानमाथि स्‍थापित गर्नेछु, र नरकका ढोकाहरू त्‍यसमाथि विजयी हुनेछैनन्‌।19. म तिमीलाई स्‍वर्गको राज्‍यका साँचाहरू दिनेछु। जे तिमीले पृथ्‍वीमा बाँध्‍नेछौ, सो स्‍वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्‍वीमा फुकाऔला, सो स्‍वर्गमा फुकाइनेछ।” चेला पत्रुसले यशुलाई परमेश्वरको पुत्र हुनुहुन्छ भनी जुन बिस्वास बोले त्यही सत्यता र बिस्वास नै त्यो चट्टान हो जसमाथी परमेस्वरले मंडली स्थापना गर्नुहुन्छ। पत्रुसलाई यो रहस्य परमेस्वरद्दारा प्रकट गरियो। यशु खृस्ट नै मंडली जग अर्थात त्यो बलियो चट्टान अर्थात जिबित पत्थर (१ पत्रुस २:४)हुनुहुन्छ। सबै बिस्वासिहरु यशुले निर्माण गरिरहनु भएको आत्मिक घर(मंडली) को पत्थरहरु (वा ईटा) हौ। यसर्थ हाम्रो बिस्वासको जग बलियो भएको हुनाले मन्डली अर्थात तपाईं र म माथी नरकको शक्ति बिजय हुन सक्दैनन् । एक ब्यबस्थित , सहि र परिपक्व शिक्षा प्रदान गर्ने मन्डलिको हिस्सा भएर हामीले खृस्टको सेवामा रहन जरुरी छ। यशुले मन्डलिलाई अर्थात उहाका चेलाहरुलाई स्वर्गको साचो प्रदान गर्नुभएको छ। आज तपाईले पृथ्वीमा जे कुरा बाध्दछ, स्वर्गमा बाधिनेछ। जे कुरा खुलाउछ , स्वर्गमा खुलाईनेछ। स्वर्ग सगको त्यो सम्पर्क (लिङ्क) मन्डलिलाई दिइएको छ। दियाबलसलाई यशुको नाउमा बाध्नुहोस। दुख दिने सबै नकारात्मक शक्तिलाई आजैदेखि बाध्नुहोस। यशुको नाउमा। आमेन 18 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-1702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: मत्ति 14:16-20(Daily devotion) मत्ती 14:16-20 (NNRV) 16. तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिनीहरूलाई जानु आवश्‍यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।”17. तिनीहरूले उहाँलाई भने, “यहाँ हामीहरूसित पाँच रोटी र दुई माछा मात्र छन्‌।”18. तब उहाँले भन्‍नुभयो, “ती मकहाँ ल्‍याओ।”19. उहाँले भीड़लाई घाँसमा बस्‍ने आज्ञा दिनुभयो, र ती पाँच रोटी र दुई माछा लिएर स्‍वर्गतिर हेरी परमेश्‍वरलाई धन्‍यवाद दिनुभयो, र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो, र चेलाहरूले मानिसहरूलाई दिए।20. ती सबैले खाएर तृप्‍त भए, र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डालाभरि उठाए। यशुको पछि लागेको भिडलाई उहाले माया गर्नुभयो। मानिसहरु भोकाएका थिए । खाना खाने समय पनि भयो। तर खानेकुरा भने पटक्कै थिएन। चेलाहरुले एउटा केटा सग भएको पाच रोटि र दुई माछा को बारेमा बताए। यशुले भन्नू भयो- ती म कहाँ ल्याओ। चेलाहरुले रोटि र माछालाई यशुकहा ल्याए पछी त्यो थोरै रोटि र माछालाई उहाले ठुलो भिडलाई बाडेर पनि उबार्ने गरि बृद्दि गर्नु भयो। ती थोरै खानेकुरा यशुकहा लानु नै ठुलो कुरा भयो। तपाईं सग पनि थोरै छ भने यशुकहा लानुहोस। उहाले धेरै बनाउनुहुनेछ। आफुसग भएको सामानलाई हेरेर यसो नभन्नुहोस- यतिले के पुग्ला र? यति थोरैले के नै हुन्छ र? यशुले कसैलाई पनि अभाब र निम्न स्तरमा बसेको चाहनुहुन्न। प्रभुको बचनलाई आग्याकारी भएर यशुकहा लानुहोस। यशुले हामिलाई शारीरिक र आत्मिक दुबै प्रकारले तृप्त पार्न सक्नुहुन्छ। जसरी यशुले भिडको लागि खाना जुटाउनुभयो, त्यसरी नै आत्माको लागि आत्मिक खाना प्रदान गर्नुहुन्छ। यशुले पाच रोटि र दुई माछाले पाच हजारको भिडलाई खुवानुभयो भने उहालाई बिस्वास गर्ने सबैलाई आत्मिक र शारीरिक भोजनको साथ बल र शक्ति पनि दिनुहुनेछ। आमेन। 17 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-1702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily Devotion: मत्ती 13:24-26(Daily devotion) मत्ती 13:24-26 (NNRV) 24. येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो।25. तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो26. जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो। यशुले स्वर्गको राज्यको बारेमा दृस्टान्तमा भन्नुहुदा केही रहस्यमय कुरालाई पनि प्रकट गरिदिनु भयो। मानिसहरू सुतेका बेला आएर धान रोपिएको खेतमा सामा रोपिदिने त्यो शत्रु को थियो? मानिसको त्यो शत्रु सैतान अर्थात दियाबलस हो। जसले आज पनि परमेस्वरका छोराछोरिको जिबनमा सामा रोप्न खोजिरहन्छ। सामा जसले धानलाई बड्न नदिई धानको निम्ति राखिएको मल र पानी सोसेर फस्टाउछ। धान पाक्न लाग्दा सामाको मात्रा धेरै हुन्छ। धान भने कम हुन्छ वा फल्दैन। हो, दियाबलसले पनि बिस्वासिहरुको जिबनमा ठिक सामा जस्तै गरिरहेको छ। त्यसले आत्मिक भोजनमा बाधा ल्याउछ। शरिरमा वा परिवारमा सतावट वा बन्धनमा पारेर आशिष् र आनन्दलाई चोरेर लैजान्छ। के आज तपाईको जीवन पनि सैतानले सामा रोप्न प्रयास गरिरहेको त छैन? बिचार गरौ! सैतानको हरेक आक्रमण र योजनाको बिरुद्धमा जाई लाग्न तपाईलाई शक्ति र अधिकार दिइएको छ। तपाईं बिस्तरामा सुत्नु अघि यशुको रगतलाई प्रयोग गर्नुहोस(हिब्रु ९:१६)।यशुको रगतले सुरक्षा दिन्छ। रातको अन्धकारमा काम गर्ने र तपाईको जिबनको शान्ती आनन्द चोरेर अप्ठ्यारो कष्ट (सामा) हालिदिने सैतानको बिरुद्धमा प्रभुको वचन घोषणा गर्नुहोस । पबित्र आत्माको आगो र शक्तिलाई प्रयोग गर्नुहोस। आज तपाईं र म यशुको रगत, पबित्र आत्माको शक्ति र परमेस्वरको जिउदो बचनद्दारा अन्धकारको शक्तिको विरुद्ध जाई लागौ। बिजय हाम्रो मिलिसकेको छ यशुको नाउमा। आमेन। 16 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-1502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: अयुब 2:9-10(Daily devotion) अय्यूब 2:9-10 (NNRV) 9. तिनकी पत्‍नीले तिनलाई भनिन्‌, “के तपाईं आफ्‍नो निष्‍ठामा अझै अड़ी नै रहनुहुन्‍छ? परमेश्‍वरलाई सराप्‍नुहोस्‌ र मर्नुहोस्‌।”10. अय्‍यूबले जवाफ दिए, “तिमी एक मूर्ख आइमाईजस्‍तै कुरा गर्दछ्यौ। परमेश्‍वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” यी सबै कुरामा आफूले बोलेको कुरामा अय्‍यूबले पाप गरेनन्‌। अयुबको पुस्तकको अध्याय १ को १र ३ ले भन्दछ- तिनी एक परेस्वरको डर मान्ने, सोझो, निर्दोष र पुर्बका सबै मानिसहरु भन्दा महान ब्यक्ति थिए। तिनी त्यस समयका अगुवा, मानिसहरुको निम्ति न्याय निसाफ गर्ने ब्यक्ति थिए। तिनको बिस्वास अडिग छ भनेर जान्दा जान्दै परमेस्वरले तिनलाई अझ जाँच गर्नुभयो। अब, तिनमा आई परेको बिपत्ति मान्छेले सहन सक्ने भन्दा धेरै हद सम्म ठुलो थियो। अचानक कल्पना गर्नै नसक्ने गरि आइपरेको क्षेती, आफ्ना छोराछोरिहरु गुमाएको पिडाले तिनकी श्रीमती भने परमेस्वर प्रती कति बढी रुष्ट र निराश थिइन भन्ने कुरा अध्याय २ को ९ ले बताउछ। अयुबको श्रीमतीले परमेस्वरलाई सरापेर मर्नु भन्ने कुरा गर्दा अयुबले भने -परमेश्‍वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?” मानिस सुख पाउँदा सबैथोक पाए जस्तो गर्छ। तर दुख पाउँदा सबैथोक गुमाए जस्तो गर्छ। अयुब ले भने यदि परमेस्वरले सुख प्रदान गर्दा खुशी भन्ने हो भने दुखको समयमा पनि उहालाई स्वीकार गर्न पर्छ। दुख पछि निश्चय नै सुख आउनेछ। मत्ती २५:२९ अनुसार जो सग छ, उसलाई अझ धेरै दिइनेछ। यदि तपाईले परमेस्वर प्रतिको डर, बिस्वास र भरोसा साची राखेको छ भने, तपाईको त्यो बिस्वास र भरोसालाई अझ कसिलो पार्न परमेस्वरले धेरै परिस्थिति भएर लानुहुनेछ। यी समयहरुमा कस्ट र दुख पनि हुनेछ। तर तपाई नाअत्तिनुहोस , स्थिर भैरहनुहोस। यसबाट परमेस्वरले तपाईमा भएको बिस्वास र भरोसालाई अझ बलियो पार्नुहुनेछ। वृद्धि गर्नुहुनेछ। निश्चय नै, तपाईलाई सधै कस्टमा मात्र परमेस्वरले छोड्नुहुनेछैन। पृथ्वीको शारीरिक कस्टपुर्ण बसाई पछि यशुसगको स्वर्गीय बसाई सुखद हुनेछ। दुख पछि सुख निश्चय नै दिईनेछ। आमेन। 15 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-1502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: एस्तर 6:1-3(Daily devotion) एस्तर 6:1-3 (NNRV) 1. त्‍यस रात राजालाई निद्रै लागेन। उनले आफ्‍नो राज्‍यकालका विवरण भएको इतिहासको पुस्‍तक ल्‍याएर पढ़िसुनाउने हुकुम गरे, र त्‍यो राजालाई पढ़ेर सुनाइयो।2. त्‍यसमा दुई जना ढोके, बिग्‍थाना र तेरेशले राजा अहासूरसलाई मार्ने षड्‌यन्‍त्र गरेका र मोर्दकैले त्‍यो जाहेर गरिदिएका विषयमा लेखिएको थियो।3. तब राजाले भने, “यसको निम्‍ति मोर्दकैले कुन सम्‍मान अथवा पद पाए त?” त्‍यहाँ उपस्‍थित भएका राजाका सेवकहरूले भने, “मोर्दकैको निम्‍ति त केही गरिएको छैन।” परमेअवरको जन मोर्दकैले राजालाई मार्ने षड्यन्त्र गरेको थाहा गरेर बताई दिए पछि राजाबाट ईनाम पाउनु पर्ने थियो। तर उनलाई कुनै कदर गरिएन। सट्टामा परमेस्वरको मानिसहरुलाई नाश गर्नको निम्ति योजना गर्ने हामानलाई पो झन उच्च पद दिएर पुरस्कर दिइयो। तापनी मोर्दकैले आफ्नो जिम्मेवारी, परमेस्वरको आदर र सम्मान तथा राजाको हितमा काम निरन्तर गरि नै रहे। बर्सहरु बितेर गए। राजाहरु फेरिए। मोर्दकैको कामको कदर भएन। हामानले शक्ति र रबाफमा धाक लगाउदै रहे। अब हामनले उनको अगाडि नझुक्ने मोर्दकैलाई फाँसी गराउन पासो तयार गरे। हो यहि समय, स्वर्गबाट सबैथोक देखि राख्नु हुने परमेस्वरले मोर्दकैको निम्ति इनाम दिन राजालाई ईतिहासको पुस्तक तर्फ डोर्याउनु भयो। मोर्दकैले राजालाई बचाएको कुरा लेखिएको थाहा पाए पछि राजाले भने- यसको निम्ति मोर्दकैले कुन सम्मान वा पद पाए त? .... के तपाईलाई लाग्छ, तपाईले गरेका कामहरु कसैले देख्दैन, तपाईलाई पुरस्कार दिनु पर्ने हो तर अरुले नै पाई राखेका छन! के तपाईं सोच्दै हुनुहुन्छ, तपाइको उचित कदर हुन सकेको छैन? मोर्दकैलाई हेर्नुहोस। मोर्दकैले काम गरेकोमा ईनाम नपाए पनि राजा प्रतीको सेवा निरन्तर गरिरहे। आफ्नो जाती र परमेस्वरको पक्षमा उभि रहे। मोर्दकैलाई झै तपाईं माथि परमेस्वरले नजर राख्नु भएको छ। उहाले ठिक समयमा तपाईलाई ईनाम दिनु हुनेछ। परमेस्वर प्रतिको बिस्वास, भक्तिमा लागि रहनुहोस। बचनमा कम्प्रमाइज नगरि खडा हुनुहोस। आफ्नो जिम्मेवारीहरु निभाईरहनुहोस। परमेस्वरले मोर्दकैलाई झै तपाईलाई पनि उचित समयमा ईनाम दिनुहुनेछ। आमेन। 14 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-1403 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Ester 4:14-16(Daily devotion) एस्तर 4:14-16 (NNRV) 14. यस्‍तो बेलामा तिमी चूपै लागी बस्‍यौ भने यहूदीहरूका निम्‍ति सहायता र छुटकारा अरूद्वारै आउनेछ। तर तिमी र तिम्रा पिताको घरानाचाहिँ नष्‍ट हुनेछन्‌। शायद यस्‍तै समयको निम्‍ति नै तिमी यो राजपदमा पुगेकी हौ कि?”15. तब एस्‍तरले मोर्दकैकहाँ यस्‍तो जवाफ पठाइन्‌:16. “गएर शूशनमा भेट्टाएका जति सबै यहूदीहरूलाई मेरो निम्‍ति उपवास बस्‍न भेला गर्नुहोस्‌। तीन दिन र तीन रातसम्‍म न त खानेकुरा खानुहोस्‌ न पानी पिउनुहोस्‌। म र मेरा चाकर्नीहरू पनि तपाईंहरूजस्‍तै उपवास बस्‍नेछौं। त्‍यसपछि कानूनको विरुद्धै भए पनि म राजाकहाँ जानेछु। यदि मेरो नाश हुन्‍छ भने पनि होस्‌।” मोर्दकैले रानी एस्तरलाई इस्राएलिहरु माथी आई पर्न लागेको बिनास बारे बताए। साथै तिनले आफ्नो जातिको खातिर केही गर्न पर्छ भनी पनि बताए। इस्राएलि जाती माथी जुन षड्यन्त्र भैरहेको थियो। त्यसको पछाडी परमेस्वरका मानिसहरु लाई नाश गर्नु र परमेस्वरको आराधाना गर्न रोक्नु नै थियो। रानी एस्तरलाई मोर्दकैले केही गर्नु भन्ने कुरा आफैमा ठूलो खतरा मोल्नु थियो। रानी एस्तर आफै पनि राजाको सामु इस्राएली यहुदी हु भनि प्रकट गर्नु थियो जसको बिरुद्द्मा राजाले नाश गर्नु भनी राजउर्दि गरेका थिए। यस्तो समयमा रानी एस्तर, मोर्दकै र यहुदिहरुले परमेस्वरमा भरोसा गर्नु बाहेक कुनै अर्को विकल्प थिएन। रानी एस्तरले सबैलाई उपबास बस्नु तीन दिन सम्म र तिनी र तिनको जातिको निम्ती परेस्वरले निगाह गरून्। राजाको हृदय परिबर्तन गरिदिउन भनेर प्रार्थना गर्न भनिन। सबैको प्रार्थनाको उत्तर स्वरुप एस्तरको कुरा राजाले सुने। मोर्दकै र यहुदी जातिलाई फाँसी चढाएर नाश गर्ने योजना बनाउने हामान आफै फाँसी भएर नाश हुन पुगे। प्रिय हो, यदि परमेस्वरका छोराछोरिको विरुद्ध दुष्ट मानिसहरुले षड्यन्त्र गर्छन भने, परमेस्वरको छोराछोरी ले निराश नभै परमेस्वरमा भरोसा गर्नु पर्छ , उहालाई पुकार गर्नु पर्छ। उपबास बसेर, नम्र भएर उहाको अगाडि जानू पर्छ,। हाम्रो परमेस्वरले हाम्रो बिरोधिहरुले गरेका जालहरुमा उल्टै तिनिहरुलाई नै पार्नुहुनेछ। आमेन। 12 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-1202 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: मत्ती 11:28-30(Daily devotion) मत्ती 11:28-30 (NNRV) 28. “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।29. मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्‍ना आत्‍मामा विश्राम पाउनेछौ।30. किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।” थाकेका र बोझले दबिएकाहरुको निम्ति विश्राम लिने ठाउँ यशु हुनुहुन्छ। यशुले हाम्रो सबै पापको बोझ लिइदिनु भएको छ र स्वतन्त्रतामा आत्मिक विश्राम दिनु भएको छ। यशुले दिनुहुने विश्राम ब्यबस्थाको पालनबाट वा धर्म र कर्म बाट पाउन सकिँदैन। यशुलाई बिस्वास गरे पछि उहाले हाम्रो गर्हौ जुवा लिएर उहाको हलुको जुवा दिनुहुन्छ । त्यो हलुको जुवा भनेको ब्यबस्थाको आग्यापालन होइन, यशुको आग्यापालन हो। यशुलाई प्रेम गर्ने सबैले उहालाई पछ्याउन र आग्याकारी बन्न चाहन्छन। पबित्र आत्माले हृदय र मन परिवर्तन गर्नुहुन्छ । उहाको आग्यापालन स्वैइछाले गर्ने भएकोले यो कार्य हलुको छ। यशु प्रभुको कोमल र विनम्र हृदयले तपाईलाई अनवरत प्रेम गरिरहनुहुन्छ। तपाईको कमजोरी र भुलमा उहाँ धैर्य गरेर दया गरि पर्खिरहनुहुन्छ। अझ उठनको निम्ति, अगाडि बड्नको निम्ति सामर्थ्य दिनुहुन्छ । उहाको बिनम्र र कोमल दयालु हृदयकै कारण तपाईंले जतिसुकै खराब गरेको भए तापनी तपाइलाई क्षेमा दिनुहुन्छ। तपाईको खराबी उहाले लिनुहुन्छ र उहाको प्रेमको, क्षेमाको, अनन्तताको र आग्याकारिताको हलुको भारी तपाईमा राखिदिनुहुन्छ। यदि तपाईं पनि आज, थुप्रै भुल र कमजोरीलाई सम्झेर थाकेको हुनुहुन्छ भने यशुकहा आएर घुडा टेक्नुहोस। उहाले तपाईको भार लिइ तपाईलाई शक्ति र सामर्थ्य दिन तम्तयार हुनुहुन्छ। आमेन। 10 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-0902 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: नहेम्याह 4:13-14(Daily devotion) नहेम्याह 4:13-14 (NNRV) 13. त्‍यसैले पर्खालको पछाड़ि खुला भएका सबैभन्‍दा तल्‍ला समतल ठाउँहरूमा अड्डा जमाउन भनी मैले मानिसहरूलाई तिनीहरूका परिवार-परिवारअनुसार आफ्‍ना तरवार, भाला र धनुर्बाण लिएर बस्‍ने आदेश दिएँ।14. तब उठेर मैले ती सबको निरीक्षण गरें, र भारदारहरू, अधिकृतहरू र सबै मानिसहरूलाई यसो भनें, “उनीहरूसँग नडराओ। महान्‌ र भययोग्‍य परमप्रभुको सम्‍झना गर, र आफ्‍ना दाजुभाइ, छोराछोरी, पत्‍नी र घरहरूका निम्‍ति युद्ध गर।” यरुसलेम शहरको पुनर्निर्माण शुरु गरिदै गर्दा नहेम्याह र उनको टिमलाई जताततै बाट चेतावनी र डर , त्रास देखाउन थालियो। शत्रुहरुले सहर र पर्खाललाई पूरा बन्न नदिन भित्र भित्रै आक्रमण गर्ने योजना बनाउन थाले। शत्रुहरु लुकेर भित्र पसि सबै कुरा भत्काईदिन सक्थे, झन अफवाह फैलाउने र आक्रमण गर्ने डर थियो। नहेम्याहले यश परिस्थितिमा दुईवटा महत्वपूर्ण कुरा गर्न आफ्ना मानिसहरुलाई अह्राए। पहिलो -लुकेर भित्र छिर्न सक्ने सबै ठाउमा पूरा परिवार तरवार, भाला, धनुर्बाण लिएर अड्डा जमाएर बस्नु । दोस्रो -परमप्रभुको सम्‍झना गर, र आफ्‍ना दाजुभाइ, छोराछोरी, पत्‍नी र घरहरूका निम्‍ति युद्ध गर।” यदि उनिहरु सुरक्षित हुनु हो भने नहेम्याहहरुले शहरको पर्खाल बनाएर सक्नु पर्नेथ्यो। आफ्नो सुरक्षाको निम्ति, आफ्ना छोराछोरा , पत्नी, दाजुभाईको नीति अब तिनिहरुसग लड्नु बाहेक अर्को बिकल्प थिएन। नहेम्याहले भने- उनिहरुसग नडराओ, परमप्रभुको सम्झना गर र युद्द लड..। के आज तपाईं पनि आफ्नो परिवारको निम्ति, आफ्ना पत्नी, पति, दाजुभाई र आफन्तको निम्ति आत्मिक युद्द लड्दै हुनुहुन्छ? दुस्टको सतावटको बिरुद्द, अन्धकारको शक्तिको विरुद्ध लडाई लड्न नथाक्नुहोस। तपाईसग लड्ने बाहेक अर्को बिकल्प छैन। तपाईले दुष्ट सग युद्द लडेन भने तपाईका मानिस, परिवार र दाजुभाईलाई दुस्टले सजिलोसग पन्जामा पर्न सक्छ। यसकारण युद्द लड्नुहोस। याद राख्नुहोस। तपाईको साथमा जो हुनुहुन्छ, उहाँ सन्सारमा हुने भन्दा शक्तिशाली हुनुहुन्छ । तपाईंको बिजय निश्चित छ। आमेन। 9 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-0902 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: मत्ती 9:36-38(Daily devotion) मत्ती 9:36-38 (NNRV) 36.... भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्‍ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्‍तै हैरान र असहाय भएका थिए। 37. तब उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “फसल प्रशस्‍त छ, तर खेतालाहरू थोरै छन्‌। 38. यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदेऊन्‌। यशु प्रभुले पृथ्वीमा उहाको सेवा शुरु गरि परमेस्वरको राज्यको बारेमा बताउन लाग्दा उहाको पछि मानिसहरुको भिड जम्मा हुन थाल्यो। मानिसहरु रोग, भोक, दुष्ट आत्माका डरलाग्दो पासोमा परेका थिए। यशुले निको पार्दै , स्वतन्त्र गर्दै स्वर्ग राज्यको बारेमा बताउनु भयो। ती भिडहरु गोठाला बिनाका भेडाहरु जस्ता थिए। उनिहहरुलाई रेख देख गर्ने, माया गर्ने, जीवन र अनन्तको सुरक्षा दिन सक्ने कोहि नभएका देखिन्थे। यशु नै समस्त मानिसको गोठाला हुनुहुन्छ । सन्सारका मानिसहरु उहाका भेडाहरु हौ। यशुले चेलाहरुलाई भन्नुभयो- फसल प्रशस्त छ तर खेतालाहरु थोरै। यो फसल सबै मानिसहरू हुन। जसरि बाली पाके पछि समयमा काटेर घर लानु पर्छ , त्यसै गरि सन्सारका मानिसहरुका आत्मालाई पनि समय हुँदै यशुको सन्देश प्रचार गर्नु पर्छ। जति ढिलो भयो, त्यती बालिलाई हुरि बतास पानीले नस्ट गर्ने अबस्था आए झै मानिस र तिनको आत्माहरुलाई पनि दियाबलसले आफ्नो पन्जामा पार्ने मौका पाईरहेको छ। खेताला चाहिँ तपाईं र म हौ। के आज तपाईंले यशुको सुसमाचार र प्रेमको प्रचार गरिरहेको छ? आत्माको बाली कटनी गर्ने मौका नगमाउनुहोस। तपाईं र म आफैले नै यो काम आजै देखि शुरु गरौ। अनि यशुले अरु धेरै उहाका काम गर्नेहरु ल्याउनु हुनेछ। कम्तिमा दिनमा वा हप्तामा 1-2 जनालाई यशुको बारेमा बताउन सकौ भनी योजना बनाउनुहोस। प्रभुले तपाईं मार्फत धेरै जनालाई स्वर्गको राज्यमा कटनि गर्न लाग्नु भएको छ। हल्लेलुयाह! आमेन। 8 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-0702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : नहेम्याह 6:10-12(Daily devotion) नहेम्याह 6:10-12 (NNRV) 10. एक दिन म दलायाहका छोरा, महेतबेलका नाति शमायाहको घरमा गएँ। तिनी आफ्‍नो घरभित्रै बन्‍द गरिएका थिए। तिनले भने, “हामी परमेश्‍वरको भवनभित्र, उहाँको मन्‍दिरभित्र ढोकाहरू थुनेर भेट गरौं। किनभने उनीहरू तपाईंलाई मार्न आउँदैछन्‌– उनीहरू तपाईंलाई मार्न राती आउनेछन्‌।” 11. तर मैले भनें, “के मजस्‍तो मानिस भाग्‍नु र? के मजस्‍तो मानिस बाँच्‍नलाई मन्‍दिरमा जानु र? म जान्‍नँ।”12. मलाई यस्‍तो प्रकाश भयो, कि परमेश्‍वरले तिनलाई पठाउनुभएको होइन रहेछ, तर मेरो हानि गर्न तिनले अगमवाणी कहेका रहेछन्‌। सन्‍बलत र तोबियाले तिनलाई यो कुरा भन्‍न भाड़ामा लिएका थिए। नहेम्याहले यरुसलेम शहरको पुनर्निर्माण गर्दै गर्दा धेरै चुनौतिहरुको सामना गरे। बिरोधिहरुले उनको हानी गर्न अनेक बहाना गरे। तेस्रो पटक एक मानिसलाई भाडामा लिएर परमेस्वरको योजना र कामलाई बाधा पुर्याउन झुठो अगमबक्ता खडा गरि बाच्नको निम्ति मन्दिर भित्र लुक्ने सल्लाह दिइयो। तर नहेम्याहले त्यो झुठो अगम्बक्ताको झुठलाई प्रकाश द्वारा थाहा पाए। मन्दिर भित्र पुजारिहरुलाई मात्र अनुमती थियो। नहेम्याह पुजारी थिएनन। यसर्थ, परमेस्वर उहाको बचनसग नमिल्ने कहिल्यै काम गर्नुहुन्न। दोस्रो, पर्खाल बनाउन सक्नै लाग्दा परमेस्वरले अलपत्र छोडेर भाग भन्नू हुन्थेन। यी दुबै कुरालाई नियाल्दा त्यो झुठो ब्यक्तिले ब्यक्तिले भनेको कुरा सत्य छैन भन्ने पत्ता लगाए। के आज तपाईको जिबनमा पनि कुनै झुठो कुराहरु बोलिदै त छैन? कसैले भन्ला- तिमी त यस्तो उस्तो, गर्दै गरेको काममा हतोत्साहित गर्न दुस्टले विभिन्न कुराहरु अरुद्वारा बोल्न सक्छ। तर कसैले बोल्छ भने तिनको कुरा वचन अनुसार मिल्छ कि मिल्दैन भनेर जाच्न पर्दछ। यदि कुनै काम तपाईको जिबनद्वारा शुरु गर्नुहुन्छ भने बिचमा छोड्नु पर्ने उहाको इच्छा होइन। जुन काम शुरु गर्नुभयो, परमेस्वरले पूरा गर्नु नै हुन्छ । परमेस्वरले तपाईको बिरोधिहरुको जाल र योजना बुझ्न नहेम्याहलाई झै प्रकाश दिउन । आमेन। 7 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-0702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: मत्ती 7:24-25(Daily devotion) मत्ती 7:24-25 (NNRV) 24. “यसकारण जसले मेरा यी वचन सुन्‍छ र पालन गर्छ, म एउटा बुद्धिमान्‌ मानिससँग त्‍यसको तुलना गर्छु, जसले आफ्‍नो घर चट्टानमाथि बनायो।25. अनि पानी पर्‍यो, र बाढ़ी आयो, अनि हुरी चल्‍यो र त्‍यस घरमाथि बजारियो, र पनि त्‍यो घर ढलेन। किनकि त्‍यो चट्टानमाथि बसालिएको थियो। यशुले एक बुद्धिमान अर्थात साचो खृस्टियानको बारेमा दृष्टान्त मा सिकाउनु भयो। सबै मानिसहरु म नै साचो छु, मैले गरेको नै साचो हो भन्दैछन। बुद्धिमानले गहिरो खनेर चट्टान माथी घर बनायो। अर्को मूर्ख ब्यक्तिले गहिरो नखनी कन नै बालुवामाथि घर बनायो। हेर्नमा दुबै घर भब्य थिए। दुबै जनाले आफ्नो घर दर्हो छ भनी भन्थे। तर हावाहुरी आएको क्षेण थाहा भैहाल्यो। बिस्वासमा जिउन पनि जग चाहिन्छ। जग बनाउन गहिरो खन्न आबश्यक छ। यसो गर्दा परिस्रम गर्न पनि आबशेक छ। यशु नै साचो जग हुनुहुन्छ । आज हामी प्रत्यकले कस्तो किसिमको घर बनाउदैछौ जाच्न आबशेक छ। हाम्रो मुख्य ध्यान र इच्छा धनसम्पत्ति , सुख सुबिधा, फाईदा र मनोरञ्जन हुदैछ भने हाम्रो आत्मिक घर बालुवा माथीको घर जस्तै बन्न सक्छ। तर हाम्रो इच्छा यशु खृस्टलाई अझ नजिक बाट चिन्ने र उहाँ जस्तै हुने रहेको छ भने हाम्रो आत्मिक जिबनको घर चट्टान माथी नै बनाउदैछौ। बलियो जग सहितको घर बनाउन मेहनेत गर्नु परे जस्तै बलियो आत्मिक जिबनको निम्ति पनि यशुको बचनहरु पालन गर्न आबशेक छ। यशुले भन्नुभयो, जसले मेरा वचन सुन्छ र पालन गर्छ, त्यो बुद्धिमान मानिस हो। आमेन। 5 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-0502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: एज्रा 10:10-11(Daily devotion) एज्रा 10:10-11 (NNRV) 10. तब खड़ा भएर पूजाहारी एज्राले भने, “तिमीहरूले विदेशी स्‍त्रीहरूसित विवाह गरेर अपराध गरेका छौ, र इस्राएलको दोष बढ़ाएका छौ।11. अब परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको सामुन्‍ने आफ्‍ना पाप स्‍वीकार गर, र उहाँको इच्‍छाअनुसार काम गर। तिमीहरू विदेशी मानिसहरू र तिमीहरूका विदेशी पत्‍नीहरूबाट अलग होओ। जब पुजारी एज्रा यरुसलेम गएर मन्दिरको पुनर्निर्माण गरि सकियो, तब एजाले त्यस ठाँउ का इस्राएलि मानिअहरुले अन्य जातिहरुसगको बैबाहिक सम्बन्ध र तिनले पारेको असर बारे सुने। एज्राले आफ्ना मानिसहरुले गरेको बचनको अनाआग्यारिता प्रती उपबास बसेर बिलाप गरे। पापको कारण दन्ड असमभाबी थियो। तर परमेस्वरले ठुलो निगाह गरेर फेरि मन्दिरको पुनर्निर्माण र इस्राएलिहरु जम्मा हुन पाएका थिए। अब एज्राले इस्राएलिहरुलाई अन्य जाती श्रीमती र छोराछोरी हरुलाई समेत त्यागी दिन आदेस थिए। आफ्ना बिबाहित श्रीमती र छोराछोरी समेतलाई त्यागी दिनु र घरबाट निकालिदिनु धेरै दुखान्त घट्ना थियो तर परमेस्वरको आशिष् र उपस्थिती पाउनको निम्ति उनिहरुले सहि किसिमबाट आराधना गर्न र परमेस्वरको वचन अनुसार जिउनु पर्ने थियो। आज परमेस्वरको बचन अनुग्रहले भरिएको छ, तापनी हामिलाई लापरबाहिको बैबाहिक जीवन जिउने छुट छैन। परमेस्वरका छोराछोरिहरुको पहिले आफ्नो घर र परिवार बाट नै परमेस्वरको आराधना शुरु हुनु पर्छ। यरुसलेमको मन्दिर आज तपाईको शरीर र घर परिवार भएको छ। अन्य जाती मानिसहरुलाई प्रेम गर्नु पर्छ, प्राथना गर्नु पर्छ, सुसमाचार बाड्नु पर्छ। तर तपाईको परिवारलाई अन्य जातिहरुको प्रभाब, र सङ्स्कार बाट बचाउदै परमेस्वरको वचन अनुसार जिउने र उहाको उपासना गर्ने आत्मिक मन्दिरको रुपमा खडा गर्दै जानुपर्छ। आमेन। 3 फेब्रुअरी 2022 पास्टर नयन राई (यो devotion दैनिक बाईबल अध्ययनमा आधारित छ। बिस्वासिहरुको आत्मिक उन्नतिको निम्ति सहायक होस भनेर मन्डली परिवार र बिस्वासिहरुलाई पठाईन्छ।) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-0202 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: मत्ती 5:14-16(Daily devotion) मत्ती 5:14-16 (NNRV) 14. “तिमीहरू संसारका ज्‍योति हौ। डाँड़ामा बसालिएको सहर लुक्‍न सक्‍दैन।15. मानिसहरूले बत्ती बालेर पाथीले त छोप्‍दैनन्‌, तर सामदानमा राख्‍दछन्‌, र घरमा हुने सबैको निम्‍ति त्‍यसले उज्‍यालो दिन्‍छ।16. यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्‌, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्‌, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌। यशुले भन्नुभयो-'तिमिहरु संसारका ज्योती हौ।' ज्योती वास्तबमा यशु स्वयम् नै हुनुहुन्छ। आज त्यो ज्योती पबित्र आत्मा भएर हामिमा बास गर्नुहुन्छ । हामिमा त्यो ज्योती आएको छ। परमेस्वरको वचन मार्फत काम गर्नुहुन्छ। प्रभु यशु जो ज्योतिको रुपमा हुनुहुन्छ, उहालाई कसैले छोपेर छोपिदैन। तर उहाको उज्यालोले मानिसहरुलाई खिचेर ल्याउछ । जसद्दारा घरै उज्यालो हुन्छ। गाउ शहर उज्यालो हुन्छ। आनन्द र शान्तिले भरिन्छ। के आज तपाई मार्फत त्यो ज्योती चम्कदैछ? यशुलाई ज्योती चम्काउन दिनुहोस। तपाइको जिबनमा पबित्र आत्माको ज्योतिको राको बलिरहोस। (1) परमेस्वरको ज्योती जो हामिमा हुनुहुन्छ, आत्माको फल जस्तै: प्रेम, आनन्द , शान्ती, दया भलाई......द्दारा मानिसहरुका सामुन्ने चम्कन्छ । मानिसहरुले तपाईको प्रेमद्वारा परमेस्वरको प्रेमलाई अनुभव गर्दछन।(2) परमेस्वरको वचन प्रचार र सुसमाचारद्वारा ज्योती चम्कन्छ। सुसमाचारले मानिसहरुको हृदयमा काम गर्छ, छुटकारा ल्याउछ। मेरो प्रार्थना छ, तपाईको जिबनद्वारा धेरैको जिबनमा आत्माको ज्योती चम्कोस। आमेन। 2 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-02-0102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion - मत्ती 4:23-24(Daily devotion) मत्ती 4:23-24 (NNRV) 23. अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।24. उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। यशु प्रभुको सार्बजनिक सेवाकाई शुरु हुँदै गर्दा उहाले परमेस्वरको राज्यको बारेमा सिकाउनु भयो। येशु प्रभु आफैले सुसमाचार प्रचार गर्नु भयो। उहाँ आफै सुसमाचार हुनुहुन्थ्यो तर प्रचार गरिनु पर्थ्यो जुन कुरा उहाँ स्वयमद्वारा मात्र शुरु हुन सक्थ्यो । उहाँ आफै सुसमाचार , मुक्ती, छुटकारा र चङ्गाई हुनु भएकोले उहाँ जहाँ जानुभयो, त्यहा मानिसहरुले सबै रोग र दुर्बल्ताबाट चङ्गाई प्राप्त गरे। लेखिएको छ- उहाले उहाले हरेक किसिमको रोग र शारीरिक दुरबल्ता साथै बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघातका रोगिहरु निको पार्नु भयो। यशुल! निको पार्न नसक्ने कुनै एउट रोग पनि थिएन। यशु प्रभुले शारिरिक रोग , प्राण र आत्मा गरेर पुर्णताको चङ्गाई दिनु भयो। यशु मानिसलाई पाप बाट छुटकारा दिई प्रशस्तताको जिबन दिन आउनुभयो। के तपाईं आज कुनै दुरबल्ता वा रोगको बन्धनमा हुनुहुन्छ ? यशुकहा आउनुहोस। उहाको वचन अध्ययन मनन र घोषणा गर्नुहोस। चाहे त्यो आत्मिक वा शारीरिक बन्धन, आज पनि यशुले तपाईंको हरेक किसिमको रोग र बन्धनबाट चङगाई दिन सक्नुहुन्छ। उहाँ हिजो, आज र सदासर्बदा एक समान परमेस्वर हुनुहुन्छ । आमेन। 1 फेब्रुअरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-3102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- 2 ईतिहास 36:22-23(Daily devotion) २ इतिहास 36:22-23 (NNRV) 22. फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको हृदय उत्तेजित पार्नुभयो। अनि उनले आफ्‍नो साम्राज्‍यभरि नै मुखैले र लिखित रूपमा यसो भनेर एउटा घोषणा निकाले:23. “फारसका राजा कोरेस यसो भन्‍छन्‌: परमप्रभु स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। अनि उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म त्‍यसलाई भन्‍दछु, ‘परमप्रभु त्‍यसका परमेश्‍वर त्‍यससँग रहून्‌, अनि त्‍यो मानिस उक्‍लेर यरूशलेममा जाओस्‌’।” 2 ईतिहास 36:15 ले भन्छ- परमेस्वरले उहाका प्रजा र बासस्थान यरुसलेम माथी दयाको कारण आफ्ना दुतहरु मार्फ घरी घरी चेतावनी दिइरहनु भयो। ईस्राएलिहरु घोर मुर्तिपुजा र बिचलनमा परेका थिए। उनिहरुको भक्तिहिनता र पापको कारण इस्राएलिहरु र यरुसलेमको पतन हुने नै भयो। बेबिलोनि राजा नबुकदनेस्वरको आक्रमणद्वारा यरुसलेम जलाईदै गर्दा परमेस्वर कती दुखित हुनुहुन्थ्यो भन्ने कुरा माथिका पदहरुबाट थाहा हुन्छ। सत्तरी सालको सुन्यतापछी परमेस्वरको निगाह आफ्ना प्रजा माथी उर्लेर आयो ।अन्तत, इस्राएली जातिहरु बिनम्र बने पछि उहाले एक अन्य जाति फारसका राजा कोरेसको हृदय उत्तेजित पार्दै इस्राएलिहरुलाई यरुसलेम जान र मन्दिर बनाउन उर्दि जारी नै गर्न लगाउन भयो। आज पनि त्यही परमेस्वर तपाईको जिबनमा काम गर्दै हुनुहुन्छ। यदि हामीले उहालाई खोज्यौ र बिनम्र भयौ भने, उहाले तपाईं काम गरि राखेकै ठाउको ब्यक्ती वा कुनै पनि ब्यक्तिलाई तपाईंको छुटकारा र आशिसको निम्ति प्रयोग गर्न सक्नुहुन्छ । हल्लेलुयाह! हाम्रो परमेस्वर आश्चर्यजनक काम गर्ने, राजाहरुका हृदय परिबर्तन गर्ने परमेस्वर हुनुहुन्छ । आमेन। 31 जनवरी 2021 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-3102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 2 ईतिहास 32:19-21(Daily devotion) २ इतिहास 32:19-21 (NNRV) 19. मानिसका हातले बनाएका पृथ्‍वीका अरू मानिसहरूका देवताहरूलाई गरेझैँ उनीहरूले यरूशलेमका परमेश्‍वरलाई निन्‍दा गरे।20. यस अवस्‍थामा राजा हिजकिया र आमोजका छोरा यशैया अगमवक्ताले स्‍वर्गतिर कराएर प्रार्थना गरे।21. तब अश्‍शूरका राजाको छाउनीमा हुने सबै योद्धा, नायक र अधिकृतहरूलाई संहार गर्न भनी परमप्रभुले एउटा स्‍वर्गदूत पठाउनुभयो। तब सनहेरीब बेइज्‍जती भएर आफ्‍नो देशमा फर्के। जब उनी आफ्‍नो देवताको मन्‍दिरमा पसे तब उनका छोरामध्‍येका कोही-कोहीले उनलाई तरवारले काटेर मारे। असुरी राज्यका राजा र तिनका राजा सन्हेरिब एक शक्तिशाली थिए। शक्तिको उन्मादमा उनी र उनका सेनाले इस्राएलका परेस्वरलाई गिल्ला र अपमान गरेर हाक दिइरहे। यस परिस्थितिमा हिजकिया राजा र यशैया अगमब्क्ता स्वरर्गिय सहायताको लागि अर्ज बिन्ती गरे। परमेस्वरले तिनिहरुको अर्ज बिन्ती सुनेर एउटा स्वर्ग दुत पठाई असुरिहरुका सेनाका हाकिमहरुलाई सङ्हार गर्नुभयो । यसरी आक्रमण गर्न आएको शत्रुको खुदै बेईज्जत हुँदै फर्केर गए। सन्हेरिबले ईस्राएलको परमेस्वरलाई पनि अरु देवताहरु झै सुन्न नसक्ने, बोल्न नसक्ने सामन्य सोचेर अपमान गरे। तर बदलामा परम प्रभु परमेस्वरले आफ्नो शक्ति प्रकट गर्दै सन्हेरिबलाई उल्टो आफ्नै नाशमा परिणत गर्नु भयो। (1) हाम्रो परमेस्वर फरक किसिमको र कसैको सग पनि उहाक तुलना गर्न सकिँदैन । उहाँ स्वर्ग र पृथ्वीका राजा हुनुहुन्छ। (2) उहाँ आफ्ना जनहरुको अर्ज बिन्ती हरु सुन्नको निम्ति तमतयार भएर पर्खी रहनुहुन्छ । जब शत्रुहरुले बाधा ल्याइदा हामी उहालाई पुकार गर्दछौं भने उहाँ आफ्नो सिहाशन बाट उठ्नुहुन्छ र आफ्ना छोराछोरीका शत्रुहरुलाई जरैदेखी हल्लाएर बेईज्जत गरिदिनुहुन्छ। तपाईं पनि उहालाई पुकार गर्नुहोस, उहाले तपाईलाई बिजय दिनुहुनेछ। हल्लेलुयाह! आमेन। 29 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2902 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- भजन सं. 1:1-3(Daily devotion) भजनसंग्रह 1:1-3 (NNRV) 1. धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।2. तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।3. त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ। परमेस्वरको आशिष र उपस्थितिमा जिउने मानिस धन्यको हो भनेर भजनकारले लेखेका छन। त्यो त्यही मानिस हो , जो दुस्टहरुको, पापिहरुको, र गिल्ला गर्नेहरुको सल्लाहमा हिड्दैन, उभिदैन र बस्दैन। सङ्गतले सबैलाई प्रभावित गर्दछ। दुष्ट स्वभाव भएकाहरुको सङ्गतबाट जोगिदै परमेस्वरको वचनद्दारा प्रभाबित मानिसमा शान्ती र खुशि हुन्छ। जिबनमा सफल हुने एक सुत्रलाई यहा भजनमा प्रकट गरिएको छ । खोलाको किनारमा रोपेको बिरुवा बोटको रुपमा बिकसित भएर फल दिए झै जिबनमा परमेस्वरको वचन मनन गर्ने कुरालाई पनि समय लाग्छ। यो कार्यलाई निरन्तर गरिरहेमा हाम्रा सबै कामहरु परमेस्वरको इच्छा अनुसार हुनेछन् र सफल बन्नेछन। यसर्थ, सङ्गत र प्रभाब बारे सचेत हुनु, परमेस्वरको बचनमा निरन्तर लागिरहनुले नै तपाईलाई खोलाको किनारमा रोपेको फल दिने बोट झै तुल्याउनेछ। आमेन। 28 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2801 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- प्रकाश 22:12-14(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 22:12-14 (NNRV) 12. “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।13. म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।14. “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌। प्रकाश को पुस्तकको अन्तिम अध्यायलाई समापन गर्दै गर्दा यशु प्रभुले आफ्नो दुतमार्फत भन्नू भयो 'म चाडै आउदैछु। हरेक मानिसलाई उसले गरे अनुसार दिने प्रतिफल म सग छ। म अल्फा र ओमेगा हु। यशुप्रभु दोस्रो आगमन हुनुहुने र त्यो समय मा उहाले हरेकलाई प्रतिफल दिनुहुनेछ। त्यो न्यायको घडी जहा मानिसले गरेको बिस्वास र त्यही अनुसार गरेको कार्य, जिएको जीवन अनुसारको फल पाउने समय। न्यायधिसको अघि समस्त मानव जाती उभिने त्यो समय! एक पटक बिचार गरौ, त्यो कस्तो घडि हुनेछ! धन्यवाद होस थुमा यशुलाई जसको रगतले धोएर पखालेर किनेर शुद्ध पारेर उहामा बिस्वास गर्नेहरुले स्वर्गीय जीवन र स्वर्गमा प्रबेस पाउनेछन। आज तपाईं र म यशुको बचनले धोईएका छौ । यशुको रगतले पखालिइएका छौ । के तपाईं मात्र त्यस स्वर्गीय शहरमा जान चाहनुहुन्छ? होइन, तपाईं आफ्नो साथमा अरुहरुलाई पनि जान पाओस भनी सोच्नुहुन्छ भने आजै देखि यशुको प्रेम र सुसमाचार बाड्न शुरु गरिहाल्नुहोस। किनभने यशु चाडै आउदैहुनुहुन्छ। र उहाले हरेकलाई उसले गरे अनुसारको प्रतिफल तथा ईनाम पनि दिनुहुनेछ। आमेन। 27 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2701 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- 2 ईतिहास 18:2-4(Daily devotion) आजको बचन मनन गर्नुहोस। 2 इतिहास 18:2-4 (NNRV) 2. केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए। आहाबले तिनी र तिनका लावालश्‍करको निम्‍ति धेरै भेड़ा र गोरुहरू मारे, र रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई उक्‍साए।3. इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “रामोतगिलादमाथि आक्रमण गर्न तपाईं मलाई साथ दिनुहुन्‍छ?” तिनले जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्‍तै हुन्‌। यस लड़ाइँमा म तपाईंलाई साथ दिनेछु।”4. तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्‍लाह लिनुहोस्‌।” यहुदाका राजा यहोसापात यरुसलेमका राजा आहाबलाई भेट्न जादा आहाबले एक प्रकारको योजना सुनाए । आहाब रामोत गिलाद भन्ने सहरलाई आक्रमण गरेर कब्जा जमाउन चाहन्थे। यहोसापातको साथ माग्दा उनले दिएको जवाफ भने गजबको छ। आहाबसग भाडामा राखेका थुप्रै अगमबक्ताहरु थिए। तर यहोसापातले ती झुटा अगमबक्ताहरु हुन भनेर आत्मामा थाहा पाए। यसर्थ, यहोसापातले आहाबलाई पहिले परमेस्वरको इच्छा के छ भनेर प्रार्थना गर भनेर सल्लाह दिए। बाइबल भन्दछ- मानिसको हृदयमा धेरै योजनाहरू हुन्‍छन्‌, तर परमप्रभुकै उद्देश्‍य विजयी रहन्‍छ। यदि परमेस्वरको अनुग्रह र इच्छा छैन भने हामिले जति नै योजना बनाएर वा मेहेनत गरे तापनी बिजय हुन सक्दैनौं । आहाबलाई लागेको थियो। यहोसापात सहितको सेनाको शक्तिले सजिल्यै जित्न सक्थे। तर त्यो कामा परमेस्वरको ईच्छा र योजना नभएकोले तिनले अन्तत: अगमबक्ता मिकाको अगमबाणि पूरा हुँदै युद्धमा ज्यान गुमाए। तपाईं पनि कुनै काम गर्नु अघि परमेस्वरसग प्रार्थना गर्नुहोस। परमेस्वरले तपाईलाई सहि बाटो उहाको ईच्छा तपाईको भलाईको खातिर प्रकट गरिदिनुहुनेछ। आमेन। 26 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: प्रकाश 19:7(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 19:7 (NNRV) 7. हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌। यशु हाम्रो उद्दारकर्ता र थुमासग मिलनलाई युहन्नाले दर्शनमा बिबाह भोजको रुपमा देखेका छन। मन्डली अर्थात बिस्वासीहरु दुलहिको रुपमा खृस्टको आगमनको दिन पर्खेर बसेका छन। जब खृस्टको दोस्रो आगमन हुनेछ, उहाले आफ्नो रगतले किनेका समस्त बिस्वासिहरुलाई दुलाहाले झै उठाई लैजानेछ। यसर्थ, दुलहाको निम्ती मन पर्ने भएर उहाको प्रतीक्षा गर्नु मन्डली अर्थात बिस्वासिहरुको आजको काम हो। संसारको सबै अभिलाषालाई त्यागेर स्वर्गीय कुराहरुमा मन लगाउनु, पबित्र आत्माको अगुवाईमा जिउनु, बचन अध्ययन मनन गर्नु र उहाको राज्यको निम्ति काम गर्नुले नै अशल दुलहिको रुपमा तपाईं र म बनिइदै जानेछौ। के तपाईं यशुको दुलही अर्थात यशु सगै जान तयार हुनुहुन्छ? एक पटक बिचार गर्नुहोस! आजकै रात यशु दोस्रो आगमनमा आउनु भयो भने के तपाईं उहाको दुलही बनिन योग्यको जीवन जिउदै हुनुहुन्छ? यो कुरामा समय छदै गम्भीर बन्न आबश्यक छ। तपाईं हामी प्रत्येक नै थुमाको दुलही बन्न सकौ भन्ने उहाको ईच्छा छ। आमेन। 25 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2401 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- 2 ईतिहास 7:14(Daily devotion) आजको वचन मनन गर्नुहोस। 2 इतिहास 7:14 (NNRV) 14. यदि मेरो आफ्‍नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्‍वस्‍थ्‍य पार्नेछु। स्वर्ग र पृथ्वीका सबै कुराको साचो हाम्रो परमेस्वरको हातमा छ। उहाको वचन अनुसार जिउनेहरुलाई आशिष् दिनुहुन्छ । तर दुष्ट चालहरुमा हिड्नेहरु भने उहाको अनुग्रहबाट बाहिर रहन्छन। जब मानिस पीडा र कस्टमा पर्छ, त्यति खेर नै मानिसले कसैको सहायता आबश्येक छ भन्ने कुरा सम्झन्छ। अनि परमेस्वरलाई पुकार गर्छ। हाम्रो परमेस्वरको भला , क्षेमाशिल, र प्रेमिलो मन सधै नै आफ्ना जनहरुमा छ। उहाँ भन्नुहुन्छ, यदि...मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्‍ना दुष्‍ट चालहरूबाट फर्कन्‍छ, तब म स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नेछु..। के आज तपाईं आफैलाई नम्र पार्न तयार हुनुहुन्छ? हो भने आजैदेखी उपबास बस्नुहोस, प्रार्थना गर्नुहोस । प्रभुको खोजी गर्नुहोस। कुन कुराले तपाईं संघर्ष गर्दै हुनुहुन्छ? प्रभुमा राख्नुहोस। नम्रतामा उहासग पुकार गर्नुहोस। परमेस्वरको प्रतिज्ञा छ, यदि तपाईं नम्र भएर , आफ्ना सबै खराबी, पाप र परमेस्वरलाई मन नपर्ने कुराहरुबाट पश्चाताप गर्नुहुन्छ भने उहाले तपाईलाई क्षेमा दिनुहुनेछ, निको पार्नुहुनेछ र स्वस्थ्य पार्नुहुनेछ। बिस्वासिहरुको पस्चाताप सहितको अर्जबिन्तिले समाजलाई उन्नतिमा लानेछ। देशले आशिष पाउनेछ। आमेन। 24 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2401 minNayan Purohit\'s podcastNayan Purohit's podcastEpisode 10 - Nayan Purohit's podcast2022-01-2300 minNayan Purohit\'s podcastNayan Purohit's podcastEpisode 9 - Nayan Purohit's podcast2022-01-2300 minNayan Purohit\'s podcastNayan Purohit's podcastEpisode 8 - Nayan Purohit's podcast2022-01-2300 minNayan Purohit\'s podcastNayan Purohit's podcastEpisode 7 - Nayan Purohit's podcast2022-01-2300 minNayan Purohit\'s podcastNayan Purohit's podcastEpisode 4 - Nayan Purohit's podcast2022-01-2300 minNayan Purohit\'s podcastNayan Purohit's podcastEpisode 3 - Nayan Purohit's podcast2022-01-2300 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 2 ईतिहास 1:7-10(Daily devotion) आजको वचन मनन गर्नुहोस। 2 इतिहास 1:7-10 (NNRV) 7. त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो, “म तँलाई के दिऊँ? मलाई भन्‌।”8. सोलोमनले परमेश्‍वरलाई जवाफ दिए, “तपाईंले मेरा पिता दाऊदलाई महान्‌ र अचूक कृपा देखाउनुभयो, र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ9. अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा पिता दाऊदलाई दिनुभएको तपाईंको वचन पक्‍का गर्नुहोस्‌, किनभने पृथ्‍वीको धूलो जतिकै अनगन्‍ती प्रजामाथि तपाईंले मलाई राजा तुल्‍याउनुभएको छ।10. अब यस प्रजाको अगुवाइ गर्न मलाई बुद्धि र ज्ञान दिनुहोस्‌, किनभने तपाईंको यो ठूलो प्रजालाई शासन गर्न को सक्‍छ र?” दाउदको छोरा सोलोमन राजा भए पछि तिनी सग परमप्रभु खुशी हुनुभयो। एक रात उहाँ सोलोमनसग देखा परेर के चाहन्छौ भनेर सोध्दा सोलोमनको जवाफ उहालाई विशेष लाग्यो। सोलोमनले प्रजा र देशलाई शासन गर्ने बुद्धि र ज्ञानको माग गरे। उनले किन परमेस्वरको बुद्धि नै मागे? उनले कसरी बुद्धि नै सबैभन्दा भन्दा बढि आबश्येक हो भन्ने कुरा ठम्म्याउन सके? सोलोमन दाउद राजाको शिक्षामा हुर्केका थिए। दाउदले सोलोमनको हृदयमा परमेस्वरको वचन र ग्यानलाई छरेका थिए। त्यसो हुनाले सोलोमनलाई जिबनमा सर्बश्रेस्ठ कुरा परमेस्वरको बुद्धि नै हो भन्ने कुरा थाए। उनले धन सम्पती,शक्ति र नाम भन्दा उहाको बुद्धि र ज्ञानको खोजी गरे। उनको निस्वार्थ माग सुनेर परमेस्वर बुद्धि को साथ साथै धन सम्पत्ति र मान सम्मानमा पनि पृथ्वी कै सर्बश्रेठ बनाउनेछु भनेर प्रतिज्ञा गर्नु भयो। सोलोमन बुद्धिमा यति प्रसिद्ध र बुद्धिमान थिए कि उनले सबैको हरेक प्रश्नहरुको उत्तर चित्त बुझ्दो गरि दिन सक्थे। उनि धन सम्पतिमा पनि सबै भन्दा माथी थिए। तपाईको जिबनमा पनि परमेस्वरको परमेस्वरको बुद्धिको निम्ति माग गर्नुहोस। परमेस्वरले तपाईलाई नझर्किकन दिनुहुन्छ। बुद्धिले नै अन्य सबै प्रकारका कुराहरु ल्याउनेछ। आमेन।। 22 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2202 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 1 ईतिहास 29:12-14(Daily devotion) आजको वचन मनन गर्नुहोस। 1 इतिहास 29:12-14 (NNRV) 12. धन र मान तपाईंबाट नै आउँछन्‌। तपाईं नै सबैमाथि शासन गर्नुहुन्‍छ। पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन्‌, सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।13. अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्दछौं।14. “तर म को हुँ, अनि मेरा प्रजा को हुन्‌, कि हामी उदार-चित्तले यसरी दिन सक्‍छौं? सबै कुरा तपाईंबाटै आउँछन्‌, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं। राजा दाउद र इस्राएलिहरुले परमेस्वरको मन्दिर बनाउने तयारिको निम्ति परमेस्वरमा चढाएको ठूलो परिमाणको बहुमुल्य थोकहरु देख्दा दाउद धन्यवादि र आनन्दीत भए। यहि क्षेणमा दाउदले यो कुरा सम्झिए, जे जे कुरा परमेस्वरलाई चढाउन सके, ती सबै खासमा परमेस्वरबाट नै प्राप्त भएको थियो। यो तथ्य गहिरो भावुक बनाउने प्रकारको छ कि परमेस्वरले हामिलाई सबै थोक दान(gift) स्वरुप दिनु भएको छ। हाम्रो जीवन नै उहाले दान दिनु भएको छ। कैयौंपटक मानिसहरु जीवन या भोतिक धन सम्पती वा योग्यता र सिपहरु(talents) मा अहङ्कार गर्ने गर्छन। तर राजा दाउद जसले अत्यधिक शक्ति, धनसम्पती, महिमा ,बिजय र यैश्वर्यको अनुभव गरे। उनै राजा दाउद जिबनको अन्तिम समयमा भन्छन-सबैलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌।...सबै कुरा तपाईंबाटै आउँछन्‌, र तपाईंकै दानबाट हामी तपाईंलाई दिँदछौं। आज तपाईं हाम्रो निम्ति पनि जे जे प्राप्त छ, त्यो उहीँ प्रभु यशुको बलिदान र निगाहबाट प्राप्त भएको हो। यसर्थ, यो कुरा मनन लायक छ, प्रभुको निम्ति हामी केही गरि रहेका छौ भने , त्यो चाहे भेटी दिने कुरा होस् या समय दिएर सेवा गर्ने कुरा या सीप,कौशल (talents) लाई प्रभुमा अर्पण गरेर उहाको काम गर्ने होस। यी सबथोक, उहाले नै हामिलाई दिनुभएको हो। सबै कुरा उहाबाटै आउँछन्‌, र उहाँकै दानबाट हामी उहालाई दिँदछौं। आमेन। 21 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-2102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Revelation 13:8(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 13:8 (NNRV) 8. र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्‌, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन। के तपाईलाई थाहा छ! तपाईको नाम जिबनको पुस्तकमा लेख्नको खातिर यशु थुमाको रुपमा सन्सारको सृष्टि देखि नै बलि हुनुभएको थियो। परमेस्वरले उहालाई आदि कालमा नै बलिदान गरि सक्नुभएको थियो। अब वास्तविक शरिरमा पनि बलि हुनु पर्ने समय आयो । अनि यशु कलवरीको क्रुसमा भोतिक रुपमै रगत बगाएर थुमा बलि हुनुभयो। उहाँ सृष्‍टिभन्‍दा अगाडिदेखि नै नियुक्त हुनुभएको थियो, तर तिमीहरूका(हाम्रो) खातिर समयको अन्‍त्‍यमा प्रकट हुनुभयो(1 पत्रुस 1:20)। परमेस्वरको प्रेम कति महान छ। उहाले तपाईं र मेरो कमजोरिहरु जान्नुहुन्थ्यो। हामी आफ्नै बलले स्वर्गमा नाम लेख्न सक्दैनथ्यौ । हाम्रो मुक्तिको निम्ति नै यशु सन्सारको सृष्टि अघि नै मारिने कार्यको निम्ति नियुक्त भैसक्नुभएको थियो। हाम्रो खातिर निर्दोष ब्यक्तिले बारम्बार दुख भोग्नुभयो। उहाले दुख भोगेकाले अब कसैले त्यस प्रकारको बलिदानी दुख सहन पर्दैन। यशुको बलिदानले तपाईं र मेरो नाम जिबनको पुस्तक अर्थात स्वर्गमा लेखिएको छ। यशुलाई महिमा। आमेन। 20 जनवरी 2022 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-1909 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Revelation 12: 10-11(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 12:10-11 (NNRV) 10. तब मैले स्‍वर्गमा यसो भनिरहेको एउटा ठूलो आवाज सुनें, “अब हाम्रा परमेश्‍वरको मुक्ति, शक्ति, राज्‍य र उहाँका ख्रीष्‍टको अधिकार आएको छ। किनकि हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ।11. तिनीहरूले थुमाको रगत र आफ्‍ना गवाहीको वचनको कारण त्‍यसलाई जितेका छन्‌, र तिनीहरूले मृत्‍युसम्‍मै पनि आफ्‍नो ज्‍यानको माया राखेनन्‌। दोस लाउनु चाहिँ शैतान अर्थात दियाबलसको काम हो। त्यसले परमेस्वरका परिवारलाई दोस लाएर परमेस्वरको योजना बिगार्न खोजेको थियो। तर आफै स्वर्गबाट फालिनु पर्यो। सैतान स्वर्गबाट फालिएकोले त्यसले स्वर्ग र स्वर्गीय कुरालाई छुन पनि सक्दैन। यसर्थ, हाम्रो स्वर्गीय मुक्ती निश्चित छ। हारेको हुनाले दुष्ट सैतानले आज तपाईलाई परमेस्वरको अगाडि दोस लगाउन सक्दैन । बिस्वासिहरुको सबै दोष र अपराध येशु थुमाको रगतले धोएर पखालेको हुनाले बिस्वासिहरु सैतानको शक्ति पापको बन्धनमा छैन। येशुको रगत शुद्ध, पबित्र र शक्तिशाली छ। येशुको रगतले दुष्ट सैतान माथी बिजय दिन्छ। परमेस्वरको आत्माको उपस्थिति भएकोले आज तपाईं र म सैतान माथी बिजय हुन सक्छौ। प्रभुको कामको गवाई बिजयको गवाई हो। यसर्थ, आजै देखि तपाईं दैनिक येशुको रगतलाई जिबनमा प्रयोग गर्नुहोस। पबित्र आत्मालाई थाहा गर्नुहोस। येशुले गर्नुभएको उद्दार चङ्गाई र मुक्तिको गवाई बाडिरहनुहोस। तपाईं बिजयी हुनुभएको छ। आमेन। 19 जनवरी 2022 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-1802 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- 1 Chronicles 13:7-10(Daily devotion) आजको वचन मनन गर्नुहोस। 1 इतिहास 13:7-10 (NNRV) 7. तिनीहरूले अबीनादाबको घरबाट परमेश्‍वरको सन्‍दूक लिएर एउटा नयाँ गाड़ामा राखे, र उज्‍जाह र अहियोले चाहिँ त्‍यो गाड़ा हाँक्‍दै लगे।8. दाऊद र सबै इस्राएलीहरू परमेश्‍वरको सामु गीत, वीणा, सारङ्गी, खैँजड़ी, झ्‍याली र तुरहीसित खूब जोशले रमाए।9. तिनीहरू कीदोनको खलामा आइपुग्‍दा ती गोरुहरूले ठक्‍कर खाए, र उज्‍जाहले सन्‍दूक समात्‍न आफ्‍नो हात बढ़ाए।10. तर परमप्रभु उज्‍जाहसँग क्रोधित भएर तिनलाई प्रहार गर्नुभयो। किनभने तिनले आफ्‍नो हात बढ़ाएर सन्‍दूक छोएका थिए। यसैले तिनी परमेश्‍वरको सामुन्‍ने त्‍यहीँ नै मरे। राजा दाउदले ईस्राएललाई एकीकृत गरि सके पछि यरुसलेममा सन्दुक फर्काएर ल्याउने ईच्छा गरे। सबै इस्राएलिहरुलाई साथमा लिएर किर्यत यारिमबाट सन्दुक ल्याउदै गर्दा दाउद र ईस्राएलिहरु जोशले रमाए र नाच गान गरे। सन्दुक अब किदोन भन्ने ठाउमा आईपुग्दा गोरुहरुले ठेस खादा सन्दुक बोकेको गाडा हल्लियो र सन्दुक अब भुईमा बजारिन लाग्यो। उज्जाह नाम गरेको पुजारिले आफ्नो हातले सन्दुक थामे तर त्यो कुरा परमेस्वरलाई मान्य भएन र तुरुन्त परमेस्वरको प्रहारबाट तिनि मरे। उज्जाहले हात बढाएर सन्दुक थाम्नु नराम्रो कुरा थियो? वास्तबमा सन्दुक जुन तरिकाले ल्याईनु पर्थ्यो। त्यो तरिका अपनाईएको थिएन। सन्दुक बोक्ने बिशेस तरिकाहरु थिए। पबित्र सन्दुकलाई हातले नछुईकन यसका कुनाका मुन्द्राहरुमा डन्डी हालेर लेबिहरुले बोक्नु पर्थ्यो। तर त्यसो गर्नको सट्टा हठात गाडामा हालेर गोरुहरुद्वारा ल्याईदै थियो। जुन कुरा परमेस्वरलाई स्वीकार हुँदै भएन। दाउद र इस्राएलिहरु ब्यबस्थाका बिधिहरु मतलब नगरी केवल जोश प्रकट गर्दै सन्दुक त ल्याईदै थियो तर तिनको तरिकाले परमेस्वर भने खुशी हुनु हुन्थेन। फलस्वरुप उज्जाहले ल्यान गुमाए। यस खन्डबाट हामी थाहा गर्दछौ, परमेस्वरको सेवा र आराधना गर्दा उहाको वचन अनुसार, बचनको तरिका अनुसार गरिनु पर्दछ। वचन र पबित्र आत्मालाई आदर नगरी जोशीलो भएर रमाहट मात्र गर्नाले परमेस्वरको महिमा हुन्न। आमेन। 18 जनवरी 2022 - पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-1802 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion - Revelation 8:2-4(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 8:2-4 (NNRV) 2. परमेश्‍वरको सामुन्‍ने उभिने सात स्‍वर्गदूतहरूलाई मैले देखें। तिनीहरूलाई सात वटा तुरही दिइयो।3. अनि अर्को एउटा स्‍वर्गदूत आए, अनि सुनको धुपौरो लिएर वेदीको छेउमा खड़ा भए। सिंहासनको सामुन्‍ने रहेका सुनको वेदीमाथि सबै सन्‍तहरूका प्रार्थनासँग चढ़ाउनका निम्‍ति तिनलाई धेरै धूप दिइयो।4. धूपको धूवाँ सन्‍तहरूका प्रार्थनाका साथ स्‍वर्गदूतको हातबाट परमेश्‍वरको सामुन्‍ने मास्‍तिर गयो। यहन्नाले पाएको दर्शनमा एक स्वर्गदुतसग धेरै धुप छ। त्यो धुप सन्तहरुका प्रार्थनाका साथ चढाउनलाई दिइएको छ। स्वर्ग दुतले जुन धुप प्रयोग गरेर सिहासनको परमेस्वरको आराधना र भक्ती गर्छन । त्यो पृथ्वीका मानिसहरुले गर्न सक्दैनन। तर यहाँ यो प्रकाश दिइएको छ, पृथ्वीका सन्तहरु भनेका आजका तपाईं र म जस्ता बिस्वासिहरु हौ। तपाईं र मैले चढाएका अन्तर बिन्ती र प्राथनालाई परमेस्वरको स्वर्गदुतले आफ्नो धुपका साथ चढाउछन। आज बिस्वासिहरुले गरिरेहका आराधना स्वर्गदुतहरुले गरेको आराधनामा मिसिएर सिहासनको परमेस्वरकहाँ पुग्दछ। हाम्रो आराधना, बिन्तिहरु स्वर्गसग सम्पर्कमा हुन्छन। कति पटक तपाईको प्रार्थनाहरु, बिन्तिहरु, चढाएका आराधना भक्तिहरु परमेस्वरकहा नपुगेको झै लाग्छ। तर तपाईं आराधना गर्न नथाक्नुहोस, मानिसहरुको निम्ति प्राथना गर्न, आत्मा बचाउने अन्तर बिन्ती गर्न नरोकिनुहोस। तपाईका सबै बिन्ती र प्राथनाहरु स्वर्गमा जम्मा भैराखेका छन। जसरी यश दर्शनमा स्वर्गदुतलाई दिइएको धूपको धूवाँ सन्‍तहरूका प्रार्थनाका साथ स्‍वर्गदूतको हातबाट परमेश्‍वरको सामुन्‍ने मास्‍तिर गयो। त्यसरी नै परमेस्वरले ठिक र उचित समयमा उत्तर दिनुहुनेछ। तपाईको सबै प्रार्थनाका जवाफ स्वर्गका परमेस्वरले दिनुहुनेछ। आमेन।। 17 जनवरी 2022 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-1702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 1 Chronicles 4:9-10(Daily devotion) आजको बचन मनन गर्नुहोस। १ इतिहास 4:9-10 (NNRV) 9. याबेस आफ्‍ना दाजुभाइहरूभन्‍दा बढ़ी मानका थिए। तिनकी आमाले तिनलाई याबेस नाउँ राखेकी थिइन्‌, किनभने तिनले भनिन्‌, “मैले त्‍यसलाई वेदनामा जन्‍माएँ।”10. याबेसले यसो भनेर इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे, “बिन्‍ती छ, मलाई आशिष्‌ दिएर ठूलो इलाका दिनुहोस्‌! तपाईंको हात ममाथि रहोस्‌, र मलाई जोखिमबाट जोगाएर राख्‍नुहोस्‌, ताकि मलाई कुनै चोटले पनि नदुखोस्‌।” अनि परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो। १ ईतिहासको ४ अध्यायमा बङ्सावलिहरुको क्रम चल्दै गर्दा पद ९ मा गएर अचानक एक जना ब्यक्तिको बारेमा उल्लेख गरिएको पाईन्छ। ती याबेस अर्थात नामैले दुख(दुख ल्याउने)भन्ने ब्यक्तिको जिबनमा भने परमेस्वरले अथाह आशिर्वाद दिनु भयो जसको कारण बाइबल भन्दछ- उनि आफ्ना दाजुभाईहरु भन्दा बढी आदर मानका थिए। परमेस्वरको आशिष पाउनको कारण याबेसको निरन्तर र दृढ़ प्रार्थना नै थियो। आफ्नै आमाले जन्माउदा दुख मानेर त्यस्तो नाम राखेको, सबै सबैले सानै देखि तिनमा परमेस्वरको सराप परेको भन्दै आएतापनी याबेसले ति सब माथी बदला ल्याउने परमेस्वरलाई पुकारा गरे। तिनले ठूलो इलाका मागे, परमेस्वरको निरन्तर अनुग्रहको हात परोस भनेर बिन्ती गरे, तिनको सबै चोटहरुलाई निको पारेर सधै सुरक्षा गर्नुहोस भनी प्रार्थना गरे। परमेस्वरले तिनको सबै प्राथनाको उत्तर दिनुभयो र तिनलाई सबै भन्दा बढी मान प्राप्त गर्ने ब्यक्ति बनाउनुभयो। यदि तपाईको अबस्था पनि याबेसको झै भएको छ भने याबेस झै प्राथना गर्नुहोस। परमेस्वरले तपाईको जिबनमा पनि बदला ल्याउनुहुनेछ। हाम्रो परमेस्वर तपाईको सबै क्षेत्रमा आशिर्वाद दिने परमेस्वर हुनुहुन्छ । आमेन। 15 जनवरी 2021 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-1502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Revelation: 5:11-12(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 5:11-12 (NNRV) 11. तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्‍वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्‍या लाखौँ र करोडौँ थियो।12. तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।” प्रेरित युहन्नाले यश दर्शनमा यस्तो देख्दैछन कि हाम्रो प्रभु मुक्तिदाता यशुलाई स्वर्गदुतहरुले स्तुति प्रशङ्सा गरिरहेका छन। लाखौं र करोडौं सङ्ख्याका स्वर्ग दुतहरुले भन्दैछन- मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ। हाम्रो प्रभु जो हाम्रो निम्ति क्रुसमा बलि बनेर थुमा बन्नु भयो । स्वर्गीय सिहासनमा उहाको स्तुती प्रशन्सा हुँदै गरेको कुराले बुझाउछ कि उहाले यी सबै कुरा पाईसक्नु भएको छ। यशु खृस्टसग शक्ति , सामर्थ्य बुद्धि , सम्मान, र महिमा छ। यी सबै कुराहरु उहाको स्तुति र आराधनामा सिद्ध हुन्छन। स्वर्गिय सिहासनमा अघि करोडौं स्वर्गदुतहरुद्वारा स्तुति आराधना भैरहेको महान र सर्बोच्च प्रभुको अगाडी गएर उहाको आराधना गर्न पाउने को हो? प्रभुलाई तपाईले आज के दिन सक्नुहुन्छ जसद्दारा उहाँ प्रसन्न हुनुहुन्छ। हामी जस्ता केही नभएकाहरुले सबै कुरामा सर्बोच्च हुनुहुने खृस्टलाई के दिन सक्छौ र! यदि केही दिन सक्छौ भने त्यो केवल उहाको स्तुति र आराधना मात्र हुन सक्छ। हाम्रो प्रभु सबै आदर, महिमा र भक्तिको योग्य हुनुहुन्छ । यशुलाई महिमा!! 14 जनवरी 2022 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-1402 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 2 Kings 20:1-6(Daily devotion) आजको वचन मनन गर्नुहोस। २ राजा 20:1-5 (NNRV) 1..हिजकिया बिरामी भएर मर्नै लागेका थिए। आमोजका छोरा अगमवक्ता यशैया तिनीकहाँ आएर भने, “परमप्रभु यही भन्‍नुहुन्‍छ: तेरो घरलाई ठीकठाक पार्‌, किनभने तँ मर्नेछस्‌। तँ निको हुनेछैनस्‌।”2. तब हिजकियाले भित्तातिर फर्केर परमप्रभुलाई प्रार्थना चढ़ाए,3. “हे परमप्रभु, सम्‍झना राख्‍नुहोस्‌, म तपाईंको सामुन्‍ने कस्‍तो विश्‍वास र सम्‍पूर्ण हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यो गरेको छु।” अनि हिजकिया धुरुधुरु रोए4. यशैया बीचको चोकबाट बाहिर जान अघि परमप्रभुको यो वचन तिनीकहाँ आयो:5. “फर्केर मेरो प्रजाको अगुवालाई भन्‌, ‘तेरो पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र तेरो आँसु देखें। म तँलाई निको पार्नेछु। आजको तेस्रो दिन तँ परमप्रभुको मन्‍दिरमा जानेछस। राजा हिजकियाको रोग निको हुने खालको थिएन। उनले सबै प्रकारको ओसधी उपचार गरे । तर ब्यर्थ भयो। परमेस्वरबाट वचन आयो र उनलाई अगमबक्ताबाट सुनाइयो अब उनी मर्दैछन। मर्न लागेको खबरले हिजकिया निराश बनेर ओछ्यानमै ढल्कि बसेनन। तर परमेस्वरकहा गएर प्रार्थना बिन्ती गरे। उनले परमेस्वरमा त्यतिन्जेल कसरि भक्ति र बिस्वासयोग्य भएर जिए भन्नेकुरा बताए। उनको बिन्ती पुकार भित्र देखिको थियो र गम्भीर थियो। उनले बालकले झै धुरु धुरु रोएर आशु सहित परमेस्वरमा पुकार गरे। हिजकियाको गम्भिर प्रार्थनाले परमेस्वरलाई प्रभाबित तुल्यायो। उनको आँसु र रोदनले परमेस्वरलाई उद्देलित तुल्यायो। परिणाम स्वरुप परमेस्वरले हिजकियालाई रोगबाट निको पार्नुभयो र अरु निकै बर्सको आयु थपी दिनु भयो। के तपाईं पनि त्यस्तै अबस्थामा हुनुहुन्छ जहा कि तपाईं मृत्युकै मुखमा परेको अनुभव गर्दै हुनुहुन्छ? चाहे त्यो रोग, परिस्थिति जे होस। तपाईं निराश भएर नबस्नुहोस। झट्टै हिजकिया झै प्रार्थना गर्न शुरु गरिहाल्नुहोस। प्रभुमा आशु बगाउनुहोस। तपाईको भित्र मन र हृदयबाट आएको गम्भिर प्रार्थनाले प्रभुलाई प्रभाबित गर्नेछ। तपाईको आँसु र रोदनलाई हाम्रो प्रभुले त्यतिकै सुक्न दिन हुने छैन। उहाँ हाम्रो अब्बा , बुबा हुनुहुन्छ। परमेस्वर बुबा हाम्रो प्रार्थना सुनेर तपाईं निको पार्न, तपाईलाई अभाबबाट माथी उठाउन , शत्रुहरुबाट बचाउन तमतयार हुनुहुन्छ। आमेन। 1 जनवरी 2021 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2022-01-0102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Revelation 2:3-5(Daily devotion) आजको वचन मनन गर्नुहोस। प्रकाश 2:3-5 (NNRV) 3. म जान्‍दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्‍ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।4. तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्‍यागिदिएका छौ।5. यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्‍झ, र पश्‍चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, ...। प्रेरित युहन्नालाई भएको प्रकशमा येशु प्रभुले एफिससको मन्डलिलाई तिनिहरुको बिस्वासबारे प्रकट गरिदिनु भयो। एफिससको बिस्वासिहरु झुटा शिक्षाको सामना गर्दै यहाँ सम्म आएका थिए। तापनी उनिहरु येशु प्रतिको प्रेम र बिस्वासमा भन्दा अशल कामहरुमा ब्यस्त हुन थालेर यशुलाई बिर्सन थालेका थिए। शुरुवातमा उनिहरुमा जुन आनन्द, र प्रेम थियो अब त्यो ओईलाउन लागेको थियो। के तपाईमा पनि शुरुवातमा जुन जोश, आनन्द र प्रेम थियो, त्यो त्यस्तै छ? कि त्यो अहिले ओईलाईसकेको छ? यदि त्यसो हो भने तपाईले पनि यशुलाई गर्नु पर्ने पहिलो प्रेममा कमि त भएकोछैन? बाइबल भन्दछ- 'परमेस्वरलाई तेरो सारा हृदयले सारा प्राणले सारा समझले र सारा शक्तिले प्रेम गर।' जब हामीले शुरुमा खृस्टलाई चिन्यौ,त्यसबेला हाम्रो प्रेम उहाँ प्रती कस्तो थियो, सो हामी सम्झौ। अहिले हामी कस्तो छौ ? आफै आफैलाई बिचार गरौ । एफिससका मन्न्डलिलाई पश्चाताप गर भन्नुभयो। आज हामिले पनि उहालाई शुरुवातमा झै प्रेम गर्न छोडेर अरुनै काममा ब्यस्त भएका छौ भने आउनुहोस, पश्चाताप गरौ । फेरि हामी येशुलाई बिस्वासी जिबनको शुरुमा झै जिबन समर्पित गरौ । येशुका वचन, प्रार्थना सङ्गती, सुसमाचारमा समय दिअौ । उहाका बचनहरुमा जिउन थालौ । आमेन। 29 डिसेम्बर 2021 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-2902 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 2 Kings 13: 15-19(Daily devotion) आजको बचन मनन गर्नुहोस। २ राजा 13:15-19 (NNRV) 15. एलीशाले भने, “एउटा धनु र केही काँड़हरू लिनुहोस्‌।” अनि तिनले त्‍यसै गरे।16. तिनले इस्राएलका राजालाई भने, “धनु तपाईंको हातमा लिनुहोस्‌।” तिनले त्‍यसै गरेपछि एलीशाले आफ्‍ना हात राजाका हातमाथि राखे।17. तिनले भने, “पूर्वपट्टिको झ्‍याल खोल्‍नुहोस्‌।” राजाले त्‍यो खोले। एलीशाले “हान्‍नुहोस्‌” भने, र तिनले हाने। “परमप्रभुको विजयको काँड़, अराममाथि विजयको काँड़!” एलीशाले भने। “तपाईंले अपेकमा अरामीहरूलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेछ।”18. त्‍यसपछि तिनले भने, “काँड़हरू लिनुहोस्‌।” अनि राजाले ती लिए। एलीशाले भने, “भूइँमा हान्‍नुहोस्‌।” तिनले तीन पल्‍ट हानेर थामे।19. परमेश्‍वरका जनले तिनीसँग क्रोधित भएर तिनलाई भने, “तपाईंले त भूइँमा पाँच-छ पल्‍ट हान्‍नुपर्ने थियो। तब पो तपाईंले अरामलाई जित्‍नुहुनेथियो र त्‍यसलाई सम्‍पूर्ण रूपमा सर्वनाश गर्नुहुनेथियो। तर अब तपाईंले अरामलाई तीन पल्‍ट मात्र परास्‍त गर्नुहुनेछ।” अब एलिशा जिबनको अन्तिम दिनहरुमा थिए। यहुदाका राजा तिनलाई भेट्न गएर सहायताको निम्ती बिन्ती गरे। देशमा शत्रुहरुको आक्रमणले कमजोर थियो। परमेस्वरले बाहेक कसैले उनिहरुलाई बचाउन सक्थेन। राजालाई अगमबक्ताले धनु हातमा लिएर पुर्बतर्फ अर्थात अरामिहरुको दिशा तर्फ हान्न भने। फेरि भुईमा हान्न भने । तर राजाले पाच वटा काड मध्य तीन वटा मात्र हानेर बिसाये। एलिशा रिसाए र भने तीन पल्ट हानेकाले त्यति नै पटक शत्रुहरुलाई जित्नेछौ। धनु चाहिँ हाम्रो बल र शक्ति हो जो परमेस्वरले दिनुहुन्छ। काड चाहिँ बिजय हो जो परमेस्वरले दिनुहुन्छ। तर यहाँ अगमबक्ताले भने अनुसार नगरेर राजाले बिस्वासमा कमजोर देखिए। अब तिनले सधैको निम्ति होइन। तीन पटक मात्र शत्रुहरुलाई जित्ने थिए। आज तपाईलाई पनि परमेस्वरले बल र शक्ति दिदै हुनुहुन्छ। पबित्र आत्माले शक्ति दिनुहुन्छ। अन्धकारका शक्तिको विरुद्ध,तपाईका शत्रुहरुको बिरुद्ध बिजयको काड हान्नुहोस। धनु चाहिँ पबित्र आत्मा हुनुहुन्छ जो तपाईमा हुनुहुन्छ। काड चाहिँ वचन हो जसले तपाईलाई बिजय दिन्छ। यसर्थ, पबित्र आत्माको शक्तिमा अभिशेकमा वचन घोषणा गर्नुहोस। बिजयको काड हान्नुहोस। नथाकिकन र नरोकिकन बचनको काड हानिरहनुहोस। तपाईको बिजय निश्चित छ। हाम्रो परमेस्वर बिजयको परमेस्वर हुनुहुन्छ। आमेन। 28 डिसेम्बर 2021 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-2803 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Jude 1:20-23(Daily devotion) आजको वचन मनन गर्नुहोस। यहूदा 1:20,21,23 (NNRV) 20. तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर।21. आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर। 22 दोधारमा परेकाहरुलाई दया देखाओ।23. अरूलाई आगोबाट तानी निकालेर बचाओ,....। यशुले जन्म लिनुभएको परिवारका भाइ यहुदाले आत्मिक रुपमा दर्हिलो हुँदै झुटो शिक्षाको बारेमा सचेत रहन यी खन्डहरु लेख्छन। येशुको बारेमा भ्रमीत पार्ने शिक्षाहरु, झुटो शिक्षाको बिगबिगी भैरहेको समयमा यहुदाको पत्र अर्थपुर्ण छ। आज धेरै बिस्वासिहरु पनि भ्रमित हुँदै गएको अबस्था छ। सबैले वचन नै दैखाउदै बयान गर्छन। यश सम्बन्धमा यहुदा लेख्छन- "तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर। आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर।" हामिले साचो र पबित्र परमेस्वरलाई बिस्वास गरेकोले हाम्रो बिस्वास पबित्र छ। पबित्र बिस्वाससग पबित्र आत्मा जोडिनु भएको छ। जो हामी भित्र हुनुहुन्छ। पबित्र आत्मासग प्रार्थना गर्दा उहाले साचो र झुटो खुट्ट्याउनुहुन्छ। परमेस्वर प्रेम हुनुभएकोले बाइबलका जगहरुमाथी बिस्वास गरेर जिउदा हामिमा पनि खृस्टको प्रेम उत्पन्न हुन्छ। त्यहि प्रेमले नै आज तपाईले पनि अरुहरुलाई प्रेम गर्न सक्छ। मानिसहरु दुस्टका बन्धन र झुटो कुराहरुमा दोधारमा परेका छन। यशुले हामिलाई दया गर्नु भए झै हामी पनि उनिहरु प्रती दया देखाअौ र तिनिहरुलाई त्यस आगोबाट बाहिर ल्याउन प्रयत्न गरौ। हराएको एक भेडा भेटाउदा स्वर्गमा उत्सब हुनेछ। हामिले एक जनालाई मात्र त्यसो गर्न सके पनि त्यसको ईनाम ठुलो छ। खृस्टको प्रेम र शक्तिले यो कुरा सम्भब छ। आमेन। 27 डिसेम्बर 2021 पास्टर नयन राई (daily devotion दैनिक बाइबल अध्ययनमा आधारित लेख हो। यसलाई सेभिङग्रेसनेपाली मंडलीका सदस्यहरुलाई दैनिक पठाईन्छ।) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-2702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 3 John 1:5-8(Daily devotion) आजको बचन मनन गर्नुहोस 3 यूहन्ना 1:5-8 (NNRV) 5. प्रिय हो, तिमीले विश्‍वासयोग्‍य काम गर्दछौ, जब तिमीले दाजुभाइको, विशेष गरी परदेशीहरूको सेवा गर्दछौ।6. तिनीहरूले मण्‍डलीको सामुन्‍ने तिम्रो प्रेमको गवाही दिएका छन्‌। परमेश्‍वरको दृष्‍टिमा मनपर्दो गरी तिनीहरूका यात्रामा जाने प्रबन्‍ध मिलाइदियौ भने तिमीले असल गर्दछौ।7. किनभने अविश्‍वासीहरूबाट केही नलिई तिनीहरू उहाँका नाउँको खातिर यात्रामा निस्‍केका हुन्‌।8. यसकारण यस्‍ता मानिसहरूलाई सेवा-सत्‍कार गर्नुपर्छ, ताकि हामीहरू सत्‍यतामा सहकर्मी बन्‍न सकौं। प्रेरित युहन्नाले गायस नाम गरेका एक जना मानिसलाई तिनले परमेस्वरका सेवकहरुलाई गरेको सेवा सत्कार र सहायताको बारेमा प्रशङ्सा गर्छन। खृस्टको नाउलाई प्रचार गर्न र उहाको भेडाहरुलाई खुवाउन रातदिन मेहनेत गर्नेहरुको सत्कार र सहायता गर्नु एक ठुलो काम हो । परमेस्वरको बोलावटलाई स्वीकार गरेर उहाको काम गर्न पनि एक चुनोतीपुर्ण काम हो। तर हामी सबैको सहायता र समर्थनले मात्र परमेस्वरको सेवा बड्दै जान्छ र सेवकहरुलाई पनि सहज हुन्छ। हाम्रो सहायता र सेवक अगुवा, पास्टर र प्रचारकहरुलाई गरिने समर्थन र आदरले मंडली र समाजमा गायसको झै उदाहरण बन्दै जानेछ। त्यसबेला परमेस्वरको महिमित सेवामा बलिदानको जीवन यापन गर्नेहरुको निम्ति हामी सत्यतामा एक सहकर्मी तथा भाइ र खृस्टको मित्र कहलाईनेछौ । परमेस्वरको बोलावट महान छ। आज परमेस्वरको सेवक प्रचारक, पास्टरहरुको सत्कार र आदर गर्दै गर्दा हामिले ब्यक्तिलाई होइन, परमेस्वरको बोलावट र करारलाई आदर गरेका हुन्छौं। आज नम्रतामा होचिनेहरु नै भोलिका ठुला सेवकहरु हुनेछन। आमेन। Merry Christmas & happy new year 2022. 26 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-2602 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 1 John 5:19-20(Daily devotion) आजको वचन मनन गर्नुहोस। 1 यूहन्ना 5:19-20 (NNRV) 19. हामी जान्‍दछौं, हामी परमेश्‍वरका हौं, र सारा संसार त्‍यस दुष्‍टको अधीनमा परेको छ20. हामी जान्‍दछौं, कि परमेश्‍वरका पुत्र आउनुभएको छ, जो सत्‍य हुनुहुन्‍छ। उहाँलाई चिन्‍न सकौं भनेर उहाँले हामीलाई समझ दिनुभएको छ। जो सत्‍य हुनुहुन्‍छ, हामी उहाँमा छौं, अर्थात्‌ उहाँका पुत्र येशू ख्रीष्‍टमा। उहाँ नै साँचो परमेश्‍वर र अनन्‍त जीवन हुनुहुन्‍छ। यशु खृस्ट प्रतिको हाम्रो बिस्वास स्पष्ट छ। यो अन्धो प्रकारको बिस्वास होइन। हामिले यशु परमेस्वरका पुत्र सत्य हुनुहुन्छ भनेर राम्रोसग चिनेर र जानेर बिस्वास गरेका छौ । हाम्रो बिस्वास सत्यमाथिको बिस्वास हो। यशु सत्यमाथीको बिस्वासले गर्दा नै आज हामिले सन्सारमा राज्य गर्ने दुष्ट बाट छुटकारा पाएका छौ । हाम्रो स्थायी घर स्वर्ग भएको छ। अनन्त जीवन पाएका छौ । यसर्थ, यशु खृस्ट नै साचो परमेस्वर र अनन्त जीवन हुनुहुन्छ । ईम्मानुएल! परमेस्वर हामिहरु सग हुनुहुन्छ। आज तपाईले पाएको अनन्त जीवन र चिनेको सत्यलाई अरुहरुसग बाड्नु पर्छ। हाम्रो मित्रहरु, नरनाता सग यशुलाई बाड्नुहोस। अन्धकारको शक्तिले सन्सारलाई अन्धो तुल्याए तापनी यशुको बचनमा त्यस अन्धोपनलाई तोड्ने शक्ति छ। तपाईंद्दारा नै परमेस्वरले यशुले दिनु भएको अनन्त जिबनलाई धेरै कहाँ पुर्याउदै हुनुहुन्छ। आमेन। 22 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-2201 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 2 Kings 6:15-17(Daily devotion) आजको वचन मनन गर्नुहोस। 2 राजा 6:15-17 (NNRV) 15. जब परमेश्‍वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्‍यस चाकरले आएर आफ्‍ना मालिकलाई सोध्‍यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”16. ती अगमवक्ताले जवाफ दिए, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्‍दा धेरै छन्‌।”17. तब एलीशाले यसो भनेर प्रार्थना गरे, “हे परमप्रभु, यसको आँखा खोलिदिनुहोस्‌, र यसले देखोस्‌।” तब परमप्रभुले त्‍यस चाकरको आँखा खोलिदिनुभयो, र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो। परनेस्वरको जन एलिशालाई पक्रन आउन लागेको अरामिहरुको ठुलो सेनाले घेरी राखेको बेला फगत दुई ब्यक्ति घेराबन्दीम परे। एक जना एलिशा र अर्को उनको सहाएता गर्ने सेवक। सेवक बिहानै उठेर हेर्दा आफुलाई घेरी राखेको देखि धेरै डराए। उनको डर स्वभाबिक थियो। उनले आफ्ना मालिक अगमबक्तालाई आत्तिएर के गरौ, कसो गरौ भनि बिलौना गरे। एता अगमबक्ता एलिशा भने शान्ति र ढुक्क भै बसेका देखिन्थे। एलिशाले भने, हामिसग पनि साथैमा सेना छ जुन तिनिहरुको भन्दा ज्यादै शक्तिशाली छ। अगमबक्ताले सेवकलाई नडराउन भन्दै परमेस्वरसग तिनको आँखा खोलिदिनुहोस भनेर प्रार्थना गरे। प्रार्थनाको उत्तर आयो र सेवकले चारै तिर अग्निमय घोडाहरु र रथहरु सहितको शक्तिशाली सेनाले अरामिका सेनाहरुलाई घेरेर नियन्त्रणमा राखिरहेको देखे। प्रीय हो, तपाईको अगाडि जस्तो सुकै परिस्थिति भए तापनी तपाई एक्लो छैन। तपाईलाई सहायता गर्ने परमेस्वरको सेना छ। आज थाहा गर्न, बिस्वास गर्न र देख्न मात्र परेको छ। बाइबल भन्दछ- 'जो तिमिहरुमा हुनुहुन्छ, उहाँ सन्सारमा हुने भन्दा महान- शक्तिशाली हुनुहुन्छ।' मेरो प्रार्थना छ, पबित्र आत्माले तपाईको पनि आत्मिक आँखा खोकिदिउन र आफ्ना वरिपरि परमेस्वरको सेनाहरु र स्वर्गदुतहरु सुरक्षा गर्दै रहेको तपाईले देखुन। आमेन। 21 डिसेम्बर 2021 - पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-2102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 1 John 1:5-7(Daily devotion) आजको वचन मनन गर्नुहोस। 1 यूहन्ना 1:5-7 (NNRV) 5. जुन सन्‍देश हामीले उहाँबाट सुन्‍यौं र तिमीहरूलाई सुनाउँछौं, त्‍यो यही हो, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ, र उहाँमा कत्ति पनि अँध्‍यारो छैन।6. यदि उहाँसँग हाम्रो सङ्गति छ भनी हामी भन्‍छौं र अन्‍धकारमा नै हिँड्‌छौं भनेता, हामी झूट बोल्‍छौं र सत्‍यमा चल्‍दैनौं।7. तर उहाँ ज्‍योतिमा हुनुभएझैँ यदि हामी पनि ज्‍योतिमा हिँड्‌छौं भने, एक-अर्कासित हाम्रो सङ्गति हुन्‍छ, र उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। अन्धकारको भाग निराश र डरलाग्दो हो भने उज्यालोको भाग आशा र आनन्दको। परमेस्वर ज्योती हुनुहुन्छ। यशुले भन्नुभयो- म सन्सारको ज्योती हु (युहन्ना 8:12)। मानिसहरुको आत्मिक अन्धकारमा ज्योती छर्न येशु सन्सारमा आउनुभयो। अचम्मको कुरा छ! येशु सन्सारमा मानिसहरुकै बिचमा सङ्गती गर्न, जिउन अनुभव गर्न र बलिदान हुन आउनुभयो। आज यशुलाई बिस्वास गर्नेहरुमा परमेस्वरको ज्योती प्रकट भएको छ। अन्धकारको शक्ति हारेको छ। येशुले भन्नुभयो- बाटो, सत्य र जीवन म नै हु। आज हामिले सत्यलाई चिन्न सकेका छौ । सत्यमा ज्योती हुन्छ, स्थायी उज्यालो हुन्छ। उज्यालोमा मात्र जिबनको बाटो पहिल्याउन सकिन्छ। मेरो प्रार्थना छ, तपाईले जिबनको बाटो , ज्योती र सत्यलाई चिन्न सकेकोले अन्य हजारौं मानिसहरुलाई पनि त्यो ज्योती , बाटो र सत्यमा चिनाउन प्रयास गर्नेछ। सङ्गतिमा डोर्याउनेछ। अन्धकारको शक्तिको विरुद्ध ज्योतिमा खडा भएर येशुको नाउको प्रचार र महिमा गर्नेछ। आमेन। 20 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-2001 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 2 Kings 2:8-9(Daily devotion) आजको वचन मनन गर्नुहोस। 2 राजा 2:8-9 (NNRV) 8. एलियाले आफ्‍नो खास्‍टो उतारे, र त्‍यो बेहेरेर यर्दन नदीको पानीलाई त्‍यसले हिर्काए। पानी देब्रे र दाहिनेतिर दुई भाग भयो, र तिनीहरू सुक्‍खा जमिनमा हिँड़ेर पारि गए।9. नदी पार गरिसकेपछि एलियाले एलीशालाई भने, “तिमीबाट उठाएर लान अघि म तिम्रो निम्‍ति के गरूँ?” “तपाईंको आत्‍माको दोबर भाग पाउने हक मलाई दिनुहोस्‌,” एलीशाले जवाफ दिए। एलियाले सेवाकाईलाई अन्त्य गर्दै गर्दा परमप्रभुद्दारा उठाई लानु अघि आफ्ना उत्तराधिकारी एलिशालाई अन्तिम आशिर्वाद दिने चाहना गरे। उनको त्यो चाहनालाई सिरोपर गर्दै एलिशाले मागे - मलाई तपाईको "आत्माको दोब्बर भाग" पाउने हक दिनुहोस। एलिशालाई आफ्ना आत्मिक बाबुसग हुन लागेको बिछोड थाहा थियो। साथमा उनले अब आउने समयमा एक्लै आत्मिक लडाई लड्न पर्नेछ भन्ने पनि थाह थियो। परमेस्वरको सेवामा पाएको बोलावट पनि उनलाई थाहा थियो। यसर्थ, अब आउने समय उनको लागि जटिल बन्न जाने थियो। यो कुरा बुझेर नै एलिशाले थुप्रो धन सम्पत्ति, नाम ईज्जत होइन परमेस्वरको सेवा गर्नेको निम्ति आत्माको ठुलो अभिषेक दिइयोस भनेर माग गरे। त्यो जमानामा परिवारका जेठा छोरालाई बाबुले दोब्बर उत्तराधिकारी हकको आशीर्वाद दिन्थे। एलिशाले पनि एलियामा रहेको आत्माको प्रशस्तताको चाहना गरे। आज तपाईं के कुराको ठुलो चाहना गर्दै हुनुहुन्छ ? तपाईं प्रत्येक पनि एलिशा आउने समयमा गर्न लागेको झै आत्मिक लडाईको निम्ति चुनिएको ब्यक्ति हो । यसर्थ तपाईले पनि आत्मिक अभिषेक माग्नुहोस - दुस्टताको विरुद्ध धावा बोल्ने अभिषेक, परमेस्वरको बचनलाई इन्कार गरिरहेकाहरु बिच शक्तिशाली र आश्चर्यजनक कार्यहरु प्रदर्शन गर्ने अभिषेक। ईम्मानुएल! परमेस्वर हामिहरुसग हुनुहुन्छ। उहाले तपाईलाई पबित्र आत्माको अभिशेकमा खडा गर्दै हुनुहुन्छ । आमेन। 19 डिसेम्बर 2021 - पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1902 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- 2 Peter 3:8-9(Daily devotion) आजको वचन मनन गर्नुहोस। २ पत्रुस 3:8-9 (NNRV) 8. तर प्रिय हो, यो एउटा कुरा नभुल, कि प्रभुको निम्‍ति एक दिन हजार वर्षझैँ र हजार वर्ष एक दिनझैँ हुन्‍छ।9. आफ्‍नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो गर्नुहुन्‍छ भन्‍ने कसै-कसैको भनाइ भए तापनि उहाँ ढिलो गर्नुहुन्‍न, तर कोही पनि नष्‍ट नहोस्‌, तर सबै जनाले पश्‍चात्ताप गरून्‌ भन्‍ने इच्‍छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान्‌ हुनुहुन्‍छ। ईम्मानुएल! आज परमेस्वर हामिहरुसग हुनुहुन्छ । येशु प्रभु मान्छेको पापबाट छुट्कारा दिन क्रुसमा टागिएको र गाडिएको तीन दिन पछि पुनरोत्थान पछि स्वर्ग उचालिनु भयो। आज येशु पबित्र आत्माको रुपमा काम गर्नुहुन्छ र हामिहरु भित्र हुनुहुछ। तर बाइबलले बताउदछ- येशु दोस्रो अर्थात अन्तिम पटक फेरि आउदै हुनुहुन्छ। आज मानिसहरु सोच्छन कि येशु फेरि आउनु हुने हो भने किन आजसम्म आउनुभएन? बाइबलका यी खण्डहरुमा प्रभुले बोल्नुभएको छ कि परमेस्वरको समय मानिसलाई थाहा हुदैन। परमेस्वरको हिसाब किताब , उहाको लेखाजोखा र सबै रहस्य मानिसको समझ भन्दा टाढा छ। येशु पहिलो पटक मानिसको पुत्र भएर सन्सारलाई पापबाट मुक्ती दिन आउनु भयो। उहाँ नम्र, र होचिएर आउनुभयो। तर अर्को पटक उहाँ आउनुहुदा येशु नम्र र होचिएर होइन, सन्सारको न्याय र इन्साफ गर्न आउदै हुनुहुन्छ। परमेस्वरले आफ्नै प्रतिरुपमा सृष्टि गर्नु भएको मानिसहरु कोहि पनि नाश नहोस तर येशुको नाउमा बिस्वास गरेर अनन्त जीवन पाउन भन्ने उहाको असिम चाहना छ। यसर्थ, अहिले सम्म वा अहिल्यै उहाँ नआईकन मानिसहरुलाई समय दिईरख्नु भएको छ। बिस्वास गर्न सकोस, परमेस्वरकहा मानिसहरु धेरै भन्दा धेरै आउन् सकुन भनेर धैर्य गरि राख्नु भएको छ। उहाँ अनुग्रहि, रिश गर्नमा ढिलो, कृपालु हुनुभएकोले मानिसहरुले आज पनि मोका पाईरहेका छन। येशुलाई धन्यवाद ! उहाको धैर्यकै कारण तपाईं र मैले पनि मुक्ती पाउन सकयौ। यसर्थ, आज हाम्रो वरिपरिका ,देस देशका करोडौं मानिसहरुले येशुलाई चिन्नु पर्छ। परमेस्वर कोहि पनि नाश भएको चाहनुहुन्न। के आज तपाईं पनि मानिसहरू बचाउने परमेस्वरको ईच्छा र योजनामा भागिदार हुन चाहनुहुन्छ? आजै शुरु गर्नुहोस। खृस्टको शुसमाचार र मुक्तिलाई बाड्न। खृस्टको प्रेमलाई फैलाउन, खृस्टको शान्ती, छुटकारा लाई प्रचार गर्न। आमेन। 18 डिसेम्बर 2021 - पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1803 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 1 kings 17:1-7(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ राजा 17:1-7 (NNRV) 1. अब गिलादको तिश्‍बेका तिश्‍बी एलियाले आहाबलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर जसको सेवा म गर्दछु, उहाँको जीवित नाउँमा शपथ खाएर म भन्‍दछु, कि मेरो वचनविना आगामी केही वर्षहरूभरि न त शीत पर्नेछ न केही पानी पर्नेछ।2. तब परमप्रभुको यो वचन एलियाकहाँ आयो:3. “यो ठाउँ छोड़ेर पूर्वतिर लाग्‌, र यर्दनको पूर्वतिर भएको करीतको खोल्‍सामा गएर लुकिबस्‌।4. तैंले खोलाको पानी पिउनू, र तँलाई त्‍यहाँ खुवाउनलाई मैले कागहरूलाई हुकुम गरेको छु।”....6. त्‍यहाँ कागहरूले तिनलाई बिहान रोटी र मासु र बेलुकी रोटी र मासु ल्‍याइदिए, र तिनले खोलाको पानी पिए।7. केही समयपछि देशमा पानी नपरेकोले त्‍यो खोलाको पानी सुक्‍यो। ईस्राएल राज्यको राजा आहाबको दुष्टताले पराकाष्ठा नाघेको बेला परमेस्वरले आफ्नो दास एलिया मार्फत चेतावनी दिनु भयो। सारा इस्राएलले बाल देबतालाई पानी र प्रशस्तता दिने देवता भनेर पुजा गर्दथे। मानिसहरुको हृदय सबै बहकिएर तिनै बाल देवतालाई पुज्न थालेका थिए। सारा इस्राएलको हृदयमा खडेरी परेको थियो। यहि कुरा देखाउदै राजा आहाब र तिनको रानी इजेबेलको दुस्टतालाई दण्ड दिन परमेस्वरले सारा इसराएलमा खडीरि ल्याउने घोषना गर्नु भयो। पानी र शीत पर्न समेत रोकिएर जो खडेरी देशमा आउन लागेको थियो। त्यो चाहिँ इस्राएलका मानिसहरुको हृदयको चित्र थियो। यसर्थ, बाल देवताको भक्तिमा तल्लिन आहाब र तिनका प्रजालाई त्यो कुराबाट छुटाउन अरु कुनै कुराबाट असम्भव थियो। त्यहा परमेस्वरले एक अलोकिक र निर्मम हस्तक्षेप गर्न आबश्येक थियो। जो चाहिँ 1 राजा 18: 38-40 मा परमेस्वरले आफ्नो शक्ति प्रदर्सन गर्नुहुदै बाल देवता र तिनको सेवकहरु माथी नाश र दन्ड ल्याउनु भएर पूरा गर्नुभयो। के तपाईं पनि त्यस्तै आत्मिक खडेरिमा हुनुहुन्छ ? आत्माको खडेरिलाई प्रकट गरिदिन परमेस्वरले कति पटक हामिमा बाहिरी जिबनमा नै हस्तक्षेप गर्नुहुन्छ। परमेस्वरको प्रेम कति महान! उहाले आफ्ना छोराछोरीहरुलाई अनेक उपाय निकालेर आत्मिक रुपमा सुदृढ गरिरहनुहुन्छ। प्रार्थना छ! हामीले हृदयको खडेरिलाई बेलैमा चिन्न सकौ । हाम्रो जिबनमा धेरै कुराले हाम्रो ध्यान र हृदयलाई प्रभुबाट बहकाईरहन्छ। हामिले ती कुरालाई बेलैमा देख्न सकौ । अनि पश्चातापी भएर परमेस्वरको अनुग्रहमा फर्केर आउन सकौ । 16 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1603 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 1 kings 11:1-3(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ राजा 11:1-3 (NNRV) 1. तापनि सोलोमन राजाले फारोकी छोरीबाहेक धेरै विदेशी स्‍त्रीहरू, मोआबी, अम्‍मोनी, एदोमी, सीदोनी र हित्ती स्‍त्रीहरूसित प्रेम गरे।2. तिनीहरू ती जाति-जातिहरूका थिए, जसका विषयमा परमप्रभुले इस्राएलीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले तिनीहरूसित पारस्‍परिक विवाह गर्नुहुँदैन, किनभने तिनीहरूले निश्‍चय नै तिमीहरूका हृदय तिनीहरूकै देवताहरूतिर बहकाउनेछन्‌।” तर पनि सोलोमन तिनीहरूप्रति प्रेममा ज्‍यादै मोहित भए।3. तिनका सात सय राजकुमारी पत्‍नी र तीन सय उपपत्‍नीहरू थिए, र तिनीहरूले तिनको हृदयलाई बहकाइदिए। सोलोमन राजालाई परमेस्वरले स्वर्गको बुद्धि र असिम धन सम्पतिले शक्तिसाली पार्नु भएको थियो। तर परमेस्वरले उनलाई धेरै स्वास्निहरु बिबाह गर्न निशेध गर्नु भएको थियो। तिनले अन्यजातीहरु मोआबी, अम्मोनी, एदोमी, हित्तिस्तृहरुलाई बिबाह गरे। ती स्त्रीहरुसगै तिनिहरुले बिस्वास गर्ने मुर्तिहरु र सङ्स्कारहरु पनि लिएर आए। जसले गर्दा उमेर वृद्ध हुँदै जादा सोलोमनले ती बिदेशी श्रीमतीहरुका देबताहरुलाई पनि पुज्न थाले। अन्तत: परमेस्वर तिनिसग रिसाउनु भयो। यसरी सन्सारको एकजना महान राजा र ज्ञानमा सर्बश्रेस्ठ राजाको सिहासन तिनका छोराहरुको पालामा नास हुँदै जाने भयो। जतिसुकै शक्ति, ज्ञान् र बरदान दिइएतापनी परमेस्वरको वचन र उहाको डरमा नजिउने हो भने ती कुनै पनि कुरा स्थायी हुने छैनन् । परमेस्वरको बचनलाई सावधानिका साथ पालना गरि राख्नु, पक्री राख्नुले नै हामी र हाम्रो घरानालाई बचाई राख्नेछ। बिदेसी स्तृहरुलाई बिबाह नगरी परमेस्वरको वचन पालन गरि राखेको भए, सोलोमन राजाको छोराहरुको पालामा पनि सिहाशन र राज्री दुदृड भैइनै रहनेथियो। तर तिनको अनाग्याकारिताले तिनको राज्यको बिनास र बिभाजनलाई निम्तो दियो। यदि हाम्रो जिबनमा पनि ज्ञान् , बुद्धि , धन वा मान प्राप्त छ भने त्यो परमेस्वर बाट नै हो। परमेस्वरको निरन्तर भय र उहाको बचनमा लागिरहनुले नै त्यसलाई स्थिर गराउनेछ। आमेन। 15 डिसेम्बर 2021 - पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 1 Peter 5:8-9(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ पत्रुस 5:8-9 (NNRV) 8. सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।9. विश्‍वासमा दह्रिला भएर त्‍यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्‍तै कष्‍टको अनुभव गरिरहनुपरेको छ। परमेश्वरमा बिस्वास गर्नेहरु पनि जागा र सचेत रहनु पर्छ भनेर बचनमा भनिएको छ। यो सन्सारमा दुष्ट दियाबलशले बिस्वासिहरुलाई देखि सहदैन। तिनले हर समयमा बिस्वासिहरुलाई निल्न पर्खी राखेको छ। तिनले तपाईको बिस्वासलाई कमजोर पार्न र नस्ट पार्न , डर त्रास उत्पन्न गर्न अनेक बहाना बाजि गरि राखेको छ। तथापी त्यो पनि परमेस्वरको अधिनमा छ। परमेस्वरले बिस्वासिलाई त्यो दुस्टको हातमा सिधै र त्यतिकै निल्नको निम्ति दिनुहुनेछैन। उहाले तपाईको सुरक्षा र सहायता गरि रहनुभएको छ। तर तपाईले पनि आफ्नो भागको काम गर्नु पर्छ। तपाईले सचेत रहनु पर्छ, जागा रहनु पर्छ, परमेस्वर सग प्रार्थना गर्नु पर्छ। उहाको हात हतियार धारण गर्नु पर्छ। बिस्वासमा दर्हिलो भएर दुस्टको बिरोध गर्नु पर्छ। ल त्यससग लडाई लड्नु पर्छ। यसरी दियाबलस भाग्नेछ। थुमाको रगतले बिजय दिइसकेको छ। जुन सुकै किसिमको कस्टहरु माथी पनि हाम्रो परमेस्वर बिजयी दिन सक्नु हुन्छ। आमेन। 14 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1401 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Emmanuel- God with us- Sermon by pastor Nayan Rai- 10 december 2021Emmanuel- God with us- Sermon by pastor Nayan Rai- 10 december 2021 --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1337 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 1 peter 3:8(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ पत्रुस 3:8 (NNRV) 8. अन्‍त्‍यमा तिमीहरू सबैमा आत्‍माको एकता राख, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। परमेश्वरले सन्सारलाई यस्तो प्रेम गर्न भयो कि उहाको एकलौटि पुत्र पनि दिइहाल्नु भयो ताकी उहाँ माथी बिस्वास गर्ने कोहि पनि नाश नहोस तर अनन्त जिबन पाओस(युहन्ना 3:16)। परमेस्वर प्रेम हुनुहुन्छ । प्रेम बाट प्रेम बग्दछ। सन्सारमा येशु आउनुको कारण परमेस्वरको प्रेमलाई मानिसहरुमा बगाउनलाई हो। त्यो प्रेम पृथ्वीका समस्त मानिसहरुको निम्ति हो। 1 पत्रुस 3:8 ले भन्छ- आत्माको एकतामा बस, एउटाले अर्कोलाई सहानुभूति देखाओ, भातृ-प्रेम गर, कोमल हृदयका होओ, र नम्र मनका होओ। आत्मिक सदस्य हरु बिचको एकताले सन्सारलाई जित्ने शक्ति उत्पन्न गर्दछ। माथी भनिए झै परमेस्वर प्रेम हुनुभएकोले हामी बाट पनि प्रेम नै बग्न जरुरी छ। तपाईं भित्र पबित्र आत्मा बास हुनु भएकोले तपाईको जिबनबाट प्रेम बगि निस्कन कसैले रोकन सक्दैन । जसै हामी आफू आफै खृस्टको अघि जान्छौं र नम्रतामा प्रभु सामु हाम्रो सबै भुल पाप कमजोरि स्वीकार गर्दछौं , प्रभुले उहाको प्रेमले फेरि हामिलाई भरी दिनुहुन्छ । प्रभुले अरुहरुलाई प्रेम गर्ने, कोमलताको हृदय, पनि हाली दिनुहुन्छ। हाम्रो प्रेम आत्मिक दाजु भाईहरुमा मात्र सिमित नरही बाहिर तर्फ, अझै पनि खृस्टलाई चिन्न नसकेका धेरै जनाकहाँ पनि पुग्नेछ । यसर्थ, धेरैले परमेस्वरको प्रेमलाई अनुभव गर्नेछन् । आमेन। 13 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1302 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 1 Peter 2:9-10(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ पत्रुस 2:9-10 (NNRV) 9. तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।10. एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ। पुरानो करारमा लेखिएको छ , ईस्राएली जातिहरु पबित्र र चुनिएका जातिहरु हुन। पत्रुसले यहाँ लेख्दछन कि येशु खृस्टमा बिस्वास गर्नेहरु नया र आत्मिक इस्राएलिहरु हुन। खृस्टमा बिस्वासद्दारा नै आज तपाईं पनि चुनिएको बङ्श, राजकीय पुजारीगिरि, पबित्र जाती र परमेस्वरका निजि प्रजा बनेको छ। परमेस्वरको सेवा गर्न, उहाको आश्चर्यजनक कार्यहरु घोषणा गर्न नै उहाले हामिलाई आफ्नो निजि प्रजाको रुपमा चुन्नुभएको छ। येशु खृस्टको बलिदानले उहामा बिस्वा गर्नेहरुलाई परमेस्वरको सन्तान हुने मोका दियो। परमेस्वरको कृपाले आज तपाईं परमेस्वरको प्रजा मात्र होइन उहाको सन्तान पनि बन्नु भएको छ। बिचार गरौ, हाम्रो प्रभु येशुको प्रेम कति महान छ! उहाको बलिदान कति महान छ! परमेस्वरको कृपा कति ठुलो छ! हल्लेलुयाह!!! महिमा होस येशुलाई, परमेस्वरलाई धन्यवाद होस। उहाको कृपाको निम्ति। उहाको प्रेमको निम्ति । जसले हामी अन्य जाती अबिस्वासि भएकै बेला प्रेम र कृपा गरि उहाको सेवक र सन्तान हुन चुन्नु भयो। आमेन। 12 डिसेम्बर 2021 - पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1202 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: christmas special - Mathew 4:1-4(Daily devotion: Christmas special ) आजको बचन मनन गर्नुहोस। मत्ती 4:1-4 (NNRV) 1. तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्‍माद्वारा येशू उजाड-स्‍थानमा लगिनुभयो।2. उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।3. तब परीक्षा गर्नेले उहाँकहाँ आएर भन्‍यो, “तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भने यी ढुङ्गाहरूलाई रोटी होऊन्‌ भनी आज्ञा दिनुहोस्‌।”4. तर येशूले जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र होइन, तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले जीवित रहँदछ’।” येशुले आफ्नो सेवाकार्य शुरु गर्न अघि शैतानद्दारा परिक्षित हुनलाई उजाडस्थानमा लगिनु भयो। चालीस दिनको उपबास पछी येशु पुर्ण रुपले मानिस भएर शारीरिक भोक र कमजोरिको अनुभव गर्न त्यो अबस्थामा पुर्याईनुभयो। शैतानले त्यो कमजोरीको फाईदा उठाउदै शारीरिक रुपमा परिक्षा गर्न खोज्यो। यशुको शक्ति र महिमालाई थाहा गर्ने दुष्टले यशुले आफ्नो शारीरिक सुख बिलासको निम्ति आफ्नो शक्तिको दुरुपयोग गरून् भनेर ढुङ्गालाई रोटि बनाएर भोक मेटाउन लोभ देखाउदै थियो। तर यशु आफनो लागि सुख र आनन्दको भन्दा अरु मानिसको निम्ति दुख र कस्ट उठाउन आउनु भएको थियो। सैतानको परिक्षामा येशुले परमेस्वरको वचन भनेर बिजय हासिल गर्नु भयो। मानिसले सन्सारको रोटि, भोज भत्तेर गरेर मात्र आत्मिक रुपले बाच्न सक्दैन। शारीरिक खाना भन्दा धेरै आबशेक चाहिँ आत्मिक खाना हो। हाम्रो आत्मालाई हामिले परमेस्वरको वचन खुवाउनु पर्छ। वचन अध्ययन, मनन, प्रार्थना, सङ्ग्गती द्वारा हाम्रो आत्मालाई बलियो बनाउन पर्छ। परिक्षित हुदा येशु भोकाउनु भएको थियो। तर येशुले परमेस्वरको वचन बोल्दै शारिरिक भोक भन्दा पनि बढी आत्मिक भोक मा ध्यान दिनु पर्ने कुरा प्रकट गर्नुभयो। खृस्टमसको यश समयमा हामिलाई शारीरिक मनोरन्जन, र रमाईलोमा भन्दा बढी आत्मिक तृप्तता तर्फ सोच्न सकौ ।आत्मिक वृद्धि र आत्माहरुको बचाउमा लाग्न सकौ। आमेन 11 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-1102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Christmas special- Mark 1:7-8(Daily devotion: Christmas special ) आजको वचन मनन गर्नुहोस। मर्कुस 1:7-8 (NNRV)7. तिनले(बप्तिस्मा दिने युहन्न्ना) यसो भन्‍दै प्रचार गरे, “जो मपछि आउनुहुन्‍छ उहाँ मभन्‍दा शक्तिशाली हुनुहुन्‍छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ।8. मैले तिमीहरूलाई पानीले बप्‍तिस्‍मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुनेछ।” मुक्तिदात प्रभु येशुको बिसयमा बप्तिस्मा दिने युहन्नाले प्रचार गरे। उनि परमेस्वरको आत्मद्दारा चलाईएका महान ब्यक्ती थिए। तर ती महान ब्यक्ति पनि येशुको बिसयमा यसो भनेर प्रचार गर्छन- "जो म पछि आउनुहुन्छ, उहाको जुत्ताको फित्ता बाध्न पनि म योग्य छैन।" हो वास्तबमै ती युहन्नाले भनेका सहि हुन। हामी कोहि पनि येशुको अगाडि उभिन पनि योग्यका थिएनौं । तर येशु स्वयमले नै क्रुसमा आफै टागिएर हामिलाई शुद्ध पार्नु भयो। पापबाट मुक्ति दिनुभयो। रोगहरुबाट छुटकारा दिनुभयो। हाम्रो सबै अधर्म लिइदिनु भयो। येशु जुन कार्यको निम्ति सन्सारमा आउनु भयो त्यो कार्य अरु कसैले गर्न सक्दैनन् । केवल परमेस्वरको पुत्र येशुले मात्र गर्नुहुन्छ। पानीको बप्तिस्मा एउटा देखिने कार्य थियो । तर अब यशुले उहाप्रती बिस्वास गर्नेहरुलाई भित्र आत्मामा पबित्र आत्माको उपस्थिति र आगोद्दारा सफाई, शुद्धीकरण र नवीकरण गर्नुहुन्छ। यसरी येशुको अगाडि उभिन र स्वर्गको निमति तयार पार्नुहुन्छ। बप्तिस्मा युहन्न्नाले अनुभुती गरे जस्तै हामी कोहि पनि परमेस्वरको अगाडि उभिन योग्य छैनौं । तापनि आज येशुको आगमन, क्रुशको मृत्यु, र मृत्युुबाट भएको पुनरुत्थानले नै हामी योग्य ठहरिएका छौ । त्यसकारण , येशुको प्रचार, पाप क्षेमा र उहाको प्रेमको प्रचार गर्न कहिल्यै नछोडौ। आमेन। 9 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-0902 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Christmas special- Mathew 2:1-3,7-12(Daily devotion: Christmas special) आजको वचन मनन गर्नुहोस। मत्ती 2:1-3,7-12 (NNRV) 1. हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,2. “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”3. जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो7. तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।8. तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”9. तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो10. जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।11. अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।12. अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के। रोमको अधिनस्थ हेरोद राजालाई रोमि साम्राज्यले यहुदिहरुको देश माथी राज्य गर्न राजा तोकेका थिए। हेरोदले पनि केवल आफै मात्र यहुदिहरु माथी राजा हु भनी मान्थ्यो। जब ज्योतिषीहरुबाट यहुदिहरुको राजा हुनुहुने यशुको जन्म बारे सुने । हेरोद बैचेन भए। तिनले अब हेरोदले भित्र मनमा दुष्ट कुरा रच्दै बाहिर भने - तिमिहरुले भेट्यो भने मलाई भन्नू, म पनि प्रणाम गरुँ । ईस्वरको डर मान्ने ज्योतिषीहरुले जब येशुलाई अति नम्र अबस्थामा भेट्टाए, तब आफुसग ल्याएको सुन, मुरर र धुपको भेटी चढाए। सुन चढाउनुले उहाँ सन्सारको राजा हुनुभुएको, मुरर चढाउनुले उहा मानिस जातिको पापबाट छुट्कारा र चङ्गाई गर्नुहुने र धुपले उहाँ इस्वरको रुप हुनुभएको जनायो। अर्थात येशु नै हाम्रो राजा , हामिलाई चङ्गाई दिनुहुने र उहाँ परमेस्वरको रुप हुनुहुन्छ। सुन, धुप र मुररले हाम्रो प्राण , आत्मा र शरीर प्रभुमा चढाउनु पर्ने कुरा पनि बताउदछ। जो गर्दा प्रभु हाम्रो जिबनबाट महिमित बन्नुहुन्छ। हेरोद राजाको बालक येशुको हत्या गर्ने योजना फेरि एकपटक असफल भयो। ज्योतिषीहरुले सपनामा हेरोदकहा नफर्कनु भन्ने सन्देस पाएर अर्कै बाटो लागे। हाम्रो प्रभुलाई रोमि शासकले रोक्न सकेन, सैतानले रोकन सकेन, सन्सारको कुनै पनि कुराले छेक्न सकेन। येशु आत्मिक राज्यको राजा हुनुहुन्छ ।हल्लेलुया! आज हामी पनि येशुकहा जाओ, र प्राण, आत्मा र शरिरका भेटिहरु चढाअौ । उहाँ मुक्तिदाता, सन्सारका राजा हुनुहुन्छ। आमेन। 8 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-0803 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Mathew 1:18-21 (Christmas special)(Daily devotion) आजको वचन मनन गर्नुहोस: खृस्टमस विशेष मत्ती 1:18-21 (NNRV) 18. येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।19. तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे20. तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।21. तिनले एउटा पुत्र जन्‍माउनेछिन्‌, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” तपाईलाई खृस्टमस बडादिनको शुभकामना । खृस्टमस समयले एक पटक फेरि तपाईं हाम्रो निम्ति मुक्तिदाता येशु प्रभु सन्सारमा जन्म लिएर आउनु भएको कुरालाई ताजा गराईदिएको छ। येशुले पबित्र आत्माबाट गर्भधारण भै जन्म लिनुभएको हुनाले उहाको सन्सारिक बाबू छैनन। मरियमसग बिबाहको निम्ति मगनी गरेका योसेफले जब तिनको मङेत्तर गर्भवती छिन भन्ने सुने, उनले तिनलाई बिबाह नगर्ने बिचार गरेका थिए। तर पबित्र आत्माले योसेफलाई सपना दर्शनमा बोल्दै गर्भ र जन्मन लागेका बालकको बिसयमा प्रकट गरिदिनु भयो। येशु सन्सारमा जन्म लिएर मानिस जातिको पापको निम्ति क्रुसमा टागिन आउदै हुनुहुन्थ्यो । येशुको अलोकिक योजनालाई कसैले पनि असफल पार्न सकेन। पबित्र आत्माले हस्तक्षेप गर्नुभयो। किनकी येशु स्वयम परमेस्वर मानिसको निम्ति मानिसकै रुपमा जन्मेर मानिसकै बिचमा प्रकट हुदै हुनुहुन्थ्यो। आज पनि परमेस्वर तपाईसग बोल्दै हुनुहुन्छ, उहाको योजना प्रकट गर्दै हुनुहुन्छ। परमेस्वरले तपाईको जिबनमा बडादिनको यो मोसम सगै नया प्रकाश र योजना प्रकट गरून्। उहाको योजना पूरा गर्न तपाईं हाम्रो जिबनमा यदि हस्तक्षेप नै आबश्यक हो भने पनि पबित्र आत्माले त्यसो गरून्। आमेन। 7 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-0702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 1 Kings 3:5,9-13(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ राजा 3:5,9-13 (NNRV) 5. गिबोनमा परमप्रभु परमेश्‍वर राती सपनामा देखा परेर तिनलाई भन्‍नुभयो, “तिमी मसित जे माग्‍छौ, त्‍यो दिनेछु।”9. .... तपाईंको प्रजालाई ठीकसित शासन गर्नलाई बुझ्‍ने मन आफ्‍नो दासलाई दिनुहोस्‌, र त्‍यसले असल र खराबको भेद छुट्ट्याउन सकोस्‌। किनकि तपाईंको यस ठूलो प्रजालाई कसले शासन गर्न सक्‍छ र?”10. सोलोमनले यो कुरा मागेकामा परमप्रभु प्रसन्‍न हुनुभयो।11. यसकारण परमेश्‍वरले तिनलाई भन्‍नुभयो, “तैंले यो कुरा मागेकोले, र तैंले आफ्‍नो निम्‍ति लामो आयु अथवा धन-सम्‍पत्ति वा तेरा शत्रुहरूको प्राण नमागेको, तर ठीकसित न्‍यायको निधो गर्नलाई बुद्धि मागेको कारणले,12. तैंले मागेको म पूरा गर्नेछु। म तँलाई बुद्धिमान्‌ र निधो गर्न सक्‍ने मन दिनेछु, कि तेरो अघि तँजस्‍तो कहिले कोही भएको छैन, न तेरो पछि कहिल्‍यै अरू कोही हुनेछ13. यसबाहेक तैंले नमागेका ती कुराहरू, अर्थात्‌ धन-सम्‍पत्ति र मान पनि म तँलाई दिनेछु, यहाँसम्‍म कि तेरो जीवनकालमा राजाहरूमध्‍ये कुनै पनि तेरो बराबरी हुनेछैन। राजा सोलोमनले गिबोन डाडामा ठुलो बलिदान चढाए पछि सपनामा परमप्रभुले दर्शन दिदै जे मागे तापनी दिने कुरा प्रकट गर्नु भयो। डाडाहरुमा बलिदान दिनु ब्यबस्था बमोजिम नभए पनि यसले सोलोमनको हृदयको समर्पणलाई देखायो। राजाको हृदय चिन्नुहुने परमेस्वरले उनको मुखबाट नै सुन्ने ईच्छा गर्नुभयो। सोलोमन राजाले धन सम्पती वा लामो उमेर बाच्न पाउ भनी मागेनन। तर उनले आफ्नो ब्यक्तिगत कल्याण भन्दा जनताको कल्याण र उनिहरुको जिबनलाई महत्त्व दिदै साचो र सहि तरिकाले डोर्‍याउन सक्ने बुद्धिको माग गरे। सोलोमन कलिलै भए पनि उसको हृदय परमेस्वर तर्फ थियो। बुद्धि प्राप्त गर्ने उनको मागले परमेस्वरलाई प्रशन्न तुल्यायो। परमेस्वरले अब उनलाई बुद्धि दिनु नै हुनेथ्यो। साथमा उनले नमागेका धनसम्पती, मान इज्जत पनि दिनेछु भनी प्रतिज्ञा गर्नु भयो। हामिले पनि प्रार्थना गर्दा वा परमेस्वरको सामु जादा हामिलाई कुन कुरा चाहिँ बढी महत्त्वपूर्ण छ भनी बुझेर र हृदयको आवाजलाई सुनेर माग गर्नु पर्छ। परमेस्वरको साचो बचनले भने झै यदि तपाईं पनि पहिले स्वर्गीय बुद्धि , स्वर्गीय कुराहरु, धार्मिकता र परमेस्वरको राज्यको र उहाका मानिसहरुको पक्षमा काम गर्नको निम्ति ज्ञान, बुद्धि , ईश्वरीय बरदान माग्नु हुन्छ भने आबश्यक पर्ने सबै थोकहरु संवत् तपाईलाई दिइनेछन। आमेन। 6 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-0603 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : James 3:17-18(Daily devotion) आजको वचन मनन गर्नुहोस। याकूब 3:17-18 (NNRV) 17. तर जुन बुद्धि स्‍वर्गबाट आउँछ त्‍यो पहिले शुद्ध हुन्‍छ, तब त्‍यो शान्‍तिप्रिय, कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपातरहित र कपटरहित हुन्‍छ।18. शान्‍ति कायम राख्‍नेहरूले शान्‍तिमा छर्छन्‌, र तिनीहरूले धार्मिकताको फसल बटुल्‍छन्‌। बुद्धि सबैलाई आबश्यक कुरा हो। तर कुन प्रकारको बुद्दिको पछि लाग्ने? सन्सारिक बुद्धि कि स्वर्गिय बुद्धि ? सन्सारिक बुद्धिले सन्सारमा अरुलाई पछि पारेर कसरि बिजय वा अगाडि बड्ने भन्ने सिकाउछ तर स्वर्गीय बुद्धिले भने शान्ति , शुद्धतामा, पबित्रतामा र प्रेममा बस्न सिकाउदछ। स्वर्गीय बुद्धिले आफ्नो जिब्रोलाई अधिनमा राखेर कृपालु बन्न सहायता गर्छ र धार्मिकताको अशल फल फलाउदछ। शान्तिपृय स्वभाव ल्याउदछ जुन चाहिँ पबित्र आत्माको फल हो। स्वर्गीय बुद्धि चाहिँ पबित्र आत्माबाट आउँछ। परमेस्वर बाट आउँछ र उहाको बचनबाट आउदछ। के तपाईं यस्तो बुद्धिको चाहना गर्नुहुन्छ ?जसै तपाईं येशुकहा स्वर्गीय बुद्धि माग्न नजिक जानुहुन्छ , पबित्र आत्मालाई पुकार गर्नुहुन्छ, वचन अध्ययन र मनन गर्नुहुन्छ, तपाईमा स्वर्गीय बुद्धि दिइनेछ। याकुव 1:5 ले भन्छ- '..यदि तिमिहरुमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार चित्तसग नझर्की दिनुहुने परमेस्वरलाई त्यसले मागोस, र त्यसलाई त्यो दिइनेछ ।" आमेन। 5 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-0501 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 4 december 2021(Daily devotion) आजको वचन मनन गर्नुहोस। २ शमूएल 24:21-24 (NNRV) 21. दाऊदले जवाफ दिए, “मानिसहरूमाथि चलेको यो रूढ़ी बन्‍द होस्‌ भनी परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनलाई तिम्रो खला किन्‍न भनी म आएको हुँ।”22. अरौनाले दाऊदलाई भने, “बिन्‍ती छ, हजूर, त्‍यो लानुहोस्‌, र जस्‍तो योग्‍य सम्‍झनुहुन्‍छ, त्‍यस्‍तो बलिदान चढ़ाउनुहोस्‌। होमबलिको निम्‍ति मकहाँ गोरुहरू र दाउराको निम्‍ति तिनका जुवा र दाइँ गर्ने काठहरू छन्‌।”23. अरौनाले यो सबै राजालाई तिनका कामको निम्‍ति दिएर भने, “परमप्रभु हजूरका परमेश्‍वरले हजूरलाई ग्रहण गरून्‌।”24. तर राजाले अरौनालाई भने, “होइन, म ती तिमीबाट किन्‍नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्‍वरलाई म बलिदान चढ़ाउनेछैनँ।” यसकारण दाऊदले त्‍यो खला र गोरुहरू चाँदीका पचास सिक्‍कामा किने। इस्राएलमा परेको रुढिको प्रकोपबाट मुक्ति पाउन दाउद ओराना नाम गरेका ब्यक्तिको खलामा बेदि बनाएर बलिदान चढाउन लागेका थिए। ओरानाले राजा दाउदलाई आफ्नो खला, आगो बाल्ने काठहरु र बलिका निम्ति गोरुहरु सित्तैमा दिने प्रस्ताब गरे। तर उनले त्यो कुरा स्वीकार गरेनन। त्यसको सटटा दाउदले भने- होइन, म ती तिमीबाट किन्‍नेछु। पैसा नपरेको चीज लिएर परमप्रभु मेरा परमेश्‍वरलाई म बलिदान चढ़ाउनेछैनँ।” प्रियहरु, यहाँ मनन गर्नु पर्ने कुरा छ, किन दाउदले ओरानाले दिन खोजेका खेत र सामानहरु सित्तैमा लिन मानेनन? किन दाउदले पैसा नपरेको सामानहरुले बलिदान दिन मानेनन? यथार्थमा, जुन कुरामा हामिले पैसा वा मुल्य हाल्दैनौ , त्यसको हामि आफैलाई पनि महत्व हुन्न। हामी आफैलाई नै महत्त्वपूर्ण नलाग्ने कुराहरु(सित्तैका वा साना तिना लाग्ने) प्रभुमा चढाउनु भनेको उहालाई अपमान गर्नु हो। बाहिरी देखिने वा ओपचारिक्ता पूरा गरेर मात्र गरिने भक्ती र बलिदानको के नै अर्थ हुन्छ। यदि हामी पनि प्रभुलाई आदर गर्छौ , प्रेम गर्छौ भने उहालाई भेटी चढाउदा पनि हामिलाई सबै भन्दा राम्रो लाग्ने कुराहरु चढाउदछौ । हामिलाई मुल्यावान लाग्ने समयहरु दिन्छौं । अन्तिममा उब्रेको वा ट्कटक्याएर ल्याएको कुराहरु चढाउने भन्दा मुक्ती र जिबन दिनुहुने प्रभुलाई दाउदले झै हाम्रो आफ्नै र उत्तम कुराहरु उत्तम रितिले चढाउनु आबश्यक छ। किनकी हाम्रो प्रभु सर्बोत्तम बलिदान र भक्तिको योग्य हुनुहुन्छ। आमेन। 4 डिसेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-12-0402 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)daily devotion: 1 december 2021(Daily devotion) आजको बचन मनन गर्नुहोस। याकूब 1:2-4 (NNRV) 2. मेरा भाइ हो, तिमीहरूमाथि विभिन्‍न किसिमका आपत्‌-विपत्‌ आइपर्दा तिनलाई पूरा आनन्‍दको कुरा सम्‍झ।3. किनकि तिमीहरू जान्‍दछौ, तिमीहरूका विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँछ।4. धैर्यलाई त्‍यसको पूरा काम गर्न देओ, ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्‍व र पूर्ण होओ। माथिका बाइबल खन्डले के हामी कस्ट वा आपदबिपदको चाहना गरौ ? भन्न खोजेको हो? कदापी होईन। हामिले आफै गल्ती गर्छौ वा जानी जानी परिक्षा मा पर्छो भने त्यस्ता आपद बिपद निश्चय नै दु:खद र निरश हुन्छ। तर खृस्टको खातिर सहि तरिकाले जिउदा जिउदै पनि कति आपद बिपदमा पर्दछौ भने, हामिले बुझ्नुपर्छ, यसको पछाडी पक्का परमेस्वरको उद्देश्य छ। कहिले काहीँ बिस्वासिहरु परमेस्वरबाट टाढा हुँदै गर्दा वा तर्किएको अबस्थामा पनि उहाले कती प्रकारको आपद बिपदलाई आउन दिनुहुन्छ । यसको उद्देश्य हाम्रो बिस्वासको जाँच गर्नु र बलियो पार्नु हो वा अनुशासनमा राख्नु हो । सुन आगोको भट्टिमा हालेर शुद्द भए झै तपाईं जती दुख कस्टका जाचहरु भएर जानुहुन्छ, त्यति बिस्वासमा दर्हो, परिपक्व र स्थिर बन्नुहुन्छ। आत्माका फलहरु जस्तै: बिस्वास, धैर्य चाहिँ जाच बाट नै परिपक्वतामा वृद्धि हुन्छ। यसर्थ, जाचका समयहरुमा गनगन गर्नको सटटा स्थिर हुने गरौ, धैर्यको निम्ति बल प्राप्त गर्न बरु खृस्टमा अझ पुकार गरौ ।अन्तमा तपाईमा प्रभुले आत्मिक परिपक्वता ल्याउदै उहाको आफ्नै चरित्र बिकास गर्नुहुनेछ। आमेन। 01 डिसेम्बर 2021 पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-3002 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 2 Samuel 12: 7,8,9,13(Daily devotion) आजको वचन मनन गर्नुहोस। 2 शमूएल 12:7,8,9,13 (NNRV) 7. तब नातानले दाऊदलाई भने, “त्‍यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें। मैले तँलाई शाऊलको हातबाट छुटाएँ। 8. मैले तँलाई तेरा मालिकको घर र त्‍यसका पत्‍नीहरू तेरै हुनलाई दिएँ। मैले तँलाई इस्राएल र यहूदाका घरानाहरू दिएँ। अनि यतिले नपुगेको भए म तँलाई अरू धेरै दिनेथिएँ। 9. तर तैंले उहाँको दृष्‍टिमा जे खराब थियो त्‍यो गरेर किन परमप्रभुको वचनलाई तुच्‍छ ठानिस्‌? तैंले हित्ती उरियाहलाई तरवारले मारिस्‌, र तैंले त्‍यसकी पत्‍नीलाई आफ्‍नी बनाउन लगिस्‌। तैंले त्‍यस मानिसलाई अम्‍मोनीहरूको तरवारले मर्न दिइस्‌। 13. तब दाऊदले नातानलाई भने, “मैले परमप्रभुको विरुद्धमा पाप गरें।” नातानले तिनलाई जवाफ दिए, “परमप्रभुले तपाईंको पाप लगिदिनुभएको छ। तपाईं मर्नुहुनेछैन। हित्ती उरियाहको श्रीमतीलाई आफ्नो बनाएर तिनलाई युद्धमा मर्न दिएका दाउदको गुप्तका सबै पापहरु परमेस्वरको आखाबाट देखिएको थियो। दाउद परमेस्वरले अभिषेक गरिएको, कसैले नपत्याएको वा नचिनेको भए तापनी परमेस्वरबाट साउललाई हटाएर उनको स्थानमा दाउदलाई राजा बनेका थिए। तर शारीरिक अभिलाषाका कमजोरीमा घुडा टेक्दै तिनले अनैतिक काम गरे र एक जना निर्दोष ब्यक्तिलाई युद्धमा मर्न दिई तिनले जघन्य अपराध गरे। परमेस्वरले अगमबक्ता नातान मार्फत दन्डको घोषणा गर्नुहुदा बल्ल दाउदको चेत खुल्यो। तिनले ठुलो पश्चाताप गरे। दाउदले गरेको पस्चाताप र भजन स. ५१ मा परमेस्वरप्रति तिनको बिलापहरु सुनेर परमेस्वरको मन बदलियो। उहाको अपार अनुग्रहले दाउदलाई नाश हुन दिएन। बरु क्षेमा दियो। दाउदको पाप ठुलो थियो। तर पश्चाताप पछि परमेस्वरले जुन क्षेमा र अनुग्रह दिनुभयो। त्यो झन ठुलो बन्यो। दाउद बाचे। पृयहरु, पापका परिक्षामा नपर्नु नै उत्तम हो। तर यदि कसैले पाप गरि हालेको छ भने परमेस्वरले देख्नुहुन्छ। गुप्तमा पाप गरेका दाउदलाई अगमबक्ताले दन्डको घोषणा गर्न परे सम्म हामी नपर्खियौ । तत्काल साच्चिकै पश्चाताप गरेर प्रभुमा फर्किन उत्तम हुन्छ। किनभने येशुको क्षेमाको अनुग्रह विशाल छ। उहाँ अनुग्रहकारी, क्रोध गर्नमा ढिलो, दयालु हुनुहुन्छ। आमेन । 30 नोभेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-3002 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : Hebrew 12:14(Daily devotion) आजको वचन मनन गर्नुहोस। हिब्रू 12:14 (NNRV) 14. सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन। हाम्रो परमेस्वर पबित्र हुनुहुन्छ(लेबि ११:४५) । पबित्रता चाहिँ सत्य हो, यो सर्बोच्च कुरा हो। परमेस्वर बाहेक कोहि पबित्र छैन। परमेस्वर पबित्र हुनु भएको हुनाले आफ्ना मानिसलाई उहाँ पबित्र जीवन जिउन आव्हान गर्नुहुन्छ। धेरै जनाले शरिरका कुराहरु- ब्यभिचार जस्तालाई मात्र अपबित्र ठान्ने गरेको पनि पाइन्छ। चेतना वा बचनको शिक्षाको कमिले मानिसहरु अन्य धेरै कुराहरुमा अपबित्र बनिरहेका हुन्छन। जस्तै, बोली, चित्र, रिस, नकारात्मक सोच, सङ्गत, खानपान, झैझगडा - बिबाद, बचनको अनादर, परमेस्वरको दास (पास्टर, अगुवा)प्रति अनादर वा नकारात्मक सोच, इत्यादी । यी सबै कुराले पबित्रतामा बाधा ल्याउछ। यसर्थ, माथिका यस खन्डले आज्ञा दिन्छ- शान्तिमा बस, पबित्र हुने प्रयत्न गर। शान्तिमा रहन र पबित्रतामा जिउन कोशिश गर्न आबश्येक छ। बचनको आग्यापालनले नै पबित्रतामा प्रवेश गराउदछ। किनकी परमेस्वरको वचन पबित्र छ। पबित्रतामा नै परमेस्वर र उहाको महिमाले हाम्रो जिबनमा काम गर्नेछ । आमेन । 29 नोभेम्बर 2021 -पास्टर नयन राई --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2901 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 2 Samuel 5:17-20(Daily devotion) आजको वचन मनन गर्नुहोस। २ शमूएल 5:17-20 (NNRV) 17. दाऊद इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्‍तीहरूले सुने, तब उनीहरू सेना लिएर दाऊदलाई खोज्‍न निस्‍के, तर यो कुरा सुनेर दाऊद गढ़ीमा ओर्लेर गए।18. पलिश्‍तीहरू आएर रपाईहरूको बेँसीमा फैलिएर बसे।19. तब दाऊदले परमप्रभुलाई सोधे, “म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ?” अनि परमप्रभुले जवाफ दिनुभयो, “जा, म पलिश्‍तीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु।”20. तब तिनी उक्‍लेर गए, र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर त्‍यहाँ उनीहरूलाई जिते। दाऊदले भने, “नदीले आफ्‍नो किनार भत्‍काएझैँ परमप्रभुले मेरा शत्रुहरूका पङ्‌क्तिलाई भत्‍काइदिनुभयो। त्‍यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम* राखियो। दाउदलाई राजाको रुपमा स्वीकार र अभिषेक गरिएको भनेर सुन्दा पलिश्तिहरुले ईर्श्या गर्दै युद्धको ऐलान गरे। यो युद्द दाउदको निम्ति एक परिक्षा जस्तै थियो। परमेस्वर प्रतिको भक्ती र आदरको जीवन जिउने दाउदले प्रत्येक पटक युद्ध गर्नु अघि परम प्रभुसग सोध्ने गरे र सल्लाह मागे। यश पटक पनि सोधे र परमप्रभुको "जा गएर आक्रमण गर, म तिनिहरुलाई तेरो हातमा सुम्पिदिनेछु" भन्ने सल्लाह बमोजिम दाउदले पलिश्तिहरुलाई आक्रमण गरे। यो युद्ध दाउदले यसरी जिते कि उनी आफै एक प्रकारले आश्चर्य परे । राजा दाउदले भन्छन्- 'नदिले किनार भत्काए झै परमप्रभुले मेरो शत्रुलाई आज भत्काईदिनु भयो'। के तपाईं पनि युद्ध गर्दै हुनुहुन्छ? आत्मिक युद्द!, आर्थिक उन्नतिका निम्ति युद्ध ! परिवारलाई एकतामा ल्याउनको निम्ति युद्ध ! आत्मामा वृद्धि हुनको निम्ति युद्ध ! वा निरासाको विरुद्ध युद्ध ! जुन सुकै प्रकारको युद्ध भएतापनी परमप्रभु परमेस्वरलाई सोध्नुहोस, उहासग शक्तिको निम्ति सहायता माग्नुहोस। परमेस्वरले दाउदको शत्रुलाई भत्काईदिनु भए जस्तै गरेर तपाईको शत्रुहरुलाई पनि भत्काई दिनुहुनेछ र तपाईलाई स्वतन्त्रता , छुटकारा र बिजय दिनुहुनेछ। किनभने हाम्रो परमेस्वर हाम्रो शत्रुहरुलाई भत्काउनुहुने सर्बशक्तिमान हुनुहुन्छ । आमेन। 28 नोभेम्बर 2021 -(पास्टर नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2802 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Hebrew 11:6(Daily devotion) आजको वचन मनन गर्नुहोस। हिब्रू 11:6 (NNRV) 6. विश्‍वासविना परमेश्‍वरलाई प्रसन्‍न पार्नु असम्‍भव छ। किनकि जो परमेश्‍वरको नजिक आउँछ, त्‍यसले परमेश्‍वर हुनुहुन्‍छ र उहाँलाई खोज्‍नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्‍छ भन्‍ने पक्‍का विश्‍वास गर्नुपर्छ। परमेस्वरलाई धेरै जनाले छोएर छामेर अनुभव गर्न नसकेकाले उनिहरुको जिबनमा उहाँ प्रती जुन भरोसा हुनु पर्ने हो, त्यो बिकास हुन सकेका हुदैनन् । तर परमेस्वरले काम गर्नुहुन्छ भन्ने कुरामा बिस्वास गर्नाले मात्र उहाँ काम गर्न सक्नुहुन्छ। अबिस्वास यस्तो डरलाग्दो बाधा हो कि मानिसहरुको अबिस्वास येशु स्वयमको लागि पनि मुस्किल पर्यो(मति 13:58)। परमेस्वर र उहाको कार्य क्षेमता बारे बिस्वास गर्नु चाहिँ उहालाई काम गर्न दिनु हो, उहालाई स्थान दिनु र उहालाई प्रसन्न पार्नु। परमेस्वर परमसत्तधारी हुनु भए तापनि धेरै हदसम्म तपाईको आशिषको निम्ति तपाईं स्वयमले परमेस्वरलाई ढोका खोली दिनु पर्दछ। त्यो ढोका चाहिँ उहाँ प्रतिको बिस्वास हो। के तपाईं परमेस्वरलाई काम गर्नको निम्ति ढोका खोल्न तयार हुनुहुन्छ? त्यसो हो भने उहामा बिस्वास गर्नुहोस। उहाले आश्चर्यकर्म गर्न सक्नुहुन्छ, नया काम गर्न सक्नुहुन्छ, उहाले प्रार्थनाको उत्तर दिन सक्नुहुन्छ भन्ने कुरामा बिस्वास गर्नुहोस। तपाईको बिस्वासले नै परमेस्वरलाई खुशी तुल्याउनेछ। आमेन। 27 नोभेम्बर 2021 -(पास्टर नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2701 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: 1 Samuel 17:25-27(Daily devotion) आजको वचन मनन गर्नुहोस। १ शमूएल 17:25-27 (NNRV) 25. तिनीहरूले भने, “हेर त, यो मानिस दिनैपिच्‍छे आएर इस्राएललाई धम्‍की देखाउँछ। त्‍यसलाई मार्ने मानिसलाई राजाले प्रचुर इनाम दिनुहुनेछ, आफ्‍नी छोरी पनि त्‍यससँग विवाह गरिदिनुहुनेछ अनि त्‍यसको घरानालाई इस्राएलमा अनिवार्य करबाट मुक्त गरिदिनुहुनेछ।”26. दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्‍तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्‍वरको सेनालाई तुच्‍छ भन्‍ने त्‍यो खतना नभएको पलिश्‍तीचाहिँ को हो र?”27. त्‍यसलाई मार्ने मानिसलाई के गरिनेछ भनी मानिसहरूले दाऊदलाई दोहोर्‍याएर बताए। दैत्य गोलायतको दिनहुको धम्किले इसराएल र साउल राजाको सेना डराए। ती सग लड्न कोहि खडा हुने आट नै गरेनन। यश बिचमा राज साउलले त्यो पलिश्ती दैत्यलाई मार्नेलाई ईनाम दिइने र आफ्नै छोरी दिएर दरबार लाने घोषणा गरेका थिए। ठिट्टा अबस्थाका दाउद दाजुहरुलाई समान पुर्याउन आउदा गोलायत र यी सबै कुरा सुने। सुन्नासाथ दाउदले एक दर्शन बोके । उनले आफू इस्राएली र परमेस्वरको सेना भएको र त्यो दैत्यलाई लडाईमा मारेको दर्शन र सपना बोके। सर्बोच्च परमेस्वर आफ्नो सेनापती भएको र आफू त्यस अशुद्द दैत्यलाई परमेस्वरको सहायताले सजिलै जिति राजाको सामु हाजिर भएको दर्शन र मन बोकेर लडे। अन्तत; दाउदको त्यो दर्शन पूरा भयो। इस्राएलको सेनापतिको रुपमा परमेस्वरले दाउदलाई सफल्ता गोलायत माथी जित मात्र होइन, राजाको सामु हाजिर भएको दर्शन पनि पूरा गरिदिनु भयो। यदि तपाईं जिबनमा सफल हुन चाहनुहुन्छ भने सफल भएको दर्शन बोक्नुहोस। बिरामी, अभाब बाट छुटकारा चाहनुहुन्छ भने त्यस्तै दर्शन बोक्नुहोस र मुखले तपाईलाई अल्झाउने, बिरामी बनाउने वा असफल पार्ने दैत्य विरुद्ध धावा बोल्दै घोषणा गर्नुहोस। हाम्रो सेनापती यशुले बिजय दिइसक्नु भएको छ। आमेन। 25 नोभेम्बर 2021 -(पास्टर नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Proverbs 30:7-9(Daily devotion) आजको वचन मनन गर्नुहोस। हितोपदेश 30:7-9 (NNRV) 7. “म तपाईंसँग दुई वटा कुरा माग्‍दछु, हे परमप्रभु। म मर्न अघि ती मबाट इन्‍कार नगर्नुहोस्‌।8. असत्‍यता र झूटा कुरा मबाट टाढ़ै राख्‍नुहोस्‌, न त मलाई दरिद्रता न धन-सम्‍पत्ति दिनुहोस्‌, तर मलाई केवल दिन-दिनको रोटी दिनुहोस्‌।9. अन्‍यथा मसँग धेरै भएकोले म तपाईंलाई इन्‍कार गरुँला, र ‘परमप्रभु को हो र?’ भनुँला, अथवा म गरीब भएकोले चोरी गरुँला, र परमप्रभु मेरा परमेश्‍वरको नाउँ अपमानित पारुँला। हितोपदेसका लेखकले यहाँ आफ्नो मृत्यु अघि अर्थात जिबित रहदा सम्म दुई वटा कुराको माग गरेका छन। १)असत्य वा झुटो कुराबाट परमेस्वरले उनलाई टाढा राखुन। २) चरम अभाबको दरिद्रता-गरिबी वा अकुत धनसम्पतिमा पनि नपरुन। मानबिय कमजोरिका यी क्षेत्रहरु नै हुन जसमा सायदै चुकेका हुदैनन। एक पटकको झुट वा असत्यलाई ढाकछोप गर्न सयौं झुट बोल्नु पर्ने हुन्छ। अन्तत यसले दुख्द मृत्यु ल्याउछ । चरम अभाब- दरिद्रताको अबस्थामा चोरी वा अरुनै तरिका अपनाएर जिबिका टार्नेहरु धेरै हुन्छन् । मानिस चुक्ने धेरै संभावना छ। अती धन सम्पती हुदा पनि मानिसले परमेस्वरमा होइन धन सम्पतिले बचाउछ र त्यो नै सबथोक हो भन्ने बिचार उत्पन्न हुन सक्छ। अति धन हुनेहरु नै अति लोभमा रहनेहरु पनि देखिन्छन् । त्यसैकारण , मानबिय कमजोरीलाई परमेस्वरले उजागर गर्नुहुदै चेताउनीका यी बचनहरु बोल्नुहुन्छ। हामि पनि प्रार्थना गरौ कि हामिलाई परमेस्वरले यी कुराहरुबाट टाढा राख्नु भएको होस। असत्य वा झुटबाट सधै बच्न सकौ । अति अभाब वा अति धन सम्पतीमा होइन परमेस्वरले हामिलाई यतिको अबस्थामा राख्नु भएको होस , जतिकोमा राख्दा हामी उहाको एक मन पर्ने र उपयोगी साधन बन्न सक्नेछौ । आमेन। 24 नोभेम्बर 2021 -(पास्टर नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2402 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Hebrew 9:12-14(Daily devotion) आजको वचन मनन गर्नुहोस। हिब्रू 9:12-14 (NNRV) 12. बोका र बाछाहरूको रगतले होइन, तर आफ्‍नै रगतद्वारा अनन्‍त उद्धार प्राप्‍त गरिदिएर सधैँको निम्‍ति एकै पल्‍ट महापवित्र स्‍थानभित्र उहाँ प्रवेश गर्नुभयो।13. बोका र साढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्‍छ भने,14. ख्रीष्‍टको रगतले त झन्‌ कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्‍वरको सेवा गर्न सक। किनकि उहाँले अनन्‍त आत्‍माद्वारा आफैलाई निष्‍खोट बलिको रूपमा परमेश्‍वरलाई अर्पण गर्नुभयो। पुरानो करारमा पुजारिहरुले जनावरको रगतले मानिसको पाप क्षेमा को निम्ति हरेक बर्स महा पबित्र स्थानमा प्रबेस गरेर प्रायश्चित गर्थे तर यो अस्थायी हुन्थ्यो। येशुले आफ्नै रगतले मानिसको निम्ति प्रायशचित गर्नुभयो र सधैको निम्ति स्वर्गीय महा पबित्रस्थानमा प्रबेश गर्नुभयो। जनावरको रगतले केही समयको लागि मान्छेलाई शारीरिक रुपमा शुद्द गर्थे। तर येशुको रगतले भने सधैको निम्ति शुद्ध गर्दछ। येशुको रगत (१) पबित्र छ(२) शुद्ध छ।(३) शक्तिशाली छ। यसकारण यसले हाम्रो शरीर मात्र होइन बिबेक र चेतनालाई समेत पुरा शुद्ध बनाउन सक्छ। यसर्थ, यशुको रगतलाई अधिकतम प्रयोग गर्नुहोस। दैनिक प्रयोग गर्नुहोस। मिनेट मिनेटमा प्रयोग गर्नुहोस। यशुको रगतले तपाईलाई पाप क्षेमा र बिजय दिइसकेको छ। आमेन। 23 नोभेम्बर 2021 -(पास्टर नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2201 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion : 22 november 2021(Daily devotion) आजको बचन मनन गर्नुहोस। १ शमूएल 26:22-24 (NNRV) 22. दाऊदले जवाफ दिए, “राजाको भाला यहाँ छ। हजूरको कुनै एक जना मानिस आएर त्‍यो लैजाओस्‌। 23. परमप्रभुले हरेक मानिसलाई त्‍यसको धार्मिकता र विश्‍वसनीयताको निम्‍ति इनाम दिनुहुन्‍छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्‍पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्‍नो हात उठाउन इन्‍कार गरें।24. जसरी मैले हजूरको प्राणलाई आज बहुमूल्‍य सम्‍झें, त्‍यसरी नै परमप्रभुले मेरो प्राण पनि बहुमूल्‍य सम्‍झून्‌, र मलाई सबै आपत्तिदेखि मुक्त गरून्‌।” अगमबक्ता समुएलबाट राजा हुने अभिषेक पाएका दाउदको जिबनमा परमेस्वरको योजना पूरा हुन धेरै चुनोतिहरु आएता पनि अन्तमा पूरा भैइ छोड्यो। परमेस्वरको आत्माले दाउदलाई डोर्याएका कारण दाउदमा शक्ति, जोश, साहस र अगुवाइ मिलेको थियो। साउलले धेरै पटक दाउदलाई मार्न प्रयास गरे। तर परमेस्वरले सबै समयमा दाउदलाई बचाउनु भयो। दाउदले भने दुई पटक सम्म साउललाई मार्न सक्ने मोका पाए, तर परमेस्वरको आत्माले त्यो घट्ना हुन दिनु भएन। दाउदले आफ्नो आबग, रिस, र डरमा चलेको भए मार्न पनि सक्थे साउललाई। उनका सहायकहरुले सुर्याएका पनि थिए। तर दाउदले परमेस्वरको आत्माको आवाज सुने र अगुवाईमा चले । हातमा परि सकेको साउलको जिबनलाई त्यसै छोडे। यी सबै घटनाको पछाडी परमेस्वर नै हुनुहुन्थ्यो । यी सबै घट्ना बाट परमेस्वरले दाउदलाई पछि दिन लागेको राज्य र त्यसको जिम्मेवारीबारे सिकाउदै हुनुहुन्थ्यो । के तपाईलाई पनि कसैले खेदो गरि रहेको छ? तपाईले गरेका अशल काममा पनि बाधा दिइरहेको त छैन? बिचार गरौ है! सायद तपाईलाई पनि आउने भबिस्यमा परमेस्वरले दिन लाग्न भएको ठुलो जिम्मेवारी र कामको निम्ति जाच्दै हुनुहुन्छ! पबित्र आत्मा तपाईं भित्र हुनुहुन्छ। हाम्रो बिरुद्धमा भए पनि आबेगमा काम गर्नु अघि पबित्र आत्माको आवाज र अगुवाइलाई खोजौ । किनभने परम प्रभुले हरेक मानिसलाई त्यसको धार्मिक्ता र बिस्वस्नियताको निम्ति ईनाम दिनुहुन्छ। आमेन। 22 नोभेम्बर 2021 -(पास्टर नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2202 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Hebrew 7:23-27(Daily devotion) आजको बचन मनन गर्नुहोस। हिब्रू 7:23-27 (NNRV) 23. अघिका पूजाहारीहरू धेरै संख्‍यामा थिए, किनकि मृत्‍युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्‍यो। 24. तर येशूचाहिँ अनन्‍त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्‍छ। 25. फलस्‍वरूप उहाँद्वारा परमेश्‍वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्‍नुहुन्‍छ। किनभने तिनीहरूका निम्‍ति मध्‍यस्‍थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्‍छ। 26. किनकि यो उचित थियो कि हाम्रा लागि यस्‍ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्‍कलङ्क, पापीहरूबाट अलग र स्‍वर्गभन्‍दा पनि माथि उचालिएका हुनुहुन्‍छ27. अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो। पुरानो करारका पुजारिहरु कमजोरी र दुर्बलता भएकोले उनिहरु सिद्ध बन्न सकेनन। उनिहरुले दिनहु अरुका निम्ति मात्र नभएर आफु स्वयमको निम्ति पनि बलिदान चढाई रहनु पर्दथ्यो। तर यशु सिद्द र निस्कलङ्क हुनु भएको हुनाले उहाँ स्थायी प्रधान पुजारिको रुपमा आज पिताको दाहिने हातमा हुनुहुन्छ। उहाले आज तपाईं र मेरो निम्ति मध्यस्थता गर्दै हुनुहुन्छ। येशुको बलिदान सधैको निम्ति एकै पटक गरिएको बलिदान थियो। अरुले प्राणिहरुको बलिदान दिए। तर येशुले आफैलाई क्रुसमा बिलिदान गर्नुभयो। उहाको प्राण, रगत र शरीरको बलिदान यति सिद्द , निस्कलङ्क साबित भयो कि आज सन्सारमा आफुले गरेको पापमा कसैले पनि त्यस प्रकारको बलि दिन आबश्येक छैन। केवल येशुको बलिदानलाई स्विकार्नु र सम्झनु मात्र पर्छ। उहाको बलि सधैको निम्ति एकपटक भएकोले उहाँ सधैको निम्ति मध्यस्थता गर्नुहुन्छ। उहाँ हाम्रो पापको प्रायश्चित गरिदिन निम्ति सधै को प्रधान पुजारी हुनुहुन्छ। सधैको निम्ती अटल हुनु हुनाले तपाईलाई सदैब उद्दार गर्न सक्नुहुन्छ। तपाईको स्वर्गीय उद्दार त छदै छ, यश पृथ्वीमा पनि यशुले सदैब उद्दार गर्न सक्नुहुन्छ। आमेन । 21 नोभेम्बर 2021 -( पास्टर नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2102 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion - 1 Samuel 18:12-14(Daily devotion) आजको वचन मनन गर्नुहोस। 1 शमूएल 18:12-14 (NNRV) 12. शाऊल दाऊदसँग डराउन लागे, किनभने परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊललाई उहाँले छोड़िसक्‍नुभएको थियो।13. यसैकारण उनले दाऊदलाई आफ्‍नो दरबारबाट अलग गरेर एक हजार मानिसहरूका सेनानी नियुक्त गरिदिए। दाऊदले आफ्‍ना मानिसहरूलाई धावामा लगे,14. र परमप्रभु तिनीसँग हुनुभएको हुनाले आफूले जिम्‍मा लिएका सबै काममा तिनी सफल भए। जब परमेस्वरको आत्माले साउललाई छोड्यो। उनमा डर, ईर्ष्या, डाहको कुराले भरियो। दाउदमा परमेस्वरको आत्मा आउन भयो। उनी प्रत्येक काममा सफल मात्र होइन। आत्मामा प्रेम र दयाले भरिएको ब्यक्ति बने। साहस, बुद्धि , अगुवाई , र सुरक्षा परमेस्वरबाट आउँछ। दाउदलाई धेरै पटक मार्न खोजियो तर परमेस्वरले बचाउनु भयो। तपाईं आफ्नो सुरक्षाको जिम्मा येशुलाई दिनुहोस। आफ्नो काममा येशुलाई सम्लग्न गर्नुहोस। पबित्र आत्मालाई स्थान दिनुहोस। उहाले दाउदलाई झै सुरक्षा र सफलता दिनुहुनेछ। आमेन। 20 नोभेम्बर 2011 -(पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-2001 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- Proverbs 22:24-25(Daily devotion) 18 नोभेम्बर 2021 हितोपदेश 22:24-25 (NNRV) 24. गरम मिजासको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग सङ्गत नगर्‌, 25. नत्रता त्‍यसको चाल तैंले सिक्‍लास्‌ र आफै पासोमा पर्लास्‌। बाइबलले एक अर्कासग सङगती गर भनेर आदेश दिदछ। सङ्गतिमा मित्रता, प्रेम, सामिप्यता हुन्छ। त्यहा सबैकुरा बाडचुड गर्ने कुरा हुन्छ। एक अर्काप्रती बिस्वास हुन्छ। तर हितोपदेसको यो खन्डले गरम मिजास हुने खालका मानिससग सजग रजन सचेत गराउछ। गरम स्वभाव लगाएत यस्ता थुप्रै आदत, ब्यहोरा, लत हुन्छन् जसले मानिसहरुलाई बन्धनमा पारी राखेको हुन्छ। यदि तपाईं त्यस्ता मानिसहरुसग बडि नै हिड्यो भने वा सङ्गत गर्दै गयौं भने बाइबलले चेतावनी दिन्छ , हामि पनि उनिहरुका आदत, लत, बानी ब्यहोराको फन्दामा पर्न सक्छौं । त्यस्ता रिस उठ्ने बानी, आदत, लतहरु दुष्ट आत्माको प्रभाबहरु हुन। त्यसकारण तपाईले नचाहे पनि सङ्गतद्वारा दुस्ट आत्माले तपाईलाई फसाउन सक्छ । तर अब के गर्ने त? हामी त्यस्ता बन्धनमा परेका मानिसहरुसग सधै टाढा रहन सक्दैनौं । बरु बेला बेलामा भेटेर प्रेम प्रकट गर्ने, छुटकाराको निम्ति प्रार्थना गर्ने , आत्माको उद्दारको खातिर सुसमाचार सुनाउने काम गर्नै पर्दछ। प्रभुको बचन र पबित्र आत्माको शक्तिले यी कुराहरु गर्न सक्नेछो। आमेन। 18 नोभेम्बर 2021 - (पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1801 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- Hebrew 5:12-14हिब्रू 5:12-14 (NNRV) 12. किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ। 13. दूध मात्र खाएर बाँच्‍ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्‍यो बालकै हुन्‍छ।14. खँदिलो भोजन त परिपक्‍व मानिसहरूका निम्‍ति हो। यिनीहरूको मानसिक शक्ति निरन्‍तर अभ्‍यासद्वारा असल र खराब छुट्ट्याउन सक्‍ने भएको हुन्‍छ। हिब्रुहरुलाई यो पत्र लेख्दै गर्दा उनिहरु आत्मिक रुपमा कमजोर र बालक नै थिए। बाइबलका गहकिला र बचनको आधारभुत शिक्षाहरु राम्ररी सिकेका थिएनन् । दूध र खदिलो खानेकुरा दुबै परमेस्वरका बचन हुन। दूध चाहिँ नया बिस्वासिहरुको निम्ति हो। परिपक्व बिस्वासिहरुको निम्ति खदिलो खानेकुरा जस्ता बचनहरु हुन। अक्सर मानिसहरु त्यसो गर्दा सजिलो लाग्ने हुनाले आत्मिक रितिले दूध मात्र खाएर रहन चाहन्छन। अलिक चुनोती भयो वा आग्याकारी हुनु पर्ने भयो भने गार्हो मानेर पछाडी हट्ने हुनाले त्यस्तो ब्यक्ती कहिले पनि आत्मामा दर्हो हुन पाउदैन। आत्मिक वृद्धिको लागि प्रार्थना गरिदेउ भनेर मात्र कहिल्यै वृद्धि हुन्न । जब सम्म हामीले बचनको आधारभुत शिक्षा र सत्यलाई सिक्दैन र पालना गर्दैन। आत्माको निम्ति खदिला कुराहरु भनेका येशुका गहिरा र आग्या पालन गर्न अलिक गार्हो लाग्ने खालका बचनहरु हुन। बिस्वासमा बड्न येशुका गहिरा र गार्हो लाग्ने खालका(कतिपटक दुखमा पनि भएर जानू पर्ने) बचनहरु मनन गर्नु र पालना गर्न तयार रहनु पर्छ। यसरी प्रभुको बचनमा निरन्तर आग्यापालनको अभ्यास र बढाईले हामी हाम्रो जिबनमा भएका खराबी र अशल कुराहरु छुट्ट्याउन सक्छौं । बचन मनन र आग्याकारिताको अभ्यासद्वारा नै पबित्र आत्माले हामिमा काम गर्नुहुन्छ । हामी दिन दिनै दर्हो बन्दै जाने छौ । आमेन। 17 नोभेम्बर 2021 -(पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1702 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion - 1 Samuel 16:10-13१ शमूएल 16:10-13 (NNRV) 10. यिशैले आफ्‍ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्‍नुभएको छैन।”11. तब शमूएलले सोधे, “के सबै यति नै हुन्‌?” यिशैले जवाफ दिए, “अझै कान्‍छो पनि छ, तर त्‍यो त भेड़ा चराउँदैछ।” शमूएलले यिशैलाई भने, “त्‍यसलाई बोलाऊ। यो नआउञ्‍जेल हामी बस्‍नेछैनौं।”12. यसकारण यिशैले तिनलाई ल्‍याउनलाई मानिस पठाए। तिनी राताराता गाला चम्‍किला आँखा भएका सुन्‍दर युवक थिए। परमप्रभुले भन्‍नुभयो, “उठेर त्‍यसलाई अभिषेक गर्‌। व्‍यक्ति यही हो।”13. शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्‍मा दाऊदमाथि आउनुभयो, र त्‍यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्‍यसपछि शमूएल रामाको बाटो लागे। साउललाई राजा चुनेको इस्राएलिहरुको चुनाईलाई गलत पुष्टि गर्नु भए पछि परमेस्वरले यिशैका छोरा दाउदलाई राजा चुन्नुभयो। यिशैका सात भाइ हेर्नमा लायक छोराहरुलाई नचुनी दाजुहरु र तिनका बाबुले पनि नपत्याएको दाउदलाई चुनी परमेस्वरले मानिसको चुनाई भन्दा उहाको चुनाई फरक छ भन्ने देखाउनु भयो। देख्नमा साउल भब्य र लाएकी थिए। उनलाई राजा बनाउन पाएको देखेर इस्राएलिहरु खुशी भएका थिए। तर साउल परमेस्वरद्वारा चुनिएका थिएनन। हेर्नमा यिशैका ठुला र जवान छोराहरु लायक र हट्टाकट्टा देखिए। तर तिनीहरुले नपत्याएको दाउदलाई परमेस्वरले चुन्नुभयो। परमेस्वर रुप होइन हृदय हेर्नुहुन्छ। गहिरो र गुप्त कुरा देख्नुहुन्छ। पृय हो! के आज तपाईं पनि मानिसहरुद्वारा नपत्याईएको र तिरस्कार गरिएको ब्यक्ति हुनुहुन्छ? के तपाईं सोच्दै हुनुहुन्छ, म हेर्नमा , वा कलामा फलानो जस्तो छैन। कसरी परमेस्वरको सेवा गर्न सक्छु र? त्यसो होइन, परमेस्वरले तपाईलाई पनि चुन्नुभएको छ। उहाले कला र रुप होइन, हृदय र आज्ञाकारिता हेर्नुहुन्छ। तपाई परमेस्वर प्रती ठिक हृदय र मन बोकेर हिड्नु भएको छ भने, परमेस्वरद्वारा भएको तपाईको चुनाई र उहाको अभिशेकलाई कसैले रोक्न सक्ने छैन। आमेन। 16 नोभेम्बर 2021 -(पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1502 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion: Hebrew 4:9-11हिब्रू 4:9-11 (NNRV) 9. यसकारण परमेश्‍वरका जनहरूका निम्‍ति शबाथको विश्राम बाँकी नै छ।10. किनकि परमेश्‍वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्‍नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्‍वरले आफ्‍नो परिश्रमदेखि विश्राम लिनुभयो11. यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौं, र त्‍यस्‍तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्‌। इस्राएलिहरुलाई दूध र मह बग्ने देशमा प्रबेश गराएर यहोशुले जुन बिस्राम दिए। त्यो अस्थाई थियो र सन्सारको विश्राम थियो। पछि फेरि थुप्रै लडाई र संघर्ष भएर जानू पर्ने थियो। यशुलाई बिस्वास गरे पछि हामी स्वर्गीय बिश्राममा प्रबेश गर्दछौं । त्यो साचो विश्राममा पस्न शुरु गरेका हुन्छौं र हामी हाम्रो शरिरको अन्त पछि वा येशुको आगमन पछि त्यो स्वर्गीय शान्ति सहितको आराम गर्न पाउने छौ। येशुले दिनु हुने विश्राम उहाको स्वर्गीय राज्य हो। जसरी परमेस्वरले सृष्टिको काम गरि सके पछि सात दिनको दिन विश्राम गर्नु भयो, त्यसै गरि, हामी पनि यश सन्सारमा हाम्रो काम सके पछि स्वर्गीय राज्यमा बिस्राम गर्नेछौं । यशुलाई महिमा! सन्सारमा शरिरले गर्ने काम गार्हो भए पनि छोटो छ। त्यसपछी प्रभुको सामु आनन्दले बसेर गर्ने विश्राम भने अनन्तको छ। हल्लेलुयाह। आमेन। 15 नोभेम्बर 2021 -(पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1501 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion - Philemon 1:15-17फिलेमोन 1:15-17 (NNRV) 15. शायद तिमीबाट केही समयको निम्‍ति तिनी अलग्‍ग भएका थिए, ताकि तिनी सधैँको निम्‍ति तिमीसँग बस्‍न सकून्‌–16. अब उसो कमाराजस्‍तो होइन, तर कमाराभन्‍दा बढ़ी, प्रिय भाइजस्‍तै, विशेष गरी मेरो निम्‍ति, तर झन्‌ बढ़ी शरीरमा र प्रभुमा समेत, तिम्रो निम्‍ति।17. यसैले यदि तिमीले मलाई आफ्‍नै साझेदार सम्‍झन्‍छौ भने मलाई झैँ तिनलाई ग्रहण गर। फिलेमोनका एक जना नोकर (ओनेसिमस) सामान चोरेर भागेका थिए जो पछि पावल मार्फत येशुलाई चिने। पावलले अब त्यस नोकरलाई फिलेमोनकहा फिर्ता पठाउने निर्णय गर्दै चोरेर भागेको त्यस मानिसलाई सबै कुरामा क्षेमा दिदै ग्रहण गर्नु भनेर आग्रह गरे। उनको आग्रहमा प्रेम छ, एक जना नोकर जो चोरी जस्तो तुच्छ काम गरेको भए तापनि पावलले तिनलाई ठुलो प्रेम गरेका छन यहाँ सम्मकी तिनको ऋणहरु पनि तिरिदिन तयार छन। यहाँ पावलले बिस्वासि फिलेमोनलाई बताएका छन कि येशुलाई बिस्वास गर्नेहरु बिच क्षेमादान हुनुपर्छ, एक अर्कालाई स्वीकार गरिनु पर्छ, मालिक र दास पनि बराबरी हुन्छ र प्रेम तथा आदर गर्नु पर्दछ। हल्लेलुयाह! कती महान खृस्टको प्रेम। जसले हामिलाई सधै एक अर्कासग क्षेमा दान दिदै प्रेममा बस्न र स्वीकार गर्न सिकाउछ।आमेन। 13 अक्टोबर 2021 -(पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1401 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion - Hebrew 2:14,15,18हिब्रू 2:14,15,18 (NNRV) 14. किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्‌,15. र मृत्‍युको डरले आजीवन बन्‍धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्‌।18. किनकि उहाँ आफैले कष्‍ट भोग्‍नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्‍नुहुन्‍छ। मृत्युको शक्तिलाई कसैले जित्यो भने येशुले जित्नु भयो। त्यसैले अब येशुमा बिस्वास गर्नेहरूको निम्ति शारिरको मृत्युको डर हटेको छ। किनभने येशु बिउतनु भएको छ। हामी पनि त्यसैगरी बिउतने छौ । त्यो स्वतन्त्रता र मुक्ति, त्यो बिजय दिनको निम्ति येशु अनेकन परिक्षित हुनुभयो। कस्ट भोग्नु भयो। उहाले पहिले नै सबै कुराको दुख भोग गरेको कारण आज तपाईं पनि खृस्टको खातिर दुख भोग्दै हुनुहुन्छ, वा त्यस्तै परिस्थिति भएर जाँदै हुनुहुन्छ भने येशुले तपाईलाई सहायता गर्न सक्नुहुन्छ। येशुले तपाईलाई स्थिर हुन शक्ति दिनु हुनेछ। यसकारण हतास नहुनुहोस, दुस्टको शक्ति माथी येशु बिजय हुनु भएको छ। आज हामी कस्टका समयहरुमा पनि डर रहित भएर येशुको सामर्थ्यमा जिउन सक्छौं । आमेन। 14 नोभेम्बर 2021 -(पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1401 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)one who is able to redeem us is Jesus! -Friday service sermon -12 november 2021one who is able to redeem us is Jesus! - sermon by Pastor Nayan Rai 3 points: i) walking under the spiritual authority /guardianship opens the door of blessing . ii) your protection is only in the midst of God's people and in church . iii) Jesus is only redeemer , come to Jesus. -12 november 2021(Friday service ) saving grace nepali church, dxb --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1328 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- Titus 2:11-12,14तीतस 2:11,12,14 (NNRV) 11. किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ, 12. जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ। 14. ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो। परमेस्वरको अनुग्रह अर्थात मुक्ती समस्त मानिसका निम्ति हुन। यसर्थ, आज हामिले पाएको त्यो अनुग्रह अरुहरुले पनि पाउन सकुन भनेर बाड्नु पर्दछ। किनकि त्यो मुक्तिको अनमोल अनुग्रह येशुको शरिर र रगतको बलिदानबाट मिलेको हो। यो मुक्तिको अनुग्रहले हामिलाई नया आत्मिक जीवन दिन्छ।अनि स्वर्गमा मात्र होइन, यसै सन्सारमा पनि हाम्रो मन र जिवन बदलिन शुरु हुन्छ। येशुले हाम्रो निम्ति बलि यसकारण हुन भयो ताकी उहाले हामिलाई हाम्रो सबै अधर्म बाट मोल तिरेर उद्दार गर्न सकुन। अनि हामिलाई शुद्ध पारेर एक विशेष पबित्र जातिको रुपमा तयार पार्न सकुन। कुरा बुझ्नमा छ, तपाईं चानचुने ब्यक्ति हुनु भएको छैन। येशुको बलिदान द्वारा मुक्तिको अनुग्रह पाएको ब्यक्ती, अधर्म क्षेमा भएको ब्यक्ती, नया जीवन पाएको ब्यक्ति । यसर्थ, झिना मसिना कुरामा नअल्झिकन आजै देखि उहाको त्यो मुक्तिकोअनुग्रह बाड्न शुरु गर्नुहोस। तपाईद्वारा प्रभुले धेरैको जिबनमा उद्दार ल्याउनु हुनेछ। किनभने सबै मानिसहरुका मुक्तिको निम्ति परमेस्वरको उद्दारको अनुग्रह प्रकट भएको छ। आमेन। 11 नोभेम्बर 2021 -(पा. नयन राई) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1101 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion - 1 Samuel 1:4-810 november 2021 --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-1002 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- Ruth 3:10-139 november 2021 --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-0802 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion- Ruth 1:16-188 november 2021 --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-0802 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Daily devotion -Proverbs 9:7-8Daily devotion -Proverbs 9:7-8: by Ps. Nayan Rai - 01 November 2021 --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-11-0101 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)God sees a harlot , Rahab. (joshua 2)-Elder Nayan Rai- 8 Oct, 2021God sees a harlot , Rahab. (joshua 2)-Elder Nayan Rai- 8 Oct, 2021. Listen and be blessed. --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-10-0822 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Fear of the lord- 17 Sep 2021 (-Elder Nayan Rai)Often not preached this titled message will bring you into a revealation . Our God is awesome God. Fearing Him is worth and shall receive riches of Gods wisdom , knowledge and understanding. listen and be blessed.. --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-09-1829 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Desire for God's Holiness-30 July 2021(-Elder Nayan Rai)30 July 2021 HOLINESS IS THE PRESENCE OF GOD. --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-09-1825 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Moses exhortation over Israelites(Deuteronomy 4:1-9)- Elder Nayan RaiMoses exhortation over Israelites(Deuteronomy 4:1-9) -by Elder Nayan Rai (3 september 2021) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-09-031h 40Pastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Sep 20,2021- Obedience opens the door for God's blessings -by Elder Nayan RaiObedience opens the door for God's blessings . In your deperate and hopelessness, Jesus lead you to obey His word so that the floods of blessings could rush towards your life.( sermon preached in sgnc service ) --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-08-2040 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Light the lamp of Holy spirit - Elder Nayan RaiLight the lamp of Holy spirit - Elder Nayan Rai. While preparing to meet our groom Jesus, we as a bride of Him should be enlightened in the oil of Holy Spirit. Listen and be blessed .. date: 23 July 2021@savinggracenepalichurchfridayservice --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-07-2328 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)Bible study - Topic- ResurrectionBible study - Topic- Resurrection  by - El Nayan Rai --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-07-0539 minPastor Nayan Rai (audio)Pastor Nayan Rai (audio)The Importance of Fasting by Elder Nayan Rai- 02 July 2021The Importance of Fasting by Elder Nayan Rai- 02 July 2021 Fasting is the self humbling obeying Gods word through our body abstaining food and desires ... --- Send in a voice message: https://anchor.fm/nayan-rai-audioteachings/message2021-07-0239 min